×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पुर्न निर्माणमा सघाउने उदेश्यले ब्लक उद्योग सञ्चालन

  •  
  • शनिबार, कार्तिक ११, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    कात्र्तिक ११ गते । गोरखाको अजिकोट गाउँपालिका वडा नम्बर ५ मुच्चोकका शकंर लामिछानेले ब्लक उद्योग खोलेका छन् । इन्टरलक ब्लक बनाउने काम सिकेर गाउँमा आएका लामिछानेले १० लाख लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएका हुन् । ‘आफूले सिकेको काम गाउँमै गएर गरौं जसले गर्दा भुकम्प पिडितहरुलाई घर बनाउन पनि सजिलो होस् भनेर काम सुरु गरेको हुँ’ गोरखा समाचारसँग कुराकानी गर्दै लामिछानेले भने ।

    भुकम्प पछिको पुर्ननिर्माणमा सहयोग पु¥याउने उदेश्यले उद्योग खोलेको उनको भनाई छ । गत वर्ष चैत्रबाट सञ्चालनमा आएको जय दुर्गा चण्डी ब्लक उद्योगमा अहिले इन्टरलक बल्क सँगै आँखी झ्याल, रेलिङ र भगवानका मुर्तिहरु निर्माण भईरहेको छन । ‘मुख्य जोड त बल्कलाई दिएको छु, माग पनि बल्क नै आउँछ, अरु सामानहरु पनि बनाइरहेका छु’ लामिछानेले भने । माटो, बालुवा, सिमेन्ट र बिशेष खालको रसायन मिसाएर उक्त ब्लक बनाईन्छ । जसका लागि ४ भाग माटो, दुई भाग बालुवा र १ भाग सिमेन्ट मिसाउनु पर्छ । ‘पागो माटोको ब्लक राम्रो हुन्छ, यदी पागो माटो छैन भने बालुवा धेरै खर्च हुन्छ’ लामिछानेले भने ।

    रखा बारपाक सडक अन्तर्गत साबिकको मुच्चोक गाविसमा दरौदी हाईड्रो पावरको ड्याम नजिकै रहेको उनको ब्लक उद्योगमा अहिले ५ जना कामदारहरुले काम गर्दै आएका छन् । एउटा ब्लकको मुल्य ५० रुपयाँ तोकिएको छ । दुई कोठे घर निर्माणको लागि करिब ७० हजारको रुपयाँ बराबरको ब्लक आवश्यक पर्ने लामिछानेले बताए । ‘दुई कोठाको एउटा घर बनाउन १३/१४ सय बल्क भए पुग्छ’ उनले थपे । इन्टरलक ब्लकले घर बनाउँदा खर्च कम लाग्ने उनको दाबी छ । उक्त ब्लकमा प्लास्टरका लागि सिमेट बालुवा पनि कम लाग्ने र मिस्त्री खर्च जम्मा चार÷पाँच जना भए पुग्ने लामिछानेको बताए ‘ढुङ्गाको गाहो लगाउने ४ जनाको काम एउटै मिस्त्रीले गर्न सक्छ, यो बल्कले घर बनाउँदा खर्च पनि कम लाग्छ । ’ ब्लक बनाउँदैमा फिनिसिङ भइसकेको हुनलाई प्लास्टर खर्च पनि कम लाग्ने उनको भनाई छ ।

    इन्टरलक ब्लकको विचमा एउटा प्वाल राखिएको हुन्छ उक्त प्वालमा भने सिमेन्ट बालुवाको घोल हाल्नुपर्ने त्यसले घर बलियो बनाउने लामिछानेले बताए । मापदण्ड अनुसार बनेका इन्टरलक बल्कले आवश्यक सबै प्रक्रिया पु¥याएर घर बनाए आर्कषक र सुरक्षित दुबै हुने इन्जिनियरहरुले समेत बताएका छन् । गाउँमा आएर व्यवसाय गरेका लामिछानेलाई बिऊ पुँजी थोरै भएको छ ।

    ऋण सहयोग पाएको खण्डमा लगानी बढाएर काम गर्ने उनको योजना छ । ‘गाउँमा आएर काम गरेको छु, यहाँ बैङ्क छैन्, ऋण खोज्दा पनि पाएको छैन्, कहीँबाट सहयोग पाएँ काम बिस्तार गर्थे’ लामिछानेले गुनासो गरे । बैङ्क तथा बित्तिय सस्थाले पनि सहयोग गर्नुका सट्टा अनावश्यक झण्झट दिएको उनको भनाई छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.