कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र २० गते । प्रहरी अतिरिक्त्त महानिरिक्षक कमल सिं बमले आफै सचेत भएको खण्डमा बिचौलीयाँबाट जोगिन सकिने बताए ।
जिल्ला प्रहरी कायालय गोरखाबाट सर्व साधारण सेवाग्राहीहरुलाई कस्तो सेवा प्रदान भै रहेको छ भनेर काम कारवाहीका बिषयमा बुझन आएका नेपाल प्रहरी ४ नम्बर प्रदेशका प्रमुख बमले ‘सर्व साधारण आफै सचते भएको खण्डमा बिचौलीयाँबाट सजिलै जोगिन सक्ने’ बताए ।
कार्यालयको काम कारवाहीको बिषयमा अध्ययन गरी पत्रकार, जेष्ठ नागरिक, वकिल, ब्यापारी, यातायात ब्यवसायी, गोरखा नगरपालिकाका उप प्रमुख र सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु संग छलफल गर्दै ‘नेपाल प्रहरीमा बिचौलीको बिगविगी धेरै पहिले देखी भएता पनि केही बर्ष देखी त्यस्ता गतिविधी घटन थालेको’ भन्दै ‘सेवा लिने जो कोही पनि सचेत भएको खण्डमा बिचौलीयाँ केही नलाग्ने’ महानिरिक्षक बमले बताए ।
छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै प्रहरी अतिरिक्त्त महानिरिक्षक बमले सबै संग सहकार्य गरेर मात्र नेपाल प्रहरी अगाडी बढन सक्ने भन्दै सुझावलाई सकारात्क हिसाबले समाधानको बाटोमा लाने बताए । बमले अहिले भने आवश्यक प्रहरी बल राज्य संग नै नभएकोले केही समस्या आएको बताए ।
विभिन्न जिल्लाको काम कारवाहीको अनुगमन गर्ने क्रममा गोरखा जिल्ला आई पुगेका उनलाई छलफलमा सहभागीहरुले शान्ति सुरक्षा गर्ने पहिलो दायित्व नेपाल प्रहरीको भएकोले गोरखा जिल्लाको हकमा ट्राफिक ब्यवस्थानलाई बिशेष ध्यान दिनुपर्ने, प्रहरी र बिचौलीयाँ बिचको दुरी कम गराउनु पर्ने तथा जेष्ठ नगरिक र महिला तथा बालबालिकाको क्षेत्रलाई बिशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
छलफल कार्यक्रममा सामुदायिक सेवा केन्द्रको तर्फबाट केन्द्रका उपाध्यक्ष सुशिलबावु श्रेष्ठले गोरखा बजारलाई निकट भविष्यमा नै सिसिटिभी सञ्जालमा जोडने तथा लागुऔषध तथा ट्राफिक ब्यवस्थापन र अन्य सचेतनाको कार्यक्रमहरु सञ्चालन गर्दै लगेको जानकारी दिएको थियो ।


