×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

  •  
  • आइतबार, असोज ०८, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ठाकुरप्रसाद आचार्य

    बेनी (म्याग्दी), असोज ८ गते । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यसपटक स्याउको उत्पादनमा वृद्धि भएको छ । दसैँ नजिकिँदै जाँदा यतिखेर मुस्ताङीलाई स्याउ टिप्न भ्याई नभ्याई भएको छ । स्याउका बगैँचामा स्याउ टिप्नेहरूको भीड लागेको छ ।
    सडक सुविधासँग उत्पादित स्याउ बजारमा पु¥याउन सहज भएपछि मुस्ताङमा स्याउ खेती विस्तारले तीव्रता पाएको हो । बेनी–जोमसोम सडक निर्माण भएपछि बजार पाउन थालेपछि स्याउको खेती विस्तार र उत्पादन बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
    गत वर्ष चार हजार पाँच सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकूल मौमस र उत्पादन दिने नयाँ बिरुवा थपिएकाले गत वर्षको तुलनामा दस प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताले जानकारी दिनुभयो ।
    जिल्लाभर एक हजार ११५ हेक्टरमा गरिएको स्याउ खेतीमध्ये ३७० हेक्टरमा लगाइएको बोटले फल दिन्छ, योजना अधिकृत गुप्ताले भन्नुभयो । अनुकूल मौसम, रोग कीराको समस्या कम भएको र नयाँ बोट थपिएकाले उत्पादन बढेको हो ।
    कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबोनी, छुसाङमा रेड, गोल्डेन, रिचारेड, फुजी र रोयल डेलीसियस जातको स्याउ खेती हुन्छ । स्याउ बेचेर एक जनाले वार्षिक एक लाख रुपियाँ देखि ७०÷८० लाख रुपियाँसम्म कमाइ गर्छन् । स्याउ खेती हिमाली जिल्ला मुस्ताङका बासिन्दाको प्रमुख आयस्रोत बनेको छ ।
    म्याग्दी, बागलुङ, पर्वत, पोखरा, चितवन, काठमाडौँ, चितवन, धादिङ, तनहुँ, स्याङ्जामा मुस्ताङको स्याउ निकासी हुने गरेको छ । गत वर्ष २३ करोड रुपियाँँ मूल्य बराबरको तीन हजार २०० मेट्रिक टन स्याउ मुस्ताङबाट निकासी भएको कृषि विकास कार्यालयले जनाएको छ ।
    सडक र स्याउले मुस्ताङका कृषकको जीवनमा नसोचेको परिवर्तन ल्याएको कोवाङका रत्नप्रसाद शेरचनले बताउनुभयो । मुस्ताङका खाली पाखो र बगरमा स्याउ खेती विस्तारको लहर नै चलेको छ ।
    अधिकांश स्याउ बगैँचा फल टिप्नुअघि नै बिक्री भइसकेको छ । बगैँचामा लटरम्म स्याउ फलेकोमा उत्साहित बनेका मुस्ताङका कृषक बगैँचाबाटै बिक्री हुन थालेकोमा अझ दङ्ग छन् । व्यापारीले अग्रीम पैसा दिएर स्याउ बगैँचा ठेक्कामा लिएका हुन् । नटिप्दै बगैँचा नै खरिद गर्न थालेपछि स्याउले उचित मूल्य र बजार नपाउने समस्या हटेको थासाङ गाउँपालिका–२ कोवाङका वसन्त शेरचनले बताउनुभयो ।
    उहाँले ४५ बोट स्याउलाई चार लाख २५ हजार रुपियाँ बिक्री गर्नुभएको छ । उत्पादनमा सुधार आएको छ । व्यापारीको घुइँचो लागेको छ, तुलाचनले भन्नुभयो । स्याउको राम्रो मूल्य पाएका छौँ । भदौको अन्तिम सातादेखि स्याउ टिप्दा उपयुक्त हुने भए पनि कतिपय व्यापारीले पाक्नुअघि नै स्याउ बजार पु¥याउन थालेका छन् ।
    दशकअघिसम्म डोको र खच्चर लिएर आउने व्यापारीलाई फकाई फुलाई स्याउ बेच्नुपर्ने बाध्यता थियो । पहिले बजारमा पु¥याउन नसकिँदा स्याउ बारीमै कुहिएर खेर जान्थ्यो । सस्तोमा बिक्री गर्नुपर्दथ्यो ।
    थासाङ गाउँपालिका–१ टुकुचेका निरज तुलाचनको बगैँचामा फलेको स्याउ नटिप्दै बिक्री भएको छ । भदौ पहिलो हप्ता ४१० बोटमा फलेका स्याउलाई व्यापारीले ३० लाख रुपियाँमा ठेक्का लिएका कृषक तुलाचनले बताउनुभयो, भनेजति मूल्य पाएपछि स्याउ पाक्नु र फल टिप्नुअघि नै पेस्की लिएर बगैँचा नै ठेक्कामा दिएको हो, तुलाचनले भन्नुभयो । स्याउ किन्न व्यापारीको प्रतिस्पर्धा छ ।
    थासाङ गाउँपालिका–२ कोवाङका नरेन्द्र शेरचनले ४० बोटलाई चार लाखमा ठेक्का दिई सक्नुभएको छ । गाउँकै आफन्तलाई बगैँचा हेरालु राखेर काठमाडौँमा एक दशकसम्म व्यापार गरेका कोवाङका नरेन्द्र शेरचन गाउँ फर्किएर स्याउ खेतीमा लागेका छन् । बेनी–जोमसोम सडक सञ्चालन भएपछि स्याउले बजार पाउन थालेकाले काठमाडौँको व्यापार छाडेर स्याउ स्याहार्न मुस्ताङ फर्किएको शेरचनले बताउनुभयो ।
    अरूलाई दिँदा २५ हजार मात्र आम्दानी हुन्थ्यो, शेरचनले भन्नुभयो । आफैले बगैँचा स्याहार गर्न थालेपछि यसपालि उत्पादन पनि बढ्यो, चार लाखमा बगैँचा ठेक्कामा लगाएको छु । भदौको अन्तिम सातादेखि स्याउ टिप्न सुरु हुने जनाइएको छ ।
    वि.स. २०६४ मा बेनी–जोमसोम सडकको ट्रयाक खुलेपछि किसानमा उत्साह र जाँगर पलाउनुका साथै स्याउ खेतीमा उभार आएको छ । रासायनिक मल र विषादीको प्रयोग नगरिएको, स्वच्छ वातावरणमा उत्पादित मुस्ताङको स्याउ स्वादिलो र रसिलो हुनाले बजारमा प्रसिद्ध छ ।
    बढ्दो तापक्रम र रोग कीराको समस्या स्याउ खेतीमा चुनौतीका रूपमा देखिएको मार्फा शितोष्ण बागवानी विकास फार्मका प्रमुख बालकृष्ण अधिकारीले भन्नुभयो । पहिले स्याउ खेती हुने लेते र कुञ्जोमा अहिले स्याउका बिरुवा नै छैन, अधिकारीले भन्नुभयो । तापक्रम वृद्धिसँग स्याउखेती विस्तारै माथि चढ्दै गएको छ । मुस्ताङको स्याउको गुणस्तर र उत्पादन वृद्धिका लागि कृषकहरूले खेती विस्तारसँग बगैँचा र रोग कीराको व्यवस्थापनमा प्राथमिकता दिनुपर्ने अधिकारीले बताउनुभयो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ०८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.