×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मल्चिङ प्रविधिबाट व्यावसायिक खेती

  •  
  • बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    मनोज भट्टराई
    ओखलढुङ्गा, असोज ५ गते । ओखलढुङ्गाका एकजना अगुवा किसानले अकबरे खेतीमा मल्चिङ प्रविधि प्रयोग गर्नुभएको छ । यो प्रविधि प्रयोग गरेसँगै अकबरे खुर्सानीको उत्पादन बढाएको ज्यामिरेका ती अगुवा किसान ३० वर्षीय तेजनारायण श्रेष्ठले जानकारी दिनुभयो । एक लाख ६० हजार रुपियाँसम्मको अकबरे खुर्सानी बेचिरहेका छु, श्रेष्ठले भन्नुभयो ।
    ओखलढुङ्गाको सदरमुकाममा हप्तामा शनिबार र बुधबार लाग्ने बजारमा प्रतिकेजी दुई सय रुपियाँले हप्तामा ४० हजार रुपियाँको बिक्री हुने गरेको उहाँले बताउनुभयो । हप्तामा दुई सय किलोसम्म बेच्ने गरेको छु, श्रेष्ठले भन्नुभयो ।
    मल्चिङ प्रविधिबाट व्यावसायिक अकबरे खेती सुरु गर्ने जिल्लाकै पहिलो कृषक आफू भएको उहाँले दाबी गर्नुभयो । उहाँले खुर्सानी मात्र नभएर यो प्रविधिबाट रायोको साग, बोडी, आलु, टमाटर, भेंडेखुर्सानी, तितेकरेलामा समेत अभ्यास गरिसक्नुभएको छ ।
    माटोको ड्याङ बनाई मल्चिङ प्लास्टिकभित्र बेर्ना रोपेर गरिने यो खेती विकसित मुलुकमा सफल खेती प्रणाली मानिन्छ । खुला प्रविधिभन्दा यसले उत्पादन तेब्बर दिने र कम परिश्रम गर्नुपर्ने भएकाले सजिलो भएको उहाँले बताउनुभयो ।
    प्लास्टिकको कारणले बिरुवाको फेदमा धेरै झार नउम्रिने, गोड्मेल गर्नु नपर्ने भएकाले यो प्रविधि सजिलो भएको उहाँको अनुभव छ । उहाँले जम्मा ११ रोपनीमा एक हजार तीन सय बोट स्थानीय अकबरेको बेर्ना रोप्नुभएको थियो । त्यसमध्ये नौ रोपनी जतिमा भएका एक हजार दुई सय बोटले उत्पादन दिइरहेको छ ।
    आफ्नो श्रमबाहेक दुई लाख रुपियाँ लगानी गरेर सुरु गरेको यस खेतीबाट उत्पादन सुरु भएको तीन महिनामै लगानी उठेको श्रेष्ठले बताउनुभयो । रोजगारीका लागि दुईपटक कतार र एकपटक मलेसिया गरी सात वर्ष विदेशमा बिताउनुभएका श्रेष्ठले घर फर्केर यो खेती सुरु गर्नुभएको हो । उहाँलाई हाल बुबा, आमा, भाइ र श्रीमतीले समेत सहयोग गरेका छन् ।
    हिउँदमा पिउने पानीसमेत अभाव हुने ज्यामिरेमा आफूले गाडीबाट ड्रममा पानी बोकेर समेत सिँचाइ गर्ने गरेको उहाँको भनाइ छ । सिँचाइको पर्याप्त सुविधा नभएका कारण वर्षामा आकाशे पानी सङ्कलन गर्न दुईवटा प्लास्टिक ट्याङ्की समेत राखेको उहाँले बताउनुभयो ।
    तेजनारायणका बुबा हेमनारायण र आमा इन्द्रकुमारी पहिले यही जग्गा जमिनमा कोदो मकै लगाउने गर्दा खानलाई समेत धौ–धौ हुने गरेकोे, नगदका लागि बुबाले काठको काम गर्न हिँड्नु परेको इतिहास ताजै भएको श्रेष्ठ बताउनुभयो तर अहिले त्यो समस्या समाधान भएको छ । परम्परागत खेतीसँग त अहिलेको आम्दानी तुलनै गर्न सकिन्न, अब आफू विदेश नजाने निधो गरेको र अरू जान खोज्नेलाई पनि नजान अनुरोध सल्लाह दिन्छु, श्रेष्ठले भन्नुभयो ।
    उहाँलाई कसैले यो प्रविधि सिकाएको होइन । इन्टरनेटको माध्यमबाट कोरिया, जापानमा मल्चिङ खेती हेरेर सुरु गर्नुभएको हो । सुरुमा गाउँले मात्र नभएर बुबाआमाले समेत उहाँलाई गाली गरेका तर, उत्पादन दिन थालेपछि भने सबैले विश्वास गरे । एउटा खुर्सानीको बोटले दुई वर्षसम्म उत्पादन दिने भएकाले अन्य खेती यही प्रविधिबाट लगाउने तयारी उहाँकोे छ । उहाँले आफ्नो कान्छो भाइलाई कृषि जेटीए पढाइरहनुभएको छ । कसैको सहयोगबिना व्यक्तिगत पहलमा खेती सुरु गर्नुभएका उहाँलाई अहिले भने विभिन्न सङ्घसंस्था र जिल्ला कृषिले समेत प्रोत्साहन दिने गरेको छ । अहिले मल्चिङ प्रविधि बुझ्नका र कसरी गर्ने भनेर सिक्नका लागि किसानहरू आउने गरेका छन् ।
    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.