×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मनाङमा फस्टाउँदै फापर खेती

  •  
  • बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नवीनराज कुइँकेल

    मनाङ, असोज ५ गते । हिमाली जिल्ला मनाङमा फापर खेती फस्टाउँदै गएको छ । धान, मकै र कोदो नफल्ने यहाँ फापर खेती राम्रो हुन थालेपछि किसान हौसिएका छन् । फापरले उनीहरूलाई आत्मनिर्भर पनि
    बनाएको छ ।
    यहाँका सबै गाउँपालिकाका किसानले फापर खेती गरेका कृषि कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा २२० हेक्टरमा फापर लगाएकोमा ५३६ मेट्रिकटन उत्पादन भएको थियो । कृषिका प्राविधिक सहायक महेश पाख्रिनका अनुसार फापरको खेतीको क्षेत्रफल र उत्पादन बढ्दो छ ।
    आर्थिक वर्ष ०६९÷७० मा २८५ हेक्टर क्षेत्रफलमा फापर खेती गरिएकोमा ४९८ मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष ०७०÷७१ मा २८५ हेक्टरमै खेती गरिएकोमा ५१३ मेट्रिक टन उत्पादन भएको थियो । यसरी क्रमशः फापरको उत्पादन बढ्दै गएको पाख्रिनको भनाइ छ । स्थानीयले एक वर्ष गहुँ रोप्ने र अर्को वर्ष फापर रोप्ने गरेका छन् ।
    तल्लो मनाङभन्दा निस्याङ भ्यालीले चिनिएको माथिल्लो मनाङमा यसको खेती बढी हुने गरेको छ । स्थानीयले यसलाई पर्यटनसँग जोड्दै खेती गरिरहेको हुम्डेका किसान राजु गुरुङले बताउनुभयो । हामीले खेती गर्दै आएको फापर यहाँको रैथाने हो, अर्गानिक हो, उहाँले भन्नुभयो, यहाँ आउने पर्यटकलाई खुवाउँछौँ । उनीहरू विशेष रूपले मन पराउँछन् । फापरको पीठोबाट तयार पारिएको ढिँडो र रोटी पोषिलो हुने स्थानीय बताउँछन् ।
    कृषि कार्यालयका अनुसार होटल व्यवसायमा आबद्ध स्थानीयले प्रायः फापरको खेती गरेका छन् । अन्नपूर्ण पदमार्ग भएकाले यहाँका धेरै जनाले होटल सञ्चालन गर्दै आएका छन् ।
    यसबेला माथिल्लो मनाङमा फापर फुलिसकेको छ । पर्यटकले फापरको परिकार मात्रै नभएर फापर खेतीलाई पनि मन पराउने गरेका छन् । पदमार्गमा आउनेले फापर खेती हेर्न लोभिने गरेको स्थानीय बताउँछन् । कृषि कार्यालयका अनुसार स्थानीयले परम्परागत रूपमा गर्दै आएको फापर खेतीको अध्ययन अनुसन्धान हुन आवश्यक छ । यहाँको फापर पुरानो रैथाने जातको हो । तराईमा तीते फापर र हिमालमा मिठे फापरको खेती हुने गर्छ ।
    मनाङमा फापर खेतीले पर्यटक भित्र्याउन सहज बनाएको छ । यहाँको लोभलाग्दो फापर खेती हेर्न आन्तरिक र बाह्य पयर्टकहरू आउने गरेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.