×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

काठमाडौं-हेटौंडा सुरुङमार्ग खारेज गर्ने मन्त्री बलायरको निर्णय परिवर्तन हुँदै

  •  
  • बिहिबार, कार्तिक ०९, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • सुरुङमार्गमा लगानी गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो इच्छुक
    सुदिल पोखरेल

    ९ कात्तिक, काठमाडौं । गत २६ भदौमा काठमाडौं-हेटौंडा सुरुङमार्ग खारेज गर्ने बताएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर यतिबेला आफ्नै निर्णयबाट ‘ब्याक’ हुने मुडमा देखिएका छन् ।

    सुरुङमार्ग खारेज गर्ने उनको अभिव्यक्ति सार्वजनिक भएपछि नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल)का अधिकारी, त्यसका प्रबर्द्धक व्यवसायी र सेयर लगानीकर्ताहरुले उनलाई भेटेका थिए । त्यसपछि नै हो, उनको मुड फेरिएको पनि ।

    एनपीबीसीएलले उक्त आयोजना ओगटेर राखे पनि हालसम्म निर्माण थालेको छैन ।

    ‘सम्झौता खारेज गर्ने निर्णय गरेपछि कम्पनीको सेयरमा लगानी गरेका सर्वसाधारणले पनि खारेज त्यसो नगर्न आग्रह गरे,’ मन्त्री बलायरले अनलाइनखबरसँग भने, ‘यस्तै, चीनको एक कम्पनी पनि आएर हामी एनपीबीसीएलसँग मिलेर निर्माण अगाडि बढाउने तयारीमा छौं, खारेज नगर्नु भनेपछि त्यसो नगरी हाल्ने सोचमा पुगेको हुँ ।’ अर्थात्, अब मन्त्री बलायर आयोजनाको म्याद थप्ने मुडमा छन् ।

    वातावरण मन्त्रालयले सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अगाडि बढाएको छ । एनपीबीसीएलले दुई वर्षभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेश गर्नुपर्ने थियो र लगानी जुटाएपछि मात्र सरकारले सुरुङ मार्ग निर्माणको स्वीकृति दिने बताएको थियो तर, अहिलेसम्म आर्थिक प्रतिवेदन बुझाइएको छैन

    एनपीबीसीएलका अध्यक्ष लालकृष्ण केसीका अनुसार ईआईए अन्तिम चरणमा पुगेको छ । त्यसका लागि गरिनुपर्ने सार्वजनिक सुनुवाइ कार्यक्रमपछि ३५ दिने सार्वजनिक सूचनाको म्याद पनि कटेको छ । अध्यक्ष केसीले भने, ‘यसको ईआईए अन्तिम चरणमा छ, साथै अहिले केही चिनियाँ कम्पनी लगानीका लागि हामीसँग निरन्तर छलफलमा आइरहेका छन् ।’ एनपीबीसीएलले सुरुङमार्ग निर्माण गर्न राखेको प्रस्तावलाई वैशाख ०६९ मा मन्त्रिपरिषद्ले पारित गरेको थियो । त्यसअनुसार आयोजनाको काम ०७१ सालदेखि नै सुरु हुनु पर्ने हो । तर, अहिलेसम्म सुरसार छैन ।

    यस्तै, एनपीबीसीएलले दुई वर्षभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेश गर्नुपर्ने थियो । लगानी जुटाएपछि मात्र सरकारले सुरुङ मार्ग निर्माणको स्वीकृति दिने बताएको थियो । तर, अहिलेसम्म आर्थिक प्रतिवेदन बुझाइएको छैन । कम्पनीले निर्माण सुरु गर्नुपर्ने म्याद नै गुज्रेपछि पछिल्लो पटक गत फागुनमा साढे तीन वर्ष थप समय मागेको थियो ।

    ‘निर्माण गर्नुपर्ने समयभित्र कामै सुरु गर्न नसकेपछि हामीले हाम्रो कार्यतालिका संशोधनको अनुमति मागेका हौं, जुन अहिलेसम्म प्राप्त भएको छैन,’ केसी भन्छन्, ‘३० वर्षका लागि सरकारले हामीसँग यसको सम्झौता गरेको छ, जुन तोड्न मिल्दैन ।’ केही समयअघि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बलायरले भनेका थिए, ‘निर्माण नगर्ने तर जनतालाई आशा मात्रै देखाउने काम गर्न पाइँदैन । त्यसैले हामीले यसलाई खारेजीको प्रक्रियामा लगेका हौं ।’

    तर, व्यवसायीसँगको भेटपछि अहिले भने उनको सोचमा ‘यु-टर्न’ देखिएको छ । अहिले उनी सम्झौता तोड्दैमा सबै समस्या समाधान नहुने भएकाले त्यस्तो योजना नरहेको बताउँछन् । मुख्य लगानी जुटाउने पाटोमै समस्या देखिएको छ । चिनियाँ कम्पनी सिनो हाइड्रोले एनपीबीसीएलसँग मिलेर सुरुङमार्ग निर्माण अगाडि बढ्छु भनेकाले आफ्नो निर्णय परिवर्तन भएको मन्त्री बलायर बताउँछन् ।

    एनपीबीसीएलले डीपीआर भने बुझाइसकेको छ, सोही आधारमा निर्माणको स्वीकृति पाएको हो । उक्त डीपीआर संशोधन गर्दै निर्माण थाल्न आफू इच्छुक भएको बताउँदै सिनो हाइड्रोका प्रतिनिधिले आफूलाई भेटेको मन्त्री बलायर दाबी गर्छन् । सुरुङमार्गको सुरुवाति लागत ३७ अर्ब आकलन गरिएको थियो । गत फागुनमा एनपीबीसीएलले मन्त्रालयमा बुझाएको रिपोर्टमा भने ५० अर्ब रुपैयाँ हाराहारी खर्च लाग्ने उल्लेख छ ।

    एनपीबीसीएलले सुरुङमार्ग बनाउन गैरआवासीय नेपाली तथा स्वदेशी उद्योगपतिहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । त्यसअनुसार सर्वसाधारणबाट ३१ करोड ७६ लाख रुपैयाँ जुटाएको थियो । तर, सर्वसाधारणबाट उठाएको रकम पनि कर्मचारीले घुमघाममै सके । स्रोतका अनुसार अहिले बैंक ग्यारेन्टीका लागि राखेको तीन करोड रुपैयाँबाहेक बजेट छैन ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक ०९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.