×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

लिबिया हुँदै इटाली छिर्दै ! सामुद्रिक डुंगा चुहिँदा धनमानलार्इ ‘हृदयाघात’

  •  
  • बुधबार, मङि्सर ०६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • शरणार्थी नेपाली भन्छन्- जोखिम मोलेर युरोप नआए हुन्छ
     बसन्त रानाभाट

    नेपालीहरूले हवाइ र स्थलमार्ग हुँदै यसअघि युरोप प्रवेश गर्ने गरेको भेटिए पनि जलमार्गको जोखिमसमेत उठाउन थालेको पछिल्ला घटनाले देखाएको छ ।

    म्याग्दी रघुगंगा गाउँपालिका पाखापानीका ३६ बर्षीय धनमान पूर्जाको ठूलो सपना थियो- युरोप पुगेर धन कमाउने । त्यही सपनाले तानेर उनी लिबियादेखि सामुद्रिक बाटो हुँदै ईटाली छिर्न नेपालबाट निस्किए ।लिबियादेखि समुन्द्री बाटो हुँदै डुङ्गामा जोखिम मोलेर ईटाली प्रवेश गरेका नेपालीहरु विस्तारै सम्पर्कमा आउन थालेका छन् ।

    तर, मानवतस्करले डोर्याएको बाटोमै उनका सबै सपना चकनाचुर भए।

    धनमानका श्रीमती र ४ छोराछोरीले अन्तिम पटक उनको अनुहार समेत देख्न पाएनन्। उनीसँगै जोखिमपूर्ण यात्रा गर्दै ईटाली छिरेका केही युवाले घटनाबारे परिवारलाई जानकारीसम्म गराए। सुरूमा एउटा फोटोका भरमा परिवारलाई मृत्युको यकिन गर्न मुश्किल पर्यो।

    अवैध रुपमा आएकाले नेपालमा शव पठाउन पनि झन्झट भयो।  त्यसमाथि शव लैजाँदा लाखौंको खर्च । अन्ततः परिवार र आफन्तले उनको शवलाई ईटालीमा नै दाहसंस्कार गर्न स्वीकृति दिए ।

    डुंगामा दुलो परेपछि…

     सँगै यात्रा गरेका एक नेपाली युवाले घटनाबारे भने- ‘समुद्रमा यात्रा गरिरहेका बेला ओभरलोड भएपछि ट्युवको डुङ्गामा पानी छिर्न थाल्यो, बाँच्ने आशा हामीले गुमाइसकेका थियौं। पुर्जा दाइ डुङ्गामा नै अचेत हुनुभयो ।

    उद्दारकर्मीहरुले सबैभन्दा पहिला अस्पताल पनि उहाँलाई नै लगेको हो, तर पछि हामीलाई फोटो देखाउँदै यो मान्छे अब रहेन भन्दै खबर गरियो ।’

    जोखिमपूर्ण यात्रा पार गर्दै हाल ईटालीस्थित शरणार्थी शिविरमा रहेका ती नेपाली युवा भन्छन्, ‘नेपाल छँदा ठूलो सामुन्द्रिक जहाज चढाएर युरोप पुग्ने आश्वासन पाएका थियौं, तर अफ्रिकी आप्रवासीहरुसँगै जोखिमपूर्ण यात्रा गर्यौं।

    गुहार मागेपछि अन्य केही रेस्क्यु डुङ्गाहरुको सहायताले हामी बाँच्न सफल भएका हौं। तर, धनमान आत्तिएर बेहोस हुँदा हृदयाघात भएको हुन सक्ने प्रत्यक्षदर्शीको अनुमान छ ।

    १२ जना नेपालीहरुलाई दुबई, टर्की र लिबिया हुँदै ईटाली छिराउन मानव तस्करहरुले अफ्रिकी मूलका आप्रबासीहरुसँगै सामुद्रिक डुङ्गामा जोखिमपूर्ण यात्रा गराएका थिए।

    शुक्रबार अन्त्येष्टिको तयारी

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीका महासचिव छविलाल कँडेल भन्छन्,’शव सनाखतका लागि नै झन्डै ३ साता लाग्यो ।

    नेपाली कन्सुलेट रोम, एनआरएनए इटाली र नेपाली राजदूताबास स्वीटजरल्याण्डको सक्रियतामा सनाखत गर्ने काम सकेका छौं, अब पारिवारिक निर्णयअनुसार शुक्रबार यतै अन्त्येष्टि गरिँदैछ।’

    ‘पुर्जाको परिवारमा बेग्लै दुख छ, १० बर्षीय जेठा छोरा अपाङ्ग छन्, अन्य दुई छोराहरु ६ बर्ष र ४ बर्षका मात्रै रहेछन्, अझ कान्छी छोरी त १ बर्षकी मात्रै’, कँडेल भन्छन्, ‘घटना भइहाल्यो, अब उनका छोराछोरीका लागि आर्थिक सहयोग संकलन गर्ने पहल गर्दैछौं ।’

    राम्रो कमाइ हुने प्रलोभन, लाखौं खर्च

    अवैधरुपमा युरोप छिर्ने गरेको सामुन्द्रिक बाटोलाई नेपाली मानव तस्करहरुले पनि प्रयोग गर्न थालेका छन् ।

    इटाली पुगेर महिनामा नै १५/१७ सय युरोसम्म कमाइन्छ, कार्ड बन्छ भन्ने प्रलोभनमा परेको पीडितहरु बताउँछन् । युरोप छिर्नकै लागि उनीहरुले जनही १३ देखि १७ लाख रुपैयाँसम्म रकम खर्च गरेको भेटिएको छ ।

    ईटालीमा के छ भविष्य ?

    मानवतस्करहरुले देखाउने प्रलोभन भन्दा ईटालीको वास्तविकता भने भिन्नै रहेको छ । झन्डै १६ बर्षदेखि ईटालीमा बस्दै आएका हरिभक्त काराखेती अहिले ईटालीमा आएर बैधानिक बन्न जटिल रहेको बताउँछन् ।

    दोभासेका रुपमा पनि काम गर्दै आएका काराखेती भन्छन्,’पहिले-पहिले सानातोरिया, फुल्सिजस्ता प्रक्रियाबाट धेरैजना वैधानिक बन्ने गर्थे । तर, अहिले अन्तिम उपाय भनेकै शरणार्थी नै हो । भूकम्पका कारण घरबारविहीन भएको भन्दै केही नेपालीहरुले स्टोरी गरेको पनि पाइन्छ । तर, यो पनि नेपालीका लागि जटिल बन्दै गएको छ।’

    पछिल्लो क्रममा लिबियावाट सामुन्द्रिक बाटो हुँदै आउनेहरुलाई सिधै समातेर क्याम्पमा पुर्याइने हुँदा उचित सल्लाह दिन नसकेको उनी बताउँछन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.