×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

ब्युटिपार्लर क्रेज

  •  
  • शनिबार, मङि्सर १६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ब्युटिपार्लर क्रेज

    शृंगार गर्दै ब्युटिसियन । तस्बिर : गिरिराज बाँस्कोटा

    पाँचथर सदरमुकाम फिदिममा चर्चित छ, ‘लक्की ब्युटिपार्लर’ । दिनहुँजसो भीडभाड हुने यो ब्युटिपार्लर १४ वर्षअघि लक्की सुजीले सञ्चालन गरेकी हुन्।

    ‘मैले व्यवसाय सुरु गर्दा अहिलेजस्तो अवस्था थिएन । त्यतिबेला ग्राहक आउन हिच्किचाउँथे,’ लक्की भन्छिन्, ‘अहिले ब्युटिपार्लरप्रति समाजको दृष्टिकोण बदलिएको छ । सहरका मात्र होइन, गाउँका युवती र महिलासमेत निर्धक्क आउँछन् । गाउँगाउँमा ब्युटिपार्लर खुलेका छन्।’

    मासिक ५०/६० हजार आम्दानी हुने सञ्चालक उनी बताउँछिन्। उनले ब्युटिपार्लर व्यवसाय मात्र सञ्चालन गरेकी छैनन्, यसबारे तालिमसमेत सिकाउँछिन् । अहिले उनीसँग १० जनाले तालिम लिइरहेका छन् । उनीसँग तालिम लिएकाहरूले कतिपयले ब्युटिपार्लर पनि खोलेका छन् । ‘यसले मलाई सन्तुष्ठ बनाएको छ,’ उनी भन्छिन् ।

    उनका अनुसार पछिल्लो समय ब्युटिपार्लर प्रतिको धारणा बदलिँदै गएको छ । ‘अहिले सौन्दर्यप्रति सबै सचेत हुन थालेका छन्,’ ब्युटिसियन लक्की भन्छिन्, ‘त्यसैले युवती र महिलाको भीड लाग्ने गरेको छ।’

    फिदिमका चोकैपिच्छे ब्युटिपार्लर खुलेका छन् । सदरमुकाम या अन्यत्रबाट तीन महिने बेसिक कोर्स गरेर कतिपयले पार्लर सञ्चालन गरिरहेका छन्।

    पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि ब्युटिपार्लरप्रति आकर्षण देखिएको छ । उत्तरी क्षेत्र ओयाममा एक महिनाअघि सोनी बेघाले ब्युटिपार्लर सञ्चालन गरेकी छिन् । उनले तीन लाख खर्च गरी ब्युटिपार्लर सञ्चालन गरेको बताइन् । ‘राम्रो कमाइ हुने सम्भावना देखेर नै ब्युटिपार्लर खोलेकी हुँ,’ लक्की भन्छिन्, ‘सुरुवात पनि राम्रै छ ।’ तीन महिना तालिम लिएर व्यवसाय सुरु गरेको उनी बताउँछिन्।

    पछिल्लो समय विवाह, पार्टी तथा उत्सवमा जानुअघि ब्युटिपार्लर जाने चलन बढेको छ।
    यहाँका ग्रामीण बजार थर्पु, ओयाम, फलैचा, यासोक, मेमेङ, रवि, मौवा, सप्तमी, पञ्चमीलगायतका स्थानमा ब्युटिपार्लर खुलेका छन् । यासोकमा दुईवटा पार्लर सञ्चालन भएका छन् । पार्लर सञ्चालन गर्नेमा अधिकांश युवती नै छन् । कतिपय ब्युटिपार्लरले आधुनिक प्रविधि समेत भिœयाएका छन् । ब्युटिपार्लरबाट राम्रै आम्दानी भएको व्यावसायी बताउँछन् ।
    गाउँगाउँमा पार्लर खुल्ने क्रम बढ्दै गएको पाइन्छ । सिक्ने उत्तिकै छन् । गाउँपालिका निर्माण भएपछि केन्द्रमा जमघट बढेको छ । यही जमघट हुने ठाउँमा पार्लर खोल्ने क्रम बढेको छ।

    केही वर्ष अर्काको पसलमा ब्युटिसियनको काम गरेकी नितु ‘सम्झना’ मुखियाले फिदिममा हालै ब्युटिपार्लर खोलेकी छिन् । उनले तीन लाख रूपैयाँ लगानी गरी ब्युटिपार्लर सञ्चालन गरेकी हुन् । ब्युटिपार्लरमा गाउँगाउँबाट आउने बढी रहेको उनी बताउँछिन् । ‘सानैदेखि सौन्दर्यतामा सौखिन थिए । त्यसैले ब्युटिपार्लर खोलेकी हुँ,’ उनी भन्छिन्, ‘अहिले मानिस सौन्दर्यप्रति धेरै सचेत भएका छन्।’

    कतिपय ग्राहकले मोबाइलमा फोटो देखाएर यस्तो गरिदिन भनी आग्रह गर्ने गरेको उनी बताउँछिन् । पछिल्लो समय उमेर र वर्गको बन्धन समेत हराउँदै गएको उनले बताइन्।

    ब्युटिपार्लरमा पाका उमेरका पनि आउने गरेको उनले बताइन् । अनुहार र कपालको शृंगारका लागि पनि आउने रहेको उनले सुनाइन् । सीप तथा कला भएकाले राम्रो गर्न सक्ने नितुको भनाइ छ।

    ब्युटिपार्लर सिजनको व्यवसाय भएको अर्की ब्युटिसियन मेनु योङ्या बताउँछिन् । साउनमा मेहेन्दी लगाउने, मंसिर–माघमा बेहुली शृंगारको काम हुने उनको भनाइ छ। चाडवाडको बेलामा ब्युटिपार्लरमा भीडभाड हुने उनले सुनाइन्।
    पार्लरमा कमाई राम्रो भएकाले खुल्ने क्रम बढेको उनको बुझाइ छ । तीन वर्षदेखि फिदिममा पार्लर चलाएकी मनुका परिवर्तनसँगै मान्छेका आकांक्षा बढ्दै जाने सुनाउँछिन्।

    ब्युटिपार्लरमा हेयर स्टेट, हेयर कर्ली, थे्रडिङ, फेसियल, कटिङलगायत काम हुने गरेको छ । पछिल्लो समय बेहुली शृंगार गर्न पनि पार्लरमा आउने क्रम बढेको छ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.