×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘एक्स–रे गर्ने बहानामा यौनदुव्र्यवहार’

  •  
  • बिहिबार, कार्तिक २३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कार्तिक २३, २०७४-एक्स–रे गर्ने बहानामा १५ वर्षीया किशोरीको संवेदनशील अंगमा हात लगाएको आरोपमा प्रहरीले धरान १० पुतलीलाइनस्थित डा. हरि शर्माको क्लिनिकमा कार्यरत शरणकुमार राईलाई नियन्त्रणमा लिएको छ ।

    बन्द कोठमा नग्न बनाएर प्राविधिक राईले ढाडको समस्याको एक्स–रे गर्न केन्द्रित हुनुपर्नेमा संवेदनशील अंगमा पटकपटक हात लगाई यौन दुव्र्यवहार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरीका नायब उपरीक्षक रामेश्वर पौडलेले उजुरीका आधारमा राईलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको बताए । राईलाई जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाउने तयारी भएको पौडेलले बताए । बन्द कोठामा नग्न पारेर यौन दुव्र्यवहार गरेको उजुरीमा उल्लेख छ । पीडित किशोरीका अनुसार एक्सरे कोठामा राईले आफ्नी आमालाई पस्न नदिएपछि उनलाई मात्र लिएर भित्रबाट ढोका बन्द गरेका थिए ।

    उनले भनिन्, ‘एक्स–रे कक्षमा प्रवेश गरेपछि राईले सबै लुगा फुकाल्न भनेपछि ‘होला त नि’ भनेर लुगा फुकालेँ । तर राईले एक्सरे गर्नुको सट्टा छाती र यौनाङ्गमा हात लगे ।’ जबर्जस्ती जताततै औंला लगेपछि उनी चिच्याएकी थिइन् । उनकी आमाले एक्सरे कक्षमा छिरेकी छोरी आधा घण्टासम्म बाहिर ननिस्केपछि सोधीखोजी गरेकी थिइन् ।

    पाँच मिनेटमा हुने एक्सरे आधा घण्टा लगाएपछि शंका लागेको आमाले बताइन् । उनले भनिन्, ‘आधा घण्टापछि राई बाहिर निस्क्यो । म छोरी भएतिर गएँ । भित्र छिर्दा छोरी लुगा लगाउँदै थिइन् । किन ढिला गरेको भन्दा छोरी रुँदै घटना सुनाउन थालिन् ।’

    चार दिनदेखि ढाड दुखेपछि आमासँग उपचारका लागि क्लिनिकमा पुगेकी थिइन् । धरान–४ सुमनटार बस्ने ती किशोरीले इप्रकामा किटानी जाहेरी दिएकी थिइन् । एक्स–रे गर्नुपर्ने भएपछि प्राविधिक राईले किशोरीलाई मात्र भित्र अँध्यारो कोठामा नाङ्गै बनाएको र संवेदनशील अंगमा पटकपटक हातले छोएको किशोरीले बताइन् ।

    महिला सञ्जाल धरान उपमहानगरको सहयोगमा किशोरीले उजुरी दिएकी हुन् । महिला सञ्जाल अध्यक्ष शीला वज्राचार्यले स्वास्थ्य क्षेत्रमा पनि महिला, बालबालिका, किशोरी असुरक्षित भएकाले यौनदुव्र्यवहार गर्नेमाथि कडा कारबाही गर्न माग गरेकी छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.