गोरखा समाचारदाता
भाद्र २५ गते । जिल्लाको यातायात क्षेत्रलाई व्यवस्थित बनाउन पहल सुरु भएको छ । जिल्ला प्रसाशन कार्यालयमा बसेको सरोकारवालाहरु बैठकले ग्रामीण कच्ची सडक सञ्चालन गर्ने नियमीत रुट ब्यबस्थापन, सामाग्री ढुवानीको अबस्था, यात्रुको चाप लगायतको आधारमा जिल्लाको यातायात क्षेत्रलाई व्यवस्थित बनाउने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माको अध्यक्षतामा भएको बैठकले ११ किलो भालुस्वाँरा सडकको भाडा समायोजन गरेको छ । ‘त्यहाँ बाटो पिच भएको रहेछ, जिल्ला २०६२ साल देखि भाडा समायोजन पनि भएको रहेनछ ’ सहायक प्रजिअ शर्माले भने । सोही अनुरुप उक्त खण्डमा भाडादरमा पाँच रुपैयाँ घटाइने भएको छ ।
कच्ची सडक भएको अबस्थामा कायम भएको भाडादर सडक पिच हुँदा पनि लिएको भन्ने गुनासो बढेपछी पिच भएको सडकको भाडादर घटाउने तयारी गरिएको हो । बैठकले दशै अगाडी ग्रामिण कच्ची सडक सुचारु गर्न पहल गर्ने गरेको छ । यातायात क्षेत्रको बारेमा अध्ययन गरी आवश्यक निर्देशन दिन सहायक प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा समिति बनेको लामो समय बिते पनि त्यसले कुनै ठोस निर्णय गर्न सकेको थिएन ।
यातायात क्षेत्र व्यवस्थित बनाउन पहल सुरु
यातायात क्षेत्र व्यवस्थित बनाउन पहल सुरु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


