×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

योमरी पुन्ही : खेती मासिए पनि ज्यापू संस्कृति जोगाउने प्रयास

  •  
  • आइतबार, मङि्सर १७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    प्रकाश सिलवाल

    काठमाडौँ, मंसिर १५ गते । मल्लकालभन्दा अघिदेखि काठमाडौँ उपत्यकाभित्र र बाहिरसमेत नेवारी समुदायको पहिचान बनेको ज्यापू संस्कृतिमा आधुनिकताको प्रभावले परिवर्तन आएपनि मौलिक संस्कृति संरक्षणको मुद्दा सेलाएको छैन ।

    बढ्दो शहरीकरण र कृषिमा आधुनिकीकरणका बीच परम्परागत ज्यापू संस्कृतिको जगेर्नामा यस क्षेत्रका प्रबुद्ध व्यक्तिहरु निरन्तर लागिरहेका छन् । नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मेहनती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । कतिपयले पूलाई फू (गर्न सक्ने) पनि मान्छन् ।
    कृषि प्रधान मुलुक नेपालमा शहरी क्षेत्रमा अन्नबाली लगाउने खेतहरु क्रमशः मासिन थालेपछि खेतीपाती गर्ने ठाउँकै अभाव हुन थालिसकेको छ भने संस्कृतिमा आएको बाह्य प्रभावका कारण मौलिक संस्कृति संकटमा पर्दै आएको छ ।
    हरेक धान्य पूर्णिमाका दिन मनाइने राष्ट्रिय ज्यापू दिवसको पूर्व सन्ध्यामा रासससँग कुरा गर्दै वरिष्ठ सस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः प्रश्न गर्नुहुन्छ, ‘काठमाडौँ उपत्यकामा मात्र होइन तराई मधेसमा पनि जग्गा प्लानिङ गरेर खेत मास्ने काम भएको छ । खेती नै नभएपछि किसानले कहाँ खेती गर्ने, धान कहाँ उत्पादन गर्ने ?’
    योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यसलाई न्वागीका रुपमा लिन सकिन्छ । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने÷ख्वाउने चलन छ । नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यो बौद्ध चैत्य दर्शनमा पनि आधारित छ । खेतमा काम गर्दा वा चाड पर्वमा निस्कँदा नेवारी पुरुषहरुले दौरा सुरुवाल, कालो भादगाउँले टोपी र सेतो पटुका तथा महिलाहरुले हाकु पटासि (कालो फरिया, कालो चौबन्दी र सेतो पछ्यौरी) लगाएर चिटिक्क परेर हिँड्ने ज्यापू संस्कृति अहिले क्रमशः लोप हुन थालेको संस्कृतिविद् ग्वंगःको भनाइ छ । खेतमा जाने किसानले काँधमा खर्पन, हातमा औजार र मल बीउ बोकेको ज्यापू संस्कृतिको पहिचान पनि मुख्य शहरबाट विस्तारै लोप हुन थालेको छ ।
    आइतबार मनाइने १४ औँ राष्ट्रिय ज्यापू दिवसमा दबूः दाफाखलःको आयोजनामा टेकूबाट भित्री शहर हुँदै वसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक ¥यालीसहित सभा गर्ने कार्यक्रम छ । ज्यापू संस्कृति विकास कोष र कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठानले कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई यही मंसिर १० गते परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) गरिसकेका छन् । परम्परागत निमन्त्रणामा किसली (माटाको चामल, सुपारी र चाँदीको सिक्का तथा नयाँ लुगा) उपहार दिइन्छ । विसं २०६१ मा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो । हाल मुलुकभर भर ज्यापू समुदायका करिव छ लाख नागरिक छन् । संस्कृति संरक्षणका लागि वसन्तपुरमा ज्यापू संग्रहालय बनाउने योजना पनि अघि बढेको छ ।
    नेवारी संस्कृतिका विज्ञ डा चुन्दा बज्राचार्य नेवारका सबै जातिले मान्ने गरी यसलाई ज्यापू दिवस भन्दा पनि नेवार दिवसका रुपमा मनाउनुपर्ने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ – ‘नेवारहरुबीच कामका आधारमा जातको विभाजन पनि गरिएको छ, सबैले खेती नगरे पनि काम गरिरहेका हुन्छन्, त्यसैले यो समग्र नेवारहरुको दिवसमा रुपमा मनाउने परम्परा बसाल्नुपर्छ ।’
    कोषका संरक्षक तीर्थराम डंगोलका अनुसार दिवसका अवसरमा तल्लो र माथिल्लो टोलबाट झाँकी र ¥यालीसहित यस क्षेत्रमा कार्यरत विशिष्ट व्यक्ति र संस्थाहरुलाई सम्मान र पुरस्कार प्रदान गरिने छ । gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर १७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.