×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

झिटीगुन्टाको बहानामा सुनका बाला तस्करी

  •  
  • सोमबार, असोज १६, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • बाटो वैध, कारोबार अवै
    रविन्द्र घिमिरे

    १६ असोज, काठमाडौं । एकसाथ ठूलो परिमाणमा सुन समातिने घटना नौला लाग्न छाडेका छन् । तस्करीमा संलग्न गिरोहले एउटै उपाय मात्र अवलम्बन गरिरहेको छैन । त्यसको पछिल्लो उदाहरण हो, सुनका बाला तस्करी ।

    विदेशमा काम गरेर फर्किनेका भिटिगुन्टामा काँचै सुनका बाला ल्याइने गरेको हो । खाडी मुलुकमा खरिद गरिएको सुन भन्सार महशुल नतिरी भित्र्याउँदा प्रतितोला तीनदेखि पाँच हजारसम्म नाफा हुने भएकाले गिरोहले स्वदेश फर्किने युवालाई माध्यम बनाएका हुन् ।सुन तस्करीको पछिल्लो स्वरुप हो यो । साउदी अरेबिया, कतारलगायत खाडी मुलुकबाट फर्किने युवालाई भरिया बनाएर भित्र्याइने गरेका छन्, सुनका बाला ।

    सरकारले झिटीगुण्टामा काँचो सुन ल्याउन दिँदा तस्करी बढेको निष्कर्षसहित सरकारले साउन ०७३ देखि गहना मात्रै ल्याउन पाउने नियम लागू गरेको थियो । तर, राज्य संयन्त्र जति स्मार्ट बन्छ, तस्कर एक कदम अगाडि बढिहाल्छन् भन्ने कुराको पुष्टी पछिल्लो समयमा फस्टाएको नयाँ शैलीले गर्छ ।

    यस्ता सुनका बाला वैधानिक तवरबाटै त्रिभुवन विमानस्थल हुँदै भित्रिइरहेका छन् । तर, उक्त शैलीलाई गिरोहले अपनाएको छ, आउने वैधानिक, कारोबार अवैध । वैदेशिक रोजगारीबाट फर्किइरहेका युवालाई आर्थिक प्रलोभनमा पारेर तस्कर समूहले सुनको कारोबार फैलाएको छ ।

    साउदी अरेबियाबाट फर्किएका सर्लाहीका रोशन रायमाझी (नाम परिवर्तन)ले दमामका एक सुन दलालबाट ५० ग्रामको सुनको बाला काठमाडौं ल्याउने जिम्मा पाएका थिए । उनलाई ती दलालले विदेशमा काम गरेर फर्किंदा ५० ग्रामसम्म सुनको गहना लैजान पाउने भनेर भन्सार विभागको ‘झिटीगुन्टा आदेश’ देखाउँदै आश्वस्त पारेका थिए ।

    सुन ल्याएबापत काठमाडौंमा सुन प्राप्त गर्ने व्यक्तिले रायमाझीलाई तीन हजार रुपैयाँ दिए । उनलाई कम्पनीको होस्टेलबाट एयरपोर्टसम्म एजेन्ट आफैंले ट्याक्सीमा ल्याइदिए ।

    त्रिभुवन विमानस्थलमा अवतरण गरेर सीधा गौशाला पुगेर नेपालतर्फका दलाललाई सुन जिम्मा लगाए । ‘समातिने डर लागेको थियो तर एयरपोर्टमा कसैले रोकेन,’ उनले भने । स–सानो लोभमा फस्ने उनीजस्तै युवा अन्तर्राष्ट्रियस्तरमा फैलिएको गिरोहको भरिया बनिरहेका छन् । त्यसरी भित्रिएका बाला सुन पसलमा पुर्याएर पगालिन्छ । अनि, महँगा गहना बनाएर बिक्री गरिन्छ ।

    काँचो सुनको बाला बनाउन खासै खर्च लाग्दैन । त्यस्ता बालामा कलात्मक बुटाहरु पनि भरिएको हुँदैन । सरकारी सीमामै ल्याइने भएकाले विमानस्थल भन्सारले पनि सहजै भित्रिन दिन्छ । ‘यदि पुलिसले दुःख दिएर सुन खोस्यो भने त्यसो गर्ने प्रहरीको नेम प्लेट राम्रोसँग हेर्नु भनेका हुन्छन्,’ त्यसैगरी सुन ल्याएका चितवनका एक युवकले भने ।

    त्यसरी भित्र्याइने बाला काठमाडौंका सुन पसलहरुले किन्ने गरेका छन् । उनीहरुले पनि केही सस्तोमा पाइने भएकाले यस्तो सुनलाई सहज रुपमा स्वीकार्ने गरेका हुन् । तर, यसले देशको अर्थतन्त्रमा भने नकारात्मक प्रभाव पारिरहेको छ । बैंकहरुले भन्सार तिरेर ल्याएको सुन नबिक्ने तर नतिरिएका सुनको बजार बढ्ने अवस्था छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.