×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चुनावको मुखमा सांसदले बाडे ९ करोड रकम

  •  
  • शुक्रबार, असोज २७, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    असोज २७ गते । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लाका सांसदहरुले निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रमको रकम बाँडफाँड गरेका छन् । सरकारले केही दिन अघि मात्र व्यवस्थापिका सांसदहरुलाई ३ लाखका दरले उपलब्ध गराएको उक्त रकम मार्फत बिहिवार योजना छनोट गरिएको छ । राती अबेर सम्म जिल्ला समन्वय समितिको बैठक कक्षमा छलफलमा जुटेका निर्वाचित सांसदहरु हितराज पाण्डे, शहरी विकास राज्य मन्त्री एवं सांसद छम बहादुर तमु र कृष्ण धिताल (क्षेत्र नम्बर १ का प्रतिनिधि)ले ९ करोड बराबरको योजना छनौट गरी बजेट नियोजन गरेका हुन् । ‘प्रत्यक्ष तर्फका सांसदहरुको संयोजकत्वमा निर्वाचन क्षेत्र विकास अन्तरगतको रकमहरुको योजना छनौट गरिएको हो’ जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर होमनाथ पौडेलले भने ।
    केहि दिन पछि संसद बिघटनको गरी केन्द्र र प्रदेशको निर्वाचनको तयारी भइरहेका बेला जिल्लामा भने चुनावलाई लक्षित गरेर कार्यकर्ता रिझाउन सांसदले रकम बिनियोजन गरेको केही नेताको आरोप छ । ‘चुनाव आउन आउनै लाग्दा विकासका नाममा यसरी पैसा बाड्न कहाँ पाइन्छ, यो त सबै कार्यकर्ता रिझाउन जस्तो देखिन्छ’ जिल्लाका एक नेताले भने ।
    संसद विघटनको मिति नजिकिदै गर्दा सो शिर्षकको रकमको योजना छनौट गर्ने अन्तिम दिन जिल्लाको क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका सांसद हितराज पाण्डे, क्षेत्र नम्बर ३ का सांसद एवम सहरी विकास राज्यमन्त्रि छम बहादुर गुरुङ र समानुपातिक सांसद कृष्ण धिताल जिल्ला आएका हुन् । क्षेत्र नम्बर १ मा भने चुनाव जितेका डाक्टर बाबुराम भट्टराईले सांसदबाट राजिनामा दिएपछि नेकपा माओवादीले समानुपातिक तर्फका सांसद कृष्ण धिताललाई प्रतिनिधीका रुपमा तोकेको थियो ।
    निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रम अन्तरगतको ९ करोड रकम बिनियोजन गर्न जिल्ला आएका सांसदहरुले अधिकांश रकम सडक निर्माण र कृषि विकासका लागि बिनियोजन गरिएको राज्यमन्त्रि एवम सांसद तमुले बताएका छन् । लामो कसरत र निर्देशिका अनुसार नै योजना छनौट गरिएको पनि मन्त्रि तमुको दावी छ । ‘हामीले लामो होमवर्क गरेर निर्देशिकाले भनेअनुसार नै पूर्वाधार विकासका लागि योजनाहरु छनौट गरेका छौ’ गोरखा समाचारसंग कुरा गर्दै मन्त्रि तमुले भने ।
    भुकम्पको केन्द्रबिन्दु जिल्ला भएकाले भुकम्पले भत्काएका सार्वजानिक पूर्वाधारहरुको पुननिर्माण संगै पर्यटन विकासमा पनि बजेट विनियोजन गरिएको उनको भनाई छ । निर्वाचन नजिकिदै गरे पनि कार्यकर्ता लक्षित योजना बिनियोजन छनौट नगरिएको दावी गर्दै मन्त्रि तमुले जिल्ला परिषदले पारित गरेका र गाँउमा अधुरा रहेका योजनाहरुलाई पुरा गर्ने उदेश्यले रकम बिनियोजन गरिएको बताएका छन् ।
    प्रत्यक्ष तर्फको सांसदले पाउने ३ करोड रकम बिनियोजन भएता पनि समानुपातिक तर्फका सांसदहरुले पाउने ५०÷५० लाख रकम भने बिनियोजन नभएको कार्यालयका प्रमुख इन्जिनियर पौडेलले बताएका छन् । हाल बिनियोजन भएको ९ करोड बराबरको योजनाको ड्राफ्ट तयार भएको भएपनि कुन योजनामा कति रकम बिनियोजन भयो भनने बारे भने केही दिनमा सार्वजानिक गर्ने तयारी भएको पौडेलको भनाई छ । सो शिर्षकको रकम बिनियोजन गर्ने हिजो अन्तिम दिन भएकाले सबै काम सम्पन्न गर्न कठिन भएको उनको भनाई छ । सबै दलको सहमतीमा सरकारले निर्वाचन अघि सांसदहरु मार्फत उक्त रकम खर्च गर्ने योजना बनाए पछि उक्त कार्यक्रमका प्रचावले निर्वाचनमा पहिलेका अनुहारहरुकै र्बचश्व रहन सक्ने कतिपयको आंकलन छ । हाल व्यवस्थापिका संसदमा रहेका देशभरीका सांसदहरुले निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रमको रकम बाँडफाँड गरिरहेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.