×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

थोरै जग्गा हुने किसानलाई मल्चिंग प्रविधि लाभदायी

  •  
  • आइतबार, कार्तिक १९, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पाल्पा, कात्तिक १९ गते ।  तानसेन–१२ बौघापोखराथोकस्थित देवीबहादुर राना एकै याम चार तरकारी बाली फलाउन लागिपरेका छन् ।

    मल्चिंग प्रविधिकै कारण उनी एउटै बारीमा चार प्रकारका तरकारी बाली फलाउन सफल भएका छन् । बारीमा ड्यांग बनाएर गरिएको गोलभँेडा खेतीबाट अहिलेसम्म उनले रु एक लाख आम्दानी लिइसके । गोलभेँडाबीच भागमा अहिले गोभी, सिमी र बोडीका बिरुवा हुर्किरहेका छन् । ती तरकारी बालीबाट झण्डै रु एक दुई लाख आम्दानी गर्ने लक्ष्य उहाँको छ ।

    गोलभेँडा रोपिएको ड्यांगमा प्लास्टिकबाट ढाकिएको जमिनमा सिँचाइका लागि पानीका पाइप बिछ्याइएको छ । पाइपको बीच भागमा सिँचाइका लागि प्वाल बनाइएको छ । जहाँ जहाँ पाइपका प्वाल छन्, त्यहीँ तरकारीका बिरुवा रोपिन्छ, आवश्यकअनुसार तरकारीको फेदमा एकपटक थोपा सिँचाइ हुन्छ ।

    रानाले झण्डै १० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । ‘एकै सिजनमा लगाएको धेरै जातको तरकारीबाट राम्रो आम्दानी हुने भएको छ,’ रानाले भने ।

    रानाले प्लाष्टिक र मल्चिङ प्रविधिबाट तरकारी उत्पादन गर्ने सीप साइप्रसमा सिकेका हुन्् । अन्तरबाली प्रविधि अपनाएर तरकारी खेती गर्दा किसानलाई पटक÷पटक खेतबारी खनजोत गर्न र झारपात हटाउन नपर्ने रानाको दाबी छ ।

    प्लास्टिकका कारण बारीमा झार उम्रिन पाउँदैन । मुख्य बालीसँगै सहायक बालीको उपयोग गर्न थालेपछि देवीबहादुरको आम्दानी पनि बढ्न पुगेको छ । यसको सिको अरु किसानले गर्न थालेका छन् । स्थानीय बासिन्दा रुकवीर रेश्मीले तरकारी बालीबाट वार्षिक एक लाख भन्दा बढी आम्दानी गर्न थालेको बताउँछन् ।

    गाउ“का कतिपय किसानले यसवर्ष बन्दा, सिमी, काँक्रो र गोलभेँडास“गै रोपेका छन् । अन्तरबाली तरकारीबाट यहाँका किसान एकै याममा एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

    वरिष्ठ कृषि अधिकृत किशोरमान श्रेष्ठका अनुसार विदेशमा सीप सिकेर केही किसानले अन्तरबाली प्रविधि अपनाएपछि राम्रो आम्दानी लिन थालेका बताए । यो प्रविधि अपनाएर किसानले थोरै जग्गामा धेरै प्रकारका बाली लगाई लाभ लिन सक्छन् ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.