×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

परिवर्तनविरोधी शक्तिविरुद्धको लडाइँ : ओली

  •  
  • बिहिबार, मङि्सर १४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    विष्णुप्रसाद पोखरेल/टीकाराम उप्रेती

    दमक, मङ्सिर १४ गते ।  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई बलियो हुन नदिन र परिवर्तन नचाहने शक्तिहरू अहिले सक्रिय हुन थालेकाले त्यस्ता शक्तिविरुद्ध लडाइँ लड्ने बेला आएको बताउनुभएको छ ।   झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका ओलीले गृहनगर झापाको दमकमा महिला संयुक्त निर्वाचन परिचालन समितिले आयोजना गरेको कार्यक्रममा भन्नुभयो, “यो निर्वाचन परिवर्तन चाहने र मुलुकलाई यथास्थितिमा राख्नेबीचको प्रतिस्पर्धा हो । ”निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको शासन स्थापित गर्ने उहाँले चर्चा गर्नुभयो ।  आफूहरूले अधिनायकवादी सोच नराखेर मुलुकको समृद्धि र जनताको चाहना अनुसारको स्थायी सरकार निर्माण गर्ने उद्देश्यले वाम गठबन्धन गरेको ओलीले बताउनुभयो ।
    आफूहरू अधिनायकवादी शासन नभएर जनताले चाहे अनुसारको शासन व्यवस्थाका लागि लडेको बताउँदै ओलीले भन्नुभयो, “हामीले राजनीतिक स्थायित्व र स्थायी सरकार निर्माणका लागि वाम गठबन्धन गरेका हौँ । ” उहाँले यो निर्वाचनपछि राजनीतिक अस्थिरता अन्त्य हुने र नयाँ युगको सुरुआत हुने दाबी गर्नुभयो ।
    अहिले वाम गठबन्धनविरुद्ध विभिन्न भ्रम छर्ने काम भइरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले निर्वाचनपछि कम्युनिस्टहरूले सरकार चलाउने भएर अहिले काँग्रेस डराएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “काँग्रेसले सरकार चलाउँदा अधिनायकवाद नहुने, हामीले जनताको अभिमत लिएर सरकार चलाउँदा त्यो अधिनायकवाद हुने हास्यास्पद छ । ”
    कम्युनिस्टले जितेको अवस्थामा कहीँ विकास हँुदैन र बोल्न तथा लेख्न पनि पाइँदैन भनेर आफ्नो क्षेत्रमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको सुन्दा आफूलाई अचम्म लागेको भन्दै उहाँले यहाँको विकास हेर्न आग्रह गर्नुभयो ।  अध्यक्ष ओलीले आफूहरूले महिलालाई दिए जत्तिको अवसर दुनियाँमा कुनै पनि मुलुकले र नेपालमा पनि कुनै पनि राजनीतिक दलले नदिएको दाबी गर्नुभयो ।  उहाँले एमालेबाट नै प्रस्ताव गरेर विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाएको, माओवादी केन्द्रबाट ओनसरी घर्तीमगरलाई सभामुख बनाएको स्मरण गर्नुभयो ।
    यसैबीच एमाले अध्यक्ष ओलीले राजधानीबाट झापा आउने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूहरू आचारसंहिताको परिपालनामा प्रतिबद्ध रहेको बताउनुभयो ।  निर्वाचन आयोगले आचारसंहिता पालना नगरेको भनेर पत्र काट्दा अचम्म लागेको उहाँले बताउनुभयो ।  आफूले कहीँ पनि पत्रिकाहरूलाई विज्ञापन छाप्न नदिएको, शुभचिन्तकहरूबाट चुनाव जिताउन अपिल गरेको हुनसक्ने भन्दै उहाँले त्यसको जवाफ पनि दिइसकिएको जनाउनुभयो ।
    यसैगरी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालमा नातावादले गर्दा खेलकुद क्षेत्रको विकास हुन नसकेको बताउनुभएको छ ।
    खेलकुद चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशमा हुने प्रतिस्पर्धामा योग्य खेलाडी पठाउनुको सट्टा नातागोताका मानिस मात्र पठाउने गरिएको आरोप लगाउनुभयो ।  खेलकुद विकास भएमात्र देश विकास हुन्छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर १४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.