×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

तरकारीको मूल्य नियन्त्रण ‘नगरेको’ गुनासो

  •  
  • बिहिबार, मङि्सर ०७, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    केही सातायता अचानक आकाशिएको तरकारीको भाउले मारमा परेका उपभोक्ताहरुले त्यसको नियन्त्रणका लागि कोही अघि नसरेको गुनासो गरेका छन्।

    अझ बिचौलियाको चलखेलका कारण खेतमा पसिना बगाउने किसान पनि ठगिएको र उपभोक्ता पनि मारमा परेको भन्दै उनीहरु थप उदास भएका छन्।

    सरकारी अधिकारीहरुले चाहिं बजारले निर्धारण गर्ने मूल्य घटबढलाई नियन्त्रण गर्ने उपाय आफूहरुसंग नभएको बताएका छन्।

    बिहान बेलुकानै भान्सामा चाहिने आवश्यक तरकारीको भाउ केही सातायता दोब्बर भन्दा बढी पुगेको धुम्बाराही निवासी ५५ वर्षीय बटुप्रसाद लम्सालले बताए।

    उनले भने, “पानी समेत किनेर खान पर्ने ठाउँमा १० रुपियाँको सागलाई सय रुपियाँभन्दा बढी तिर्न परेपछि कसरी बाँच्ने? यसको नियन्त्रण सरकारले गर्न पर्ने त हो, तर गर्दैन के गर्ने?”

    पानी समेत किनेर खान पर्ने ठाउँमा १० रुपियाँको सागलाई सय रुपियाँभन्दा बढी तिर्न परेपछि कसरी बाँच्ने? यसको नियन्त्रण सरकारले गर्न पर्ने त हो, तर गर्दैन के गर्ने?

    बटुप्रसाद लम्साल, एकजना उपभोक्ता

    किसानको उत्पादन किनेर व्यापारीकहाँ पुर्‍याउने बिचौलिया भनिनेहरुको चलखेलले तरकारीको भाउ आकाशिएको सरकारले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा जनाइएको छ।

    मकवानपुर, धादिङ्, पाँचखाल लगायत राजधानी वरिपरि तरकारीका लागि प्रख्यात ठाउँमा गरिएका स्थलगत अध्ययनले बिचौलियाहरुले ५ तहसम्म हस्तक्षेप गरेका कारण तरकारीको भाउ आकाशिएको देखाएको छ।

    किसानले न्यूनतम मूल्यमा तरकारी बिक्री गर्ने गरेको तर बिचमा रहेका अनेक व्यापारीले नाफा लिने गरेकोले उपभोक्ता कहाँसम्म आइपुग्दा तरकारीको भाउ दशौं गुणा महंगो भएको अध्ययनमा देखिएको थियो।

    अहिले सरकारले तरकारीको मूल्य निर्धारण गर्ने कुनै कानूनी व्यवस्था छैन। हाल बजारले तरकारीको मूल्य निर्धारण गरिरहेको छ। यो मूल्य वृद्धि भएको कुरा आएपछि यसलाई नियन्त्रण गर्न केन्द्रिय अनुगमन भइरहेको छ

    काशीराज दाहाल, अध्यक्ष, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति

    यसरी बेला बेलामा उपभोक्ताको ढाड सेक्ने गरी महंगो हुने तरकारीको मूल्यको अनुगमन गर्ने बाहेक अन्य विकल्प नभएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष काशीराज दाहालले बताए।

    उनले भने, “अहिले सरकारले तरकारीको मूल्य निर्धारण गर्ने कुनै कानूनी व्यवस्था छैन। हाल बजारले तरकारीको मूल्य निर्धारण गरिरहेको छ। यो मूल्य वृद्धि भएको कुरा आएपछि यसलाई नियन्त्रण गर्न केन्द्रिय अनुगमन भइरहेको छ।”

    तरकारीलाई लामो समय सुरक्षित भण्डारण गरिराख्ने क्षमता नहुँदा सम्म किसानहरुसंग मोलमलाइ गर्ने क्षमता विकास हुन नसक्ने बताइन्छ।

    त्यस्तै किसानलाई बिउ, मल आदि आवश्यक सामग्री खरिद गर्न बिचौलिया व्यापारीलेनै ऋण दिइरहेको हालको अवस्थामा सरकारी निकाय चुस्त नहुँदासम्म उनीहरुको हालीमुहाली रहिरहने कतिपय जानकारहरुको भनाइ छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.