कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर ३ गते । प्रचण्ड पुत्र प्रकाश दाहाल गंभिर बिरामी परेका छन । बिरामी दाहाललाई अहिले राजधानीको नर्भिक अस्पतालमा राखीएको छ ।

राजधानीमा रहेको घरमा अचेत अवस्थामा बिहान फेला परे पछि उनलाई उपचारको लागि नर्भिक अस्पताल भर्ना गरीएको हो । सनिबार राती देखी बिसञ्चो देखीएका दाहाललाई आईतबार बिहान घरमा अचेत अवस्थामा फेला परे पछि अस्प्ताल भर्ना गरीएको थियो ।

बिरामी दाहालका बिषयमा अस्पताल प्रशासनले अहिले सम्म पनि केही बताउन चाहि रहेको छैन । उनको परिवार चुनावी प्रचार प्रशारका लागि राजधानी बाहिर भएका कारण अस्प्तालले परिवार आए पछि मात्र बिरामीको अवस्था बारेमा जानकारी गराउने बताएको छ ।
झापामा रहेको प्रचण्ड हेली कप्टरमार्फत राजधानी आउने तयारीमा छन ।




















