कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर ३ गते । प्रचण्ड पुत्र प्रकाश दाहालको मृत्युको कारण आकस्मिक ह्रृदयघात बाट भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रकाशको निधन पछि अस्प्तालको आयोजित पत्रकार सम्मेलनमा नर्भिक अस्पतालका डाक्टर जेपी जैसवालले बताए ।
जैसवालका अनुसार दाहाललाई अस्पताल ल्याउनुभन्दा करिब ३ घण्टा अघि नै निधन भइसकेको बताए । आइतबार बिहान ५ बजेर ५० मिनेटमा ल्याइपुर्याइएका प्रकाशलाई चिकित्सकले ५ बजेर ५९ मिनेटमा मृत घोषित गरेका थिए । डा.जैसवालका अनुसार ९९ प्रतिशत हृदयघात भएको हो १ प्रतिशत मात्र मस्तिष्कघात हुन सक्छ ।
अस्पताल ल्याउँदै दाहालको शरीर कडा भइसकेको भन्दै यहाँ ल्याउँदा उनको नाडीमा पल्स थिएन । शरिर चिसो भइसकेको थियो । यस्तो घटनामा पोष्टपार्टम गर्नु पर्दैन ।
आजै ४ बजेपछि अन्त्येष्टी
अस्पतालले मृक्त घोषित गरेको प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिको छ ।
आजै अपरान्ह ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पार्टी श्रोतले जानकारी दिएको छ ।




















