×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

चमेलिया जलविद्युत् प्रसारण बिहीबारदेखि लाइन चार्ज

  •  
  • बिहिबार, मङि्सर ०७, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लक्ष्मीप्रसाद उपाध्याय

    काठमाडौँ, मङ्सिर ७ गते । चमेलिया जलाधार क्षेत्रमा उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न बिहीबार दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरियासम्मको प्रसारण लाइनलाई चार्ज गरिँदैछ । चमेलिया करिडोरमा हाल नौगाड जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेको छ भने ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले केही दिनमै उत्पादनमा जाने तयारी गरिरहेको छ ।
    चमेलिया जलविद्युत् आयोजनाको पावरहाउस दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरियासम्म  १३२ केभी प्रसारण लाइनको परीक्षण सम्पन्न भइसकेपछि चार्ज गर्न थालिएको आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो ।
    बुधबार गोरखापत्रसँग कुराकानी गर्दै आयोजना प्रमुख दाहालले भन्नुभयो, चमेलियाले व्यावसायिक उत्पादन गरेको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि हामीले तयारीका लागि प्रसारण लाइनमा करेन्ट प्रवाह गर्न थालेका छौँ । बिहीबार अत्तरिया सव–स्टेसनबाट बलाँच स्टेसनसम्म बिजुली प्रवाह गरी सो प्रसारण लाइन चार्ज गरिने कार्यक्रम छ ।
    १३१ किलोमिटर लामो प्रसारण लाइन चार्ज हुने बेला टावर नछुन र टावरमा नचढ्न आयोजनाले स्थानीय बासिन्दालाई आग्रहसमेत गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्रसारण लाइन चार्ज हुने बेला करेन्ट लाग्न सक्नेतर्फ सचेत हुन स्थानीय एफएम तथा स्थानीय पत्रपत्रिकामा सूचना जारी गरिएको र जिल्लास्थित सबै सरोकारवाला निकायमा पत्राचार गरिसकिएको प्रमुख दाहालले बताउनुभयो । यो प्रसारण लाइनमा ४१२ वटा टावर निर्माण गरिएका छन् ।
    यसअघि प्रयोगमा आएको ३३ केभी प्रसारण लाइनमा प्रवाह हुँदै नौगाड जलविद्युत् आयोजनाको ८.५ मेगावाट बिजुली पनि यही प्रसारण लाइनमा प्रवाह गरिनेछ । प्राविधिक रूपमा नौगाडबाट उत्पादित बिजुली १३२ केभी प्रसारण लाइनमा जोड्न मिल्ने वा नमिल्ने भन्ने विषयमा आयोजनाले नौगाड जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी अपी पावरलाई पत्राचार गरिसकिएको बताइएको छ ।
    यो प्रसारण लाइन निर्माण भएपछि सुदूरपश्चिमका पहाडी जिल्ला विशेषगरी चमेलिया जलाधार क्षेत्रमा निर्माणको क्रममा रहेका सबै जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ ।
    आयोजना प्रमुख दाहालले भन्नुभयो, कैलालीको अत्तरियादेखि उत्तरी भेगमा निर्माण भएको यो नै पहिलो प्रसारण लाइन हो । यसले अन्य साना ठूला आयोजना विकासका लागि ठूलो मद्दत गर्नेछ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.