गोरखा समाचारदाता
भाद्र २५ गते । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले आफ्नो सय दिनको प्रगति विवरण सार्वजानिक गरेका छन् । नगरपालिकाको सेवालाई चुस्तदुरुस्त पार्ने काम पहिलो प्राथमिकतमा राखिएको छ ।
घरजग्गाको नक्सापासमा सरलता, वडा कार्यलय तथा नगरपालिकको कार्यालय व्यवस्थापनलाई ध्यान दिदै जनतालाई बढीभन्दा बढि सेवा दिन सक्ने वातावरण बनाईएको नगरप्रमुख पन्तले दाबी गरे । ‘हाम्रो पहिलो ध्यान नगरपालिकाको कार्यालय भित्रको काम कसरी सरल बनाउन सकिन्छ भन्ने तिर छ’ पन्तले भने ।
नगरपालिकालाई पर्यटकीय हवको रुपमा बिकास गर्ने गरी पर्यटक लक्षित बजेट बिनियोजन गरिएको नगर प्रमुख पन्तले पत्रकार भेटघाटमा जानकारी गराएका हुन् ।‘हामीले पर्यटन केन्द्रित कार्यक्रमलाई बढि जोड दिएका छौं, अन्य थुप्रै कार्यक्रम पनि भएका छन्’


