कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक १६ गते । ऐतिहासिक गोरखा संग्राहालय घुम्न आउने बढेका छन् ।
शैक्षिक भम्रणको सिजन सुरु भए सँगै अहिले गोरखा संग्राहालय खचाखच हुन थालेको छ । गएको आर्थिक बर्षको पहिलो तिन महिनामा ११ हजार मानिसले संग्राहालयको अबलोकन गरेकोमा यो बर्षको पहिलो तिन महिनामा १६ हजारले अबलोकन गरेका छन ।

‘गएको बर्षको पहिलो तिन महिनामा भन्दा यो बर्षको पहिलो तिनम हिनामा ५ हजार भन्दा बढी आन्तरिक तथा बाह््य पर्यटकले संग्रालय अबलोकन गर्नुभएको छ’ संग्राहालयकी प्रमुख करुना राईले भनिन् ।

गएको आर्थिक वर्षको साउन, भाद्र र असोज महिनामा नेपाली बिद्यार्थी र अन्य सर्व साधारण गरी १० हजार ९ सय ५३ जनाले गोरखा संग्रालयको अबलोकन गरकाथिए भने सार्क राष्ट्रका १० जना र अन्य देशका विदेशी १ सय ५७ जना गरी कुल ११ हजार १ सय २० जनाले अवलोकन गरेको संग्राहालयका सूचना अधिकारी सुनिता भडेलले जानकारी दिईन ।
यो आर्थिक बर्षको पहिलो तिन महिनामा भने नेपाली बिद्यार्थी र सर्व साधारण नेपालीहरु गरी १५ हजार ३ सय ८६ जनाले अबलोकन गरी सकेका छन । यसै बिच पहिलो तिन महिनामा सार्क राष्ट्रका ६ जना र विदेशी ३ सय १ जना गरी कुल १५ हजार ३ सय ११ जनाले अबलोकन गरेको सूचनाअधिकारी भडेलले बताईन ।

नेपाल राज्यको उद्गम थलो गोरखा घुम्न आउनेहरु मध्येको पहिलो रोजाईमा गोरखा सदरमुकाममा रहेको गोरखा दरर्बार र बजार क्षेत्रमा रहेको गोरखा संग्रालय प्रमुखआकर्षणको केन्द्र रहने गरेको छ । देशै भरी बाट बिद्यार्थी र अन्य सयौको संख्यामा आउने गरेको गरेका छन् ।
किताबमा पढेको इतिहासलाई आफ्ना आँखाले हेर्न पाईने भएपछि अंधिकाश विद्यार्थीहरुले शैक्षिक भम्रणका लागि गोरखा रोज्ने गरेका छन् ।
संग्राहालयले यो आर्थिक बर्षमा मात्रै पर्यटकलाई आकर्षित गर्ने गरी डकुमेन्ट्री कक्ष, कलात्मक भाँडा राख्ने र जातजातीको कक्ष थपेको छ ।कक्ष थपिए सँगै डकुमेन्ट्री हेर्ने र थपिएका कक्षको अबलोकन गर्नेहरुको संख्यामा बृद्विभएको संग्राहालय प्रशासनको दावी छ ।

संग्रााालयको अबलोकनका लागि आउनेको संख्या बृद्वि भएसँगै यो आर्थिक बर्षको तिन महिनामा ३ लाख ३२ हजार ३ सय ५५ रुपैयाँ राजश्व संकलन गर्न भएको छ ।
संग्रालयले नेपालीबिद्यार्थीहरुबाट प्रतिबिद्यार्थी १० रुपैयाँ, सर्व साधारण नेपालीहरुबाट प्रतिब्यक्ति २५ र सार्क राष्ट्रका बिदेशीबाट ५० रुपैयाँ र बिदेशीहरुबाट प्रतिब्यक्ती १ सय रुपैयाँअबलोकनशुल्कलिदै आएको छ ।

- संग्रालयमा विदेशीहरुको संख्या बढ्ने
पूर्व राजा देखी पुराना लोक संस्कृतीका बाजागाजा तथा कलात्मक भाँडा र जातजातीको डमी तथा डकुमेन्ट्री कक्ष स्थापना संगै संग्रालय अबलोकनका लागि आउने विदेशीहरुको संख्यामा उल्लेखनी बृद्विहुने कार्यालयको दावी रहेको छ ।

गएको आर्थिक बर्ष ०७३÷०७४ मा सार्क बाहेक विदेशीमात्रैले १ सय ५७जनाले संग्रालयको अबलोकन गरेकोमा यो बर्षको पहिलो तिन महिनामा मात्रै ३ सय १ जनाले अबलोकन गरी सकेको कारण यो बर्ष विदेशीहरुले गोरखा संग्रालयको अबलोकनमा उल्लेखनीय बृद्विहुने संग्रालय प्रशासनको दावी रहेको छ ।

गएको आर्थिक बर्षमा ९ सय ७८ जनाविदेशीहरुले गोरखा संग्रालयको अबलोकन गरेकोमा यो बर्ष यो संख्या बढेर २ हजार नाघ्ने अनुमान गरीएको छ ।


