×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रोकिएको रकम निकासाका लागि बार्ता टोली राजधानी जाँदै

  •  
  • शनिबार, भदौ ३१, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • लापरवाहीका कारण जिससबाट ६ करोड बढी भूक्त्तानी हुन सकेन

    कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र ३१ गते । आर्थिक बर्ष समाप्त हुन अगावै सम्पन्न ४८ विभिन्न योजनाहरुको ६ करोड भन्दा बढी रकम जिल्ला समन्वय समितिको लापरवाहीका कारण भूक्त्तानी रोकिए पछि आन्दोलित उपभोत्ता समिती सहमती लगत्तै रकम निकासाका लागि अर्थ मन्त्रालय जाने भएका छन । ‘शुक्रबार विभिन्न समितिको तर्फबाट ज्ञापन पत्र बुझाउने काम भएको र असोज १ गते देखी अनिश्चितकालीन तालाबन्दी गर्ने कार्यक्रम पछि साँझ भएको बार्ता पछि ५ सदस्यीय टोली राजधानी जाने सहमती भएको’ जिल्ला समन्वय समितिका स्थानिय बिकास अधिकारी नारायण आचार्यले बताए ।
    शुक्रबार साँझ जिल्ला समन्वय समितिमा भएको बार्ता पछि जिल्ला प्राविधिक कार्यालयका सिनियर डिभिजन ईन्जिनियर होम नाथ पौडेलको संयोजकमा ५ सदस्यीय टोली आईतबार अर्थमन्त्रालय जाने र रकम निकासाका लागि छलफल गर्ने सहमती भएको थियो । छलफल अघी विभिन्न उपभोत्ता समितिका पदाधीकारीहरुले स्थानिय विकास अधिकारी आचार्यलाई एक ज्ञापन पत्र बुझाउदै सम्पन्न योजनाहरुको रकम भूक्त्तानी नहुदाँ सम्म असोज १ गते देखी जिल्ला समन्वय समितिमा अनिश्चित कालिन तालाबन्दी गर्ने भन्दै पत्र बुझाएका थिए ।
    ‘पैसा आउछ तर ढिलो चाढो भन्ने मात्र थियो । सरकार चुनावको तयारीमा भएको र सरकारी खातामा पर्याप्त मौदात नभएका कारण पनि अलि पछि दिदाँ ठिक होला भन्ने मात्र थियो । पैसो दिने निकाय त्यही हो । त्यहाँबाट हामीलाई प्राप्त नहुदाँ सम्म हामी भूक्त्तानी दिन सक्दैनौ त्यसैले बार्ता पछि एक टोली अर्थ मन्त्रालय जाने र आईतबार देखी हुने तालाबन्दी रोक्यौ’ भन्छन स्थानिय बिकास अधिकारी आचार्य ।
    अर्थ मन्त्रालयमा आईतबार हुने छलफलमा जिल्लाका साँसद तथा राज्य मन्त्रिहरुले समेत सहभागीता रहने छ । ‘हामीले कामको अनुगमन गरी सक्यौ । काम सम्पन्न भै सकेको छ । जिल्ला र उपभोत्ता समितिको समस्याको बिषयमा मन्त्रालय जानकार नहुदाँ ढिला भएको हो’ भन्छन स्थानिय बिकास अधिकारी आचार्य ।
    गुम्बा, छात्राबास भवन, सिंचाई आयोजना, खानेपानी तथा सडक जस्ता योजनाहरु सम्पन्न हुदाँ पनि भूक्त्तानीमा लापरवाही गरे पछि ४८ विभिन्न योजनाको ६ करोड १८ लाख ८ हजार २ सय १९ रुपैयाँ एक्काईस पैसा भूक्त्तानी दिन बाँकी छ ।

    कुन कुन योजनाले पाएनन्त पैसाँ ?

    १)पाल्टेन गुम्बा तमु गुम्बा निर्माण
    २) भवानी मावि मान्बु छात्राबास निर्माण
    ३) सम्बा छोईलिङ्ग गुम्बा भवन
    ४) रहलेटार–बिलेटार सिंचाई योजना
    ५) सातबिसे सिंचाई योजना
    ६) छापगाउँ महिला सामुदायिक भवन
    ७) हुण्डीखोला तेस्रो लघु जलविद्युत योजना
    ८) जिवन ज्योति मावि भवन निर्माण
    ९) ब्लू स्टार क्लब भवन
    १०) कालामाटा–धारापानी–हात्तिगौडा सडक
    ११) मसेल–पाण्डेगाउँ खानेपानी आयोजना
    १२) छापथोक लिफ्ट् खानेपानी आयोजना
    १३) चोक आमा समूह
    १४) रजगरे मावि गाईखुर भवन मर्मत
    १५) राधा बल्लवेश्वर महादेव मन्दिर
    १६) मदर्शा ईक्रमे मुस्लिम भौतिक पुर्वाधार
    १७) कर्मासिं फाँट सिंचाई योजना
    १८) समिफेद–डुम्रेडाडाँ–आँपपिपल हस्पिटल सडक
    १९) झाक्रीटार–शान्तिबजार–चिप्लेटी सडक
    २०) कोयापानी–ताराखसे–मझिमथोक सडक
    २१) फेदी हटियाँ–गोर्वुङ्ग–सलाङ्गगिरी सडक
    २२) शहिद बाशु बहु उद्वेश्य भवन तथा पार्क निर्माण
    २३) झल्याला फाँट–बलङ्ग–साउने थानी सडक
    २४) हस्पिटलचोक–वल्डक्यापिटल–बाशु स्मृती पार्क सडक
    २५) लामाचौर–रिठेपानी–पाण्डेगाउँ सडक
    २६) कट्टेलचोक–कट्टेलडाडाँ सडक
    २७) दलित कृषक सेवा समाज समूह
    २८) बेनिगाउँ–सल्लेरी–घ्यालचोक सडक
    २९) बालुवा–मिलिम–घयाचोक सडक
    ३०) वरचुली–नामजुङ्ग–राम भञ्ज्याङ्ग सडक
    ३१) बरचुली स्थान–नामजुङ्ग–राम भञ्ज्याङ्ग सडक
    ३२) डाडाँगाउँ–आँपस्वारा–ताकुमाझ लाकुरीबोट स्वास्थ्य चौकी सडक
    ३३) नयाँबजार–थालाजुङ्ग–सिरचौर सडक
    ३४) हर्मी–अमराई–मार्किचोक–अमराई–छोप्राक सडक
    ३५) सातदोबाटो–बाघडाडाँ–पन्थिनी–गाईखुर सडक
    ३६) चापा भञ्ज्याङ्ग लक्ष्मिनारायण मन्दिर
    ३७) श्रीनाथकोट खेल मैदान
    ३८) टाईगर यूथ क्लब खेलमैदान निर्माण
    ३९) अर्याल गाउँ खानेपानी योजना
    ४०) बि.पी.गणेशमान स्मृती प्रतिष्ठान
    ४१) बुढी पधेरा खानेपानी योजना
    ४२) कमरे खानेपानी योजना
    ४३) बातावरण मैत्रि स्थानिय शासन कार्यक्रम
    ४४) याङ्गकोट बाल उद्यान निर्माण
    ४५) गुम्दाँ–पैटु–लापु सडक
    ४६) प्रथम सहिद लखन थापा
    ४७) मास एण्ड स्वईन प्रा.लि.ललितपुर
    ४८) इलाईट सिभिल डिजाईन कन्सल्टेन्सी ललितपुर

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ ३१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.