गोरखा समाचार
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टीहरुबाट समृद्धि सम्भव नभएको बताएका छन् । ललितपुरको प्याङगाउँमा मंगलबार नयाँ शक्ति पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले ठूला पार्टीका शीर्ष नेताहरु अरबौंका अनियमितता काण्डसँग जोडिएकोले उनिहरुको नेतृत्वमा समृद्धि सम्भव नभएको बताए ।‘म दावीका साथ भन्न सक्छु, तीन पार्टीका शीर्ष नेताहरु अरबौं अनियमितताका खेलहरुमा सहभागी छन्,’उनले भने, ‘चुहिने भाँडोमा पानी हालेर भाँडो भरिन्नँ । भ्रष्टाचारको अन्त्य समृद्धिको अर्को महत्वपूर्ण शर्त रहेको उनको तर्क थियो ।
संयोजक भट्टराईले माओवादीलाई एमालेमा विलिन गराएपछि आफ्ना पूर्वसहकर्मी प्रचण्डले जननिर्वा्चित कार्यकारी राष्ट्रपतिको एजेन्डा छाडेको पनि बताए । ‘एकपटक भित्ते राष्ट्रपतिको रुपमा चर्चित मेरा मित्र प्रचण्डजीले पार्टीलाई एमालेसँग विलिन गरेसँगै कार्यकारी राष्ट्रपतिको मुद्दा छाडिदिनुभयो, ‘उहाँहरुको घोषणापत्र हेर्नुहोस्, उक्त एजेण्डा नै गायव छ ।’कांग्रेसका लागि संसदीय व्यवस्था नै सर्वोपरि भएकोले उनीहरुबाट शासकीय स्वरुप परिवर्तनको अपेक्षा नभएको भट्टाइकोे तर्क थियो । उनले भने, ‘कांग्रेसका लागि चिसो भनेको कोकाकोला भनेजस्तै संसदीय व्यवस्था भनेकै सर्वोपरि छ, उनीहरुबाट यो अपेक्षा थिएन ।’ विगत २५ वर्षमा २६ वटा सरकार र १० वर्षमा १० सरकार बनेको उदाहरण दिदै संयोजक भट्टराईले अहिलेको संविधानमा भएको गलत शासकीय स्वरुप सच्याउन संविधान संशोधन गर्नुपर्ने तर्क अगाडि सारे ।‘नयाँ शक्ति मात्रै यस्तो पार्टी हो, जसले जनताद्वारा प्रत्यक्ष निर्वा्िचत कार्यकारी राष्ट्रपतिको एजेन्डालाई दृढतापूर्वक उठाएको छ,’ उनले भने, ‘हामी संसद पूर्ण समानुपातिक र राष्ट्रपति पूर्ण कार्यकारी बनाउने र संसदभन्दा बाहिरबाटै मन्त्रि हुने व्यवस्थाको वकालत गरिरहेका छौं ।’
समृद्धिका लागि शान्ति, स्थिरता र सुशासन
मुलुकको समृद्धिको लागि शान्ति, स्थिरता र सुशासन आधारभूत आवश्यकता रहेको उनले बताए । ‘पुराना दलहरुले विकास र समृद्धिका सतही कुरा मात्रै गरिरहेका छन् समृद्धिको लागि पहिलो शर्त राष्ट्रिय एकता हो, यसको लागि नेपालको विविधता सम्बोधन हुने गरी संघीयताको सही अर्थमा कार्यान्वयन हुनुपर्छ ।’
बलियो व्यवस्था सधैं टिक्दैन
‘जित्नेलाई मात्रै भोट दिने हो भने राणा शासन सधैं टिक्थ्यो, पञ्चायत पनि टिकिरहन्थ्यो,’ उनले फरक प्रसंगमा भने ‘बलियोलाई मात्रै भोट हालियो भने संसारमा परिवर्तन आउँदैन ।’ उनले सहिदहरुले राणा, पञ्चायत र राजतन्त्रविरुद्ध बलिदानी गरेको स्मरण गर्दै भने, ‘हाम्रा सहिदहरुले परिवर्तनको आँट गरेका थिए । सहिदहरुको बलिदानी बलिया शक्तिहरुकै विरुद्ध थियो ।’
डा. बाबुरामको तीन पार्टीमाथि हमला : चुहिने भाँडोमा पानी हालेर भाँडो भरिन्छ ?
डा. बाबुरामको तीन पार्टीमाथि हमला : चुहिने भाँडोमा पानी हालेर भाँडो भरिन्छ ?
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


