गोरखा समाचारदाता
असोज २७ गते । संघ सस्थाले स्थानीयको आवश्यकताका पहिचान गरी योजना सञ्चालन गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । एकिकरण नेपालले सञ्चालन गर्न लागेको जिविकोपार्जन सहयोग तथा प्रकोप जोखिम न्यूनिकरण सम्बन्धि साहास परियोजनाबारे जिल्लाका सरोकारवाला बिच भएको छलफल कार्यक्रममा बोल्दै जिल्लाका विषयगत सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिले स्थानीयको आवश्यकता हेरेर उनीहरु कै चाहना अनुसार कार्यक्रमहरु छनोट गर्न संघ सस्थालाई सुझाव दिएका छन् ।यसरी काम गर्दा पारदर्शी हुने र विषयगत सरकारी कार्यालयलाई कहाँ के भईरहेको छ भन्ने बारेमा पनि जानकारी हुने हुँदा दोहोरोपना पनि नआउने उनीहरुको भनाई थियो ।
एकीकरण नेपाल द्धारा गोरखाको साविकका भुम्लिचोक र ताङलीचोक गाविसमा संचालन भइरहेको जिविकोपार्जन सहयोग तथा प्रकोप जोखिम न्यूनिकरण सम्बन्धि साहास परियोजनाबारे सञ्चालन गर्ने भएको छ । उत्थानशिल समुदाय निर्माणको लागी विपद प्रभावित परिवारको बालबालिका र महिला सहितको क्षमता बिकास गर्ने उदेश्यका साथ परियोजना संचालन गरिएको एकीकरण नेपालले जनाएको छ । एकीकरण नेपालकी सचिव दुर्गा गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समितिकी उपप्रमुख जानुका अधिकारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठ, जिल्ला वन अधिकृत जिवनाथ पौडेल, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा एकीकरण नेपालका कार्यक्रम निर्देशक रविन्द्र लामिछानेले परियोजनाबारे जानकारी गराएका थिए ।




















