×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पच्चीस सबस्टेसन थपिँदै

  •  
  • आइतबार, कार्तिक २६, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    लक्ष्मीप्रसाद उपाध्याय

    काठमाडौँ, कात्तिक २६ गते ।  नेपाल विद्युत् प्राधिकरणले गुणस्तरीय, सुरक्षित विद्युतीय सेवा प्रवाह तथा सेवा विस्तार गर्नका लागि सव स्टेसन निर्माण र प्रसारण लाइन मर्मत सम्भार गर्ने कामको थालनी गरेको छ ।

    बिजुली पुगेको ठाउँमा समेत बिजुली आउने जाने भइरहने र आएको बिजुली पनि मधुरो हुने तर ग्राहकले उठेको महसुल तिर्नैपर्ने विषय चौतर्फी टीकाटिप्पणी हुन थालेको अवस्थामा प्राधिकरणले गुणस्तरीय विद्युत् प्रवाह गर्ने र थप सेवा विस्तार गर्ने योजना अगाडि बढाएको हो ।
    ग्राहक सङ्ख्या निकै बढी भइसकेका तर सवस्टेसनको क्षमताले धान्न नसक्ने अवस्थाको पहिचान गरी यो कार्यक्रमलाई सञ्चालन गर्न थालिएको हो ।  आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका अनुसार देशभरका विभिन्न ठाउँका २५ वटा नयाँ ३३/११ केभी क्षमताका सवस्टेसन निर्माण गरिने भएका छन् ।  यी सवस्टेसन निर्माणले विद्युत् प्रवाहलाई नियमित गर्न मद्दत गर्नेछ ।  उहाँले गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो, हामीले नयाँ सवस्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरी ४० प्रतिशत जति काम सम्पन्न भइसकेको छ, आगामी एक वर्षभित्रै यी सवस्टेसनको निर्माण कार्य पूरा हुने गरी सम्झौता भएको छ ।
    त्यसैगरी पुराना सवस्टेसनको क्षमता सुदृढीकरण गर्ने कार्यलाई पनि एकैसाथ अगाडि बढाइने भएको छ ।  निर्देशनालयका अनुसार यहीँ समयमा विभिन्न ठाउँमा रहेका पुराना ११ वटा सवस्टेसनको क्षमता सुदृढीकरण गर्न लागिएको छ ।
    सवस्टेसन निर्माण र प्रसारण लाइनको मर्मत सम्भार गरेपछि नयाँ दुई लाख ग्राहकलाई हालकै अवस्था विद्युत् वितरण गर्न सकिने लक्ष्य प्राधिकरणले लिएको छ ।  निर्देशनालय प्रमुख सिलवालले भन्नुभयो, वितरण लाइन र सवस्टेसन ओभरलोड भएकाले गुणस्तरीय विद्युतीय सेवा प्रवाह गर्न सकिएको थिएन, अब यी समस्या समाधान हुनेछन् ।
    पुराना सवस्टेसन र प्रसारण लाइन भएकाले प्राविधिक चुहावट अधिक हुने गरेको छ ।  हालको प्रसारण लाइन र सव स्टेसनका कारणले २५ प्रतिशत भन्दा बढी विद्युत् चुहावट हुने गरेको प्राधिकरणका अध्ययनले देखाएको छ ।
    ऊर्जा मन्त्रालयमा मन्त्री, सचिव फेरिँदा र प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक आउँदा प्राविधिक चुहावट नियन्त्रण गर्ने प्रतिवद्धता गर्ने गरिन्छ ।  प्राधिकरणले हरेक वर्ष प्राविधिक चुहावट नियन्त्रणलाई विशेष कार्ययोजनाका रूपमा प्रस्तुत गर्ने गरेको छ तर प्राविधिक चुहावट नियन्त्रणमा खासै प्रगति भएको देखिँदैन ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.