कैलसबावु श्रेष्ठ/गोरखा
कार्तिक १८ गते । असोज ३१ गते गोरखाको आरुघाट क्षेत्रबाट प्रतिबन्धीत पाँच औले ओसार पसार गरेको आरोपमा पक्राउ परेको कमल गुरुङ्गलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ओसार पसारमा सहयोग गरेको भन्दै पक्राउ परेका सवारी धनी सपत बहादुर मगरलाई भने धरौटीमा रिहा गरीएको छ ।

जिल्ला बन कार्यालय गोरखाले गोरखा जिल्ला अदालतमा दायर गरेको मुद्वामा अदालतले शुक्रबार गुरुङ्गलाई थुनामा राखी अनुसन्धान गर्न र सवारी चालक मगरलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । थुक छेक बहशमा मगरलाई ९ हजार धरौटीमा रिहा गर्न गोरखा जिल्ला अदालतले आदेश दिएको थियो ।
उत्तरी गोरखाबाट आरुघाट तर्फ ल्याउदै गरेको पाँच औले गएको असोज ३१ गते आरुघाट क्षेत्रमा नेपाल प्रहरीले चेक जाँचका क्रममा फेला पारी जिल्ला बन कार्यालय गोरखालाई बुझाएको थियो । प्रहरीले चेक जाँचका क्रममा ७४ किलो पाँच औले बरामद गरेको थियो । बरामद गरीएको पाँच औलेको बजार भाउ १ करोढ ९५ लाख ३८ हजार रुपैयाँ हुन आउने जिल्ला बन अधिकृत जीवनाथ पौडेलले बताए । प्रतिबन्ध लगाउनु पूर्व नेपाल सरकारले प्रति पाँच औले १ हजार राजश्व लिएर बिक्रीका लागि छुट पुर्जी दिने गर्दथ्यो ।
गोरखा जिल्ला अदालतमा जिल्ला बन कार्यालय गोरखाले दायर गरेको मुद्धामा विगोको दोब्बर जरिवाना र एकवर्ष कैदको मागदावी गरिएको छ । पाँच औले लोपोन्मुख भएकाले यसलाई वन ऐन अनुसार संकलन तथा ओसार पसारमा नेपाल सरकारले प्रतिवन्ध लगाइएको छ ।

लोपोन्मुख प्रजातिमा पर्ने भएकाले यसमा लोपोन्मुख प्रजातिहरुको अन्तर्राष्ट्रिय ऐन अर्थात साइटिस आकर्षण हुने गर्दछ । कार्यायलले पक्राऊ परेका गुरुङ र मगर विरुद्ध झण्डै ४ करोड रुपैयाँ जरिवानाको माग दावी गरेको छ ।

पाँच औंले २ हजार ५ शय देखि ३ हजार मिटर उचाइमा पाइने लोपोन्मुख जडिबुटी हो ।



