×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

धान उत्पादनमा १० प्रतिशतले वृद्धि

  •  
  • शुक्रबार, मङि्सर १५, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    मंसिर १५ गते । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । नेपालको प्रमुख खाद्यन्न बाली धानको उत्पादन जिल्लामा राम्रो भएसँगै १० प्रतिशतले वृद्धि भएको हो । ‘समयमा पानी परयो, रोपाइँ पनि समय भयो, त्यसैले उत्पादन बढेको हो’ जिल्ला कृषि बिकास कार्यालयका योजना शाखाका प्राविधिकि सहायक बासुदेव पौडेलले भने । समयमै पानी परेको र उन्नत जातको बिउ लगाईएकाले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि बिकास कार्यालयले बताएको छ ।

    १२ हजार १ सय ९५ हेक्टर क्षेत्रफलमा वर्षे धान खेति गरिएकोमा गतवर्षको तुलनामा यस वर्ष ३ हजार ८ सय ५८ मेक्ट्रिक टन बढी फलेको कार्यालयको दाबी छ । ‘हाम्रो अनुगमन, कृषक र फिल्डमा काम गर्ने प्राविधिक साथिहरुले दिनुभएको तथ्याङ्कलाई केलाउँदा यस वर्ष उत्पादन बढेको देखियो’ पौडेलले भने । गत वर्ष ३८ हजार ५ सय ४६ मेट्रिकटन धान फलेकोमा यस वर्ष १० प्रतिशत थप उत्पादन भएको हो ।

    थपिएको आकंडालाई हेर्दा ४२ हजार ४ सय ४ मेट्रिक टन धान उत्पादन भएको देखिन्छ । भुकम्प पछि जिल्लामा धान उत्पादन घटेको थियो । यस वर्ष भने धेरै जमिनमा रोपाइँ गरिएको गरिएकाले पनि उत्पादन बढेको पौडेलले बताए । ‘हाम्रो जिल्लामा यस वर्ष ९३ प्रतिशत फाँटमा धान रोपाइँ भएको थियो, त्यसैले पनि उत्पादन बढि देखिएको हुन सक्छ’ उनले भने । भुकम्प पछि केही वर्ष धेरै जमिन बाँझो थिए ।

    अहिले भुकम्पको त्रास पनि कम भएको र भत्किएका सिञ्चाइँका कुलोहरुले पनि निर्माण भईसकेकाले उत्पादनमा वृद्धि भएको हो । ‘धेरै किसानहरु व्यवसायिक धान खेति तर्फ आकर्षित हुनुभएको छ, उन्नत जातको बिऊ बिजन र मलखादको उचित व्यवस्थापनले पनि उत्पादन बढेको हो’ पौडेलले भने । जिल्लाका ठुला नदिहरु बुढीगण्डकी, दरौदी र चेपे नदी किनार रहेका ठुला फाँटहरु र अन्य सिञ्चाइँ सुबिधा पुगेका ठाउँहरुलाई धान उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ । सोही अनुरुप कार्यालयले पनि धान खेतिलाई जोड दिदै आएको छ । ‘व्यवसायिक धान खेति गर्नेहरु पनि बिस्तारै बढ्नु भएको छ, आधुनिक किसिमको प्रविधि पनि भित्रिन थालेको छ’ उनले भने ।

    जिल्लाका पहाडी भगेमा भने अझै परम्परागत रुपमा धाने खेति हुँदै आएको छ । त्यहाँका किसानहरुले व्यवसायिक भन्दा निर्वाहमुखी खेति गर्ने भएको पनि रैथाने जातका परपम्परागत बिऊ बिजन नै लगाउने गरेका छन् । आकाशे पानीको भरमा खेति गर्नुपर्ने उक्त स्थानमा समय राम्रो नपरेको खण्डमा उत्पादन पनि राम्रो नहुने गरेको छ । पछिल्लो समय कृषि क्षेत्रमा श्रम शक्तिको अभाव हुन थालेको किसानहरुले गुनासो गरेका छन् ।

    युवा पुस्ता गाउँमा नहुँदा धेरै खेतियोग्य फाँटहरु बाँझै बसेका छन । नेपालको मुख्य खाद्यन्नबाली धानको उत्पादन माग अनुसार नहुँदा वर्षेनि ठुलो परिमाणमा भारतबाट आयत गर्नुपर्ने बाध्यता छ । गोरखामा उत्पादन भएको धानले पनि जिल्लाको माग थेग्न सक्ने अवस्था छैन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.