×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दशैंमा सबै पैसा नसक्नुस् ! विश्लेषक देख्छन् बजार बढ्ने सम्भावना

  •  
  • बिहिबार, असोज १२, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    १२ असोज, काठमाडौं । नेप्से परिसूचकले ०७३ सालमा हालसम्मकै उच्च विन्दु १८८८ बनायो । त्यसयता बजार कहिले १४ सय विन्दुबाट त कहिले १२ सयसम्म पुगेर पनि फर्किंदै आएको छ । तर पनि, बजारले विरलै सुदिन देख्न पायो । बैंकहरुमा कर्जा लागनीका लागि पूाजी अभाव, बैंक तथा वित्तीय संस्थाको सेयरमा बढ्दो आपूर्तिले बजारलाई यसअघिको उचाइसम्म पुग्न रोक्यो ।यद्यपि, उच्च विन्दु नजिक नपुग्दै फर्किने गरेको छ । यही सिलसिलामा यसपटक बजारले चैत मसान्त प्रभावको समेत महशुस गर्न पाएन । अधिकांश सूचीकृत संस्थाको नाफा उच्चदर नै देखियो, कम्पनीहरुबाट पनि औसतमा २० प्रतिशत लाभांश घोषणाहरु भइरहेका छन् ।

    यद्यपि, चुक्ता पूाजीवृद्धिका लागि बैंकहरुबाट घोषणा भएका लाभांशले बजारलाई धेरै तल जानबाट पनि बचायो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई असोजसम्म तोकेको चुक्ता पूाजी पुर्‍याउनैपर्ने अन्तिम निर्देशन दिएको छ । अधिकांश संस्थाले तोकिएको पूाजी लगभग पुर्‍याइसकेका छन् ।

    यही मेसोमा दशैंअघिको अन्तिम दिन बजार बढेर शुभ संकेत त दिएको छ । बैंकहरुले कर्जाको व्याजदर क्रमिक रुपमा घटाउन थालेका पनि छन् । तर, लगातार घटिरहेको बजारप्रति लगानीकर्ता कतिको आशावादी छन् ? त्यो भने बजारको आगामी दिनको प्रवृत्तीले नै देखाउला । आगामी प्रवृत्ती कस्तो हुन सक्छ भनेर हामीले बजारमा चिनिएका सेयर विश्लेषक र लगानीकर्तासाग कुराकानी गरेका छौं । प्रस्तुत सोही कुराकानीको सार-

    ‘बजार न्युनतम विन्दुतिर’
    अमृतनाथ रेग्मी
    सेयर विश्लेषक तथा लगानीकर्ता

    सेयर बजारले यसअघि कायम गरेको १८८७ को उचाइका आधारमा हेर्दा अहिले बजार न्युनतम विन्दुतिर गइरहेको छ । अब बजार धेरै घट्ने अवस्था छजस्तो मलाई लाग्दैन ।

    तर, न्युनतम विन्दु चिन्न सजिलो छैन । यो लगानीकर्ताअनुसार फरक हुन सक्छ किनभने कसैलाई एउटा विन्दु वा मूल्य कम लाग्छ भने कसैलाई अर्को । यो व्यक्तिको जोखिममा भर पर्ने विषय पनि हो ।

    अहिले कतिपयमा देखिएको चिन्ता भनेको बैंकहरुको पूाजीवृद्धि पछि के हुन्छ भन्ने छ । तर, बुझ्नुपर्ने कुरा भनेको बैंकहरु अझै पनि पूाजीका आधारमा सक्षम देखिइसकेका छैनन् । अहिले पनि ४८ मेगावाटको कुनै जलविद्युत आयोजनामा लगानी गर्नुपर्‍यो भने १० वटा वाणिज्य बैंक सहवित्तीयकरणमा जानुपर्ने अवस्था छ ।

    यो क्षमता एउटै बैंकमा हुनुपर्छ भन्ने सोच राष्ट्र बैंकको पनि छ । त्यसैले राष्ट्र बैंकले तोकेको चुक्तापूाजी पुगेपछि पनि बैंकहरुले बोनस सेयर दिन थाल्नुपर्ने देखिन्छ । बैंकहरुलाई मेरो सुझाव अब नगद र बोनस सेयर दुवै लाभांश दिएर अगाडि बढ भन्ने हो ।

    बैंकिङ क्षेत्रकै कुरा गर्नुपर्दा आठ अर्बको पूाजी हुनेले २० प्रतिशत लाभांश दिन कम्तिमा दुई अर्ब ४० करोडसम्म कमाउनु पर्ने हुन्छ । यस्तो आम्दानी अहिलेकै अवस्थामा ४/५ वटा बैंकले मात्र गर्न सक्ने देखिन्छ ।

    यस्तो क्षमता बढाउन बैंकहरुको ऋणको गुणस्तर पनि उच्च हुनुपर्छ । व्यवसाय विस्तारमा नवीन सोच ल्याउनुपर्ने हुन्छ ।

    अहिले बीमा क्षेत्रमा पनि मानिसको चासो देखिन्छ । तर, यो क्षेत्रमा पनि पर्याप्त सुधारको आवश्यकता देखिन्छ । देशव्यापी व्यवसाय विस्तार गर्न यस क्षेत्रका कम्पनीहरु सक्षम भइसकेका छैनन् ।

    आफूले जोखिम लिने क्षमतामा कम्पनीहरुले विचार पुर्‍याउनुपर्ने देखिएको छ । यो क्षमता एक तिहाइ हुनु राम्रो हुन्छ । छनोट गरेर लगानी गर्न सके यी क्षेत्रका कम्पनीमा थप प्रतिफलको सम्भावना छ ।

    लघुवित्त कम्पनीहरुमा अझै पनि समस्या रहेको देख्छु । यो क्षेत्रबाट जारी हुने कर्जामा दोहोरोपनको समस्या देखिादै आएको छ । कर्मचारी खर्च पनि उच्च देखिने गरेको छ । थोक कर्जा दिने लघुवित्तहरुको खर्च भने कम देखिन्छ ।

    बजारका लागि आधारभूत पक्षको कुरा गर्नुपर्दा नेपालमा पनि सेयर दीर्घकालसम्म ‘होल्ड’ गर्नेलाई प्राथमिकता दिने व्यवस्था आवश्यक छ । अन्य देशमा अवधि तोकेर उक्त समयसम्म सेयर नबेच्नेलाई कर सहुलियत दिने व्यवस्था छ ।

    यस्तै, संस्थाहरुले बोनस सेयर वा नगद लाभांशमा दिादा भाग लगाउने पनि गरेका छन् । एकको लागि नपुग हुने रकम लगानीकर्ताले नै थपेर भाग लगाउनु नपर्ने व्यवस्था आवश्यक भएको छ । यसले गर्दा लगानीकर्ताले अनावश्यक झण्झट बेहोर्नु परिरहेको छ ।

    ‘दशैंपछि राम्रो अवसर’
    अम्बिका पौडेल
    अध्यक्ष, नेपाल स्टक इन्भेस्टर्स फोरम

    दशैंपछि पनि सेयर बजारमा राम्रै अवसर रहेको देख्छु । अहिले बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जाको व्याजदर घटाइरहेका छन् । लगानीकर्ताहरुले सहज रुपमा कर्जा पाउन थालेका छन् । बैंकहरुले मुद्दति निक्षेपको व्याजदरसमेत घटाइरहेका छन् । मुद्दति निक्षेपको तुलनामा अहिले बजारबाटै राम्रो कमाइ हुने अवस्था छ ।

    बजारमा आगामी दिनमा अहिलेजस्तो आपूर्तिको चाप बढ्ने सम्भावना कम छ । बैंक तथा वित्तीय संस्थाहरुमा धेरैको पूाजी पुगेको छ । त्यसो हुादा अहिलेकै अनुपातमा हकप्रद र बोनस सेयर आउने सम्भावना छैन । यी क्षेत्रबाट नयाा सेयर कम जारी हुादा आपूर्ति लगभग स्थिरजस्तै हुने देखिन्छ ।

    बजारमा अहिले पनि सेयरको आपूर्ति नै मूल्य निर्धारणको मुख्य आधार बनिरहेको छ । जुन कम्पनीको सेयर कम संख्यामा छ, त्यसको मूल्य उच्च रहने गरेको छ । उस्तै, लाभांश दिने कम्पनीहरु भए पनि आपूर्तिकै कारण मूल्य फरक पर्ने गरेको देखिएको छ ।

    बजारमा लगानीकर्ताहरुको संख्यामा वृद्धि भइरहेको छ । भोलिका दिनमा नयाा बैंकहरु खुलिहाल्ने अवस्था पनि छैन । यसले गर्दा बैंक तथा वित्तीय संस्थाको सेयरको माग बढ्दै जाने देखिन्छ ।

    सेयर बजारमा अहिले पनि बैंक तथा वित्तीय संस्थाको हिस्सा ७० प्रतिशत छ । बैंकहरुको सेयर मूल्यमा पर्ने प्रभावले पनि बजारको दिशा निर्धारण हुने गरेको छ । यस आधारमा हेर्दा बैंकको सेयरको मागमा पर्ने चापले बजार सकारात्मक बाटोमा अगाडि बढ्ने सम्भावना छ ।

    तर, लघुवित्त र बीमा कम्पनीहरुको सेयरको आपूर्ति केही समयपछि बढ्न सक्छ । बीमा कम्पनीहरुको चुक्तापूाजी वृद्धि हुने भएको छ । यसले गर्दा यो क्षेत्रमा पहिलेजस्तो आपूर्ति कम हुने छैन भने निश्चित वर्गको पकडमा सेयर सीमित हुने छैन ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज १२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.