×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘आचारसंहिता उल्लंघनप्रति ध्यानाकर्षण’

  •  
  • बिहिबार, मङि्सर ०७, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    उजुरीहरुको किनारा लगाउने काम भैरहेको आयोगले जनाएको छ

    सरकार आफै र विभिन्न राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको भनी चिन्ताहरु व्यक्त भइरहँदा निर्वाचन आयोगले त्यस्ता उजुरीहरुबारे स्पष्टीकरण सोध्ने र सचेत गराउने कामहरु भइरहेको जनाएको छ।

    निर्वाचनको मिति नजिकिदै जाँदा सरकारले प्रदेश प्रहरी प्रमुख देखि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरुको सरुवा गर्ने कामलाई निरन्तरता दिइरहँदा आयोगको त्यस्तो भनाइ आएको हो।

    सरकारले बुधबार दुईजना प्रदेश प्रहरी प्रमुखहरुको सरुवा गरेको छ।

    गृहमन्त्रालयले चाहिँ आयोगकै अनुमतिमा प्रशासन र प्रहरीको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।

    स्पस्टीकरण सोध्ने, सचेत गराउने, ध्यानाकर्षण गराउने, कार्यक्रम रोक्ने कामहरु भैरहेका छन्। विधिसम्मत ढंगले कारवाही गर्दा संबन्धितलाई सोध्नु पर्ने हुन्छ। लेखी पठाउने जवाफले थप कारवाही निर्धारण गर्ने गर्छ

    नवराज ढकाल, प्रवक्ता, निर्वाचन आयोग

    आचारसंहिता उल्लंघनसंग जोडिएका झण्डै २ हजार वटा उजुरी र निवेदन परेको भए पनि अधिकांश सरुवा, रकमान्तर, विदेश भ्रमणको अनुमति लगायतका रहेको निर्वाचन आयोगले जनाएको छ।

    जसमध्ये झन्डै १ सय वटा प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन गरिएका घटनाबारेका उजुरी रहेका छन्।

    त्यस्ता उजुरीहरुको किनारा लगाउने काम भैरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

    उनले भने “स्पस्टीकरण सोध्ने, सचेत गराउने, ध्यानाकर्षण गराउने, कार्यक्रम रोक्ने कामहरु भैरहेका छन्। विधिसम्मत ढंगले कारवाही गर्दा संबन्धितलाई सोध्नु पर्ने हुन्छ। लेखी पठाउने जवाफले थप कारवाही निर्धारण गर्ने गर्छ। “

    सरुवाका लागि सरकारबाट आएका पत्रको विवरण भने आयोगले खुलाएको छैन।

    निर्वाचन आयोगसँग सहमतिमा गरिने यस्ता निर्णयहरुको पछिल्लो श्रृंखलामा केही प्रदेश प्रहरी प्रमुख देखि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरु परेका छन्।

    प्रदेश नम्बर ५ का प्रहरी प्रमुख मिङमार लामा र प्रदेश नम्बर ७ का प्रमुख विजय भट्टलाई सरुवा गरेर बुधबार नै बढुवा गरिएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय मधुप्रसाद पुडासैनी र माधब नेपाललाई ती प्रदेशहरुको जिम्मेवारी दिइएको छ।

    सोमबार ४ जना प्रमुख जिल्ला अधिकारीहरु र २ जना जिल्ला प्रहरी प्रमुखहरुको सरुवा गरिएको थियो।

    यस्ता सरुवाहरु सहमतिमा भएका थिए वा थिएनन् भन्ने बारेमा आयोगका पदाधिकारीहरुले आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।

    गृहमन्त्रालयले शान्तिसुरक्षालाई ध्यानमा राखेर सरुवा गरिएको जनाएको छ।

    गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले भने, “निर्वाचन सुरक्षालाई मध्यनजर गरेर यी निर्णय भएका हुन्। आयोगसँग पनि सहमति लिइएको छ।”

    मतदानको दिन नजिकिंदै जाँदा गरिएका यस्ता सरुवाहरु राजनीतिक उदेश्यले प्रेरित हुने गरेको जानकारहरु बताउँछन्।

    पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले भने “निर्वाचनमा जित्ने उदेश्यले सरुवा गरिंदा जसले जितका लागि सरुवा गरेको हो, त्यसलाई फाइदा गर्ला तर यस्ता सरुवाले निर्वाचनको वातावरण बनाउने र सबैलाई समान व्यवहार गर्नका लागि मदत गर्दैन।”

    बढिरहेको सुरक्षा चुनौतीका माझ सरकारद्वारा भइरहेका भनिएका आचारसंहिता विपरितका कामहरुलाई आयोगले नदेखेझैं गरेको भनी आलोचना भएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.