×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

तयारी पोशाकमा गुणस्तर मापदण्ड तोकिने

  •  
  • बुधबार, असोज ०४, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    विश्वास रेग्मी

    काठमाडौँ, असोज ४ गते । विदेशी बजारमा नेपाली तयारी पोशाकलाई थप प्रतिस्पर्धी बनाउने उद्देश्यसहित यसमा पनि नेपाल गुणस्तर मापदण्ड तोकिने भएको छ । मापदण्डको अभावमा निर्यातको सम्भावनाअनुसार बजार विस्तार हुन नसकेको ठहर गर्दै उद्योग मन्त्रालयले चालू आर्थिक वर्षको योजनामै गुणस्तर र प्रमाणीकरणलाई समेटेको छ । यसका लागि नेपाल नापतौल गुणस्तर विभागले विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्ने प्रक्रिया अघि बढाइसकेको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार यसै आर्थिक वर्षमा तयारी पोशाकसहित कार्पेट र छालाका वस्तुको मापदण्ड तोक्ने योजना अनुसार काम अघि बढाइएको छ । यस्ता वस्तुको गुणस्तर मापदण्ड तोक्नका लागि कानुननै परिष्कृत गर्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो, चालू आवको अन्त्यसम्ममा यसलाई कार्यान्वयनमा ल्याउने योजना छ ।
    नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मध्यको तयारी पोशाक, कार्पेट जस्ता वस्तुको सम्बन्धित बजारमा माग बढाउन पनि गुणस्तर मापदण्ड सहयोगी हुने अपेक्षा गरिएको छ । यस किसिमको मापदण्डले निर्यात प्रक्रियामा पनि सहज हुने र विदेशमा पनि यी उत्पादनको विश्वास बढ्ने महानिर्देशक पुडासैनीको भनाइ छ । अहिले यी वस्तुमा गुणस्तर मापदण्डको व्यवस्था छैन, उहाँले भन्नुभयो, यो व्यवस्था लागू भएपछि निर्यात थप बढ्ने अपेक्षा छ । विभागले चालू आवमा विशेषतः यी वस्तुलाई नै प्राथमिकतामा राखेर गुणस्तर जाँचका लागि त्यसै किसिमको प्रयोगशालाको पनि व्यवस्थापन गर्ने योजना बनाएको छ ।
    अमेरिकी सरकारले नेपालका विभिन्न पाँच दर्जनभन्दा बढी तयारी वस्तुमा ‘ड्युटी फ्रि’ सुविधाको घोषणा गरेपछि उद्योग मन्त्रालयले यसको निर्यात बढाउन छुट्टै विशेष आर्थिक क्षेत्र सञ्चालन तथा गुणस्तर मापदण्ड तोक्नेसम्मका योजना सार्वजनिक गरेको हो । मन्त्रालयले तयारी पोशाक उत्पादन गर्ने उद्योगलाई लक्षित गर्दै सिमरा आसपासमा विशेष आर्थिक क्षेत्र सञ्चालनको घोषणा पनि गरिसकेको छ । त्यस्तै यी वस्तुमा लगानी वृद्धिका लागि थप सुविधासमेत उपलब्ध गराउने घोषणा मन्त्रालयले गरेको छ । पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालबाट चार अर्ब २५ करोड रुपियाँ बराबरको तयारी पोशाक निर्यात भएको छ । त्यस्तै २६ करोड रुपियाँको छालाका वस्तु यसबीचमा निर्यात भएको तथ्याङ्क छ ।
    सात अर्ब ३६ करोड रुपियाँ बराबरको कार्पेट पनि नेपालबाट गत आवमा निर्यात भएको छ । गुणस्तर मापदण्ड तोकेपछि यी सबै वस्तुको निर्यात बढ्ने अपेक्षा विभागको छ । खरिदकर्ता देशले पनि गुणस्तर मापदण्ड पूरा गरेको वस्तुलाई सहज बजार प्रवेशको सुविधा दिन सक्ने पुडासैनीको भनाइ छ । विभागले अहिलेसम्म ६० वटा वस्तुमा गुणस्तर मापदण्ड तोकेर चिन्हसमेत प्रदान गर्दैआएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.