×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गणतन्त्र स्मारक निर्माण अन्तिम चरणमा

  •  
  • मङ्गलबार, मङि्सर ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भउचप्रसाद यादव

    काठमाडौँ,  मङ्सिर ५ गते ।  नारायणहिटी राजदरबारभित्र निर्माणधीन बहुप्रतीक्षित गणतन्त्र स्मारक अगामी गणतन्त्र दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ ।
    सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मणिराम गेलालले नारायणहिटी दरबारभित्र ३५ रोपनी जग्गामा निर्माणाधीन गणतन्त्र स्मारकको उद्घाटन अगामी वर्षको गणतन्त्र दिवस (२०७५ जेठ १५) का दिन गरी सर्वसाधारणका लागि खुला गरिने जानकारी दिनुभएको छ ।  यो स्मारकको उद्घाटन राष्ट्रपति वा प्रधानमन्त्री कोबाट गराउनेबारे अहिले तय भइनसकेको उहाँले बताउनुभयो ।
    स्मारक निर्माणका लागि सुरुमा नारायणहिटी दरबारको ८२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको थियो ।  तर सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली सेनाले ३५ रोपनी जग्गा मात्र उपलब्ध गराएको थियो ।
    जनआन्दोलनको प्रतीक, राजतन्त्रको बहिर्गमन र गणतन्त्रको आगमनको प्रतीकका रुपमा निर्माणाधीन गणतन्त्र स्मारकको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै उपमहानिर्देशक गेलालले निर्माण भइसकेका संरचनाहरूको रङ–रोगन, तिनीहरूको सञ्चालनको तयारी तथा डेकोरेसन कार्य भइरहेको जानकारी दिनुभयो ।  उहाँका अनुसार, अहिले स्मारकमा प्राण भर्ने काम भइरहेको छ ।
    वि.सं.२०७२ मङ्सिर २१ गते सकिने गरी २०६९ चैतदेखि स्मारकको निर्माण कार्य सुरु गरिएको हो ।  तोकिएभन्दा करिब दई वर्ष ढिलो भए पनि स्मारक तयार हुने क्रममा छ ।  कुल ४२ करोड रुपियाँको लागतमा निर्माण भइरहेको सो स्मारक निर्माणको जिम्मा बिकोई–स्काई–बङ्गलामुखी जेभीले पाएको छ ।
    “नारायणहिटी दरबारले करिब अढाई सय वर्ष पुरानो शाहवंशीय राजतन्त्रको प्रतिनिधित्व गर्छ, अब दरबार परिसरमा निर्माण भएको गणतन्त्र स्मारक ११ वर्षदेखि मुलुकमा चलिरहेको जनताको शासनको प्रतीक हो”, उपमहानिर्देशक गेलालले भन्नुभयो ।
    “स्मारकभित्र हिमाल, पहाड र तराई झल्किने गरी ठूलो नक्सा निर्माण गरिएको छ, मुलुकमा गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्ष र बलिदानको सम्झना गराउने तस्बिर, वस्तु र कलाकृतिहरू राखिनेछन्” उहाँले अगाडि भन्नुभयो ।
    स्मारकमा चारवटा स्तम्भ निर्माण गरिएको छ, जुन स्तम्भहरूले गणतन्त्र प्राप्तिको क्रममा भएको आन्दोलन, आन्दोलनको क्रममा मृत्यु भएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएकाहरूलाई स्मरण गराउँछ भन्ने विश्लेषण गरिएको छ ।  अहिले रङ–रोगन, बगैँचा सजावट, फिनिसिङलगायतका काम भइरहेको जानकारी दिंदै उहाँले अब स्मारक क्षेत्रलाई पर्खालले घेर्ने काम बाँकी छ, त्यो काम पनि तीब्र गतिमा भइरहेको बताउनुभयो ।
    स्मारकसँगै आकर्षक बगैँचा पनि रहनेछ, दिनभरिको व्यस्तताबाट एकछिन भए पनि छुटकारा पाउन तथा शान्त वातावरण रुचाउनेहरूका लागि यो स्मारक क्षेत्र एउटा नयाँ गन्तव्य हुने विश्वास समेत गरिएको छ ।
    अपाङ्गमैत्री रहेको सो स्मारक परिसरमा वाटर फाउन्टेन तथा विशेष बत्तीको समेत व्यवस्था गरिएको छ ।  प्रवेश शुल्क कति लिनेबारे अहिले तय भइसकेको छैन ।  यो स्मारकको निर्माण कार्य सम्पन्न र उद्घाटन भइसकेपछि यसको सञ्चालनको जिम्मेवारी नारायणी दरबार सङ्ग्रहालय विकास समितिलाई प्रदान गरिने छ ।  तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६८ सालमा यो स्मारकको शिलान्यास गर्नुभएको थियो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.