×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

 गोरखा सुन्तला जोनमा प्रबेश

  •  
  • शनिबार, भदौ १७, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • १ करोड ९८ लाख बिनियोजित

    कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र १६ गते । गोरखा जिल्लाको सुन्तला खेतीलाई स्तरोउन्नती गर्दै सुन्तला जोनमा समावेश गरीएको छ । प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना मार्फत गोरखा जिल्लाको सुत्तला खेतीलाई स्तर बृद्वि गर्ने उद्वेश्यका साथ सुन्तला पकेट क्षेत्र बाट स्तर बृद्वि गरी जोनमा लगिएको हो । ‘ठुला अनुदान सहित यूवा पुस्तालाई विदेशीन बाट रोक्ने उद्वेश्यका साथ परियोजनाले गोरखा जिल्लालाई सुन्तला जोनमा राखेको’ प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना अनुगमन तथा मुल्यांकन अधिकृत किशोर पन्तले बताए ।
    सुन्तला जोनमा गोरखा जिल्लालाई समावेश गरे संगै स्थलगत अध्ययन लागि गोरखा आएका अनुगमन टोलीले जिल्ला कृषि बिकास कार्यालय गोरखामा एक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । सुन्तला जातका खेती गर्ने सबै किसानले सुन्तला जोनमा जान आवश्यक भएको भन्दै सहमती दिएको थियो ।


    सहमति पछि गोरखा जिल्लाको गोरखा नगरपालिका, गण्डकी, भिमसेन र शहिद लखन गाउँ पालिकाका सबै वडाका साथै पालुङ्गटार नगरपालिकाको वडा नम्बर ९ र १० लाई समावेश गरी सुन्तला जोन निर्माणका लागि समिती अनुगमनमा गएको छ ।
    सुन्तला जोन बनाउनका लागि ५ सय हेक्टर अर्थात १० हजार रोपनीमा सुन्तला खेती गरीएको हुनुपर्ने निती तय भएको जिल्ला कृषि विकास कार्यालय गोरखाका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले बताए । गोरखा जिल्लामा अहिले १ हजार हेक्टर अर्थात २० हजार रोपनी क्षेत्रफलमा सुन्तला खेती भएको कार्यालयको रेकर्डमा देखीन्छ ।


    प्रमुख कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने देखी निर्यात योग्य कृषि बस्तुहरुको मूल्य अभिबृद्वि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिबृद्वि गर्ने परियोजनाको मुख्य उदेश्य रहेको बिभागका अनुमगन अधिकृत पन्तले बताए । पन्तका अनुसार कृषिलाई सम्मानजनक नाफामुखी ब्यवसायको रुपमा बिकास गर्दै रोजगारीका अवसरहरु सृजना गनुका साथै बहुसरोकारवाला निकायहरुको बिचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गनु पनि परियोजनाको उद्वेश्य रहेको छ ।

    जोनका लागि १ करोड ९८ लाख बिनियोजित
    देश भरी नै सुन्तलाको लागि ख्याती कमाएको गोरखा जिल्लामा गएको बर्ष देखी मात्र सुन्तलामा स्टिकर लगाउन थालीएको छ । प्याक्टको सहयोगमा गोरखाको मनकामना क्षेत्रको सुन्तलामा लगाएको स्टिकर पछि बजारमा मनकामनाको सुन्तला भनेर ठगी गर्नेहरु बाट सुन्तला उपभोत्ता सुरक्षित भएको छ ।


    सुन्तलाको गुण स्तर देखी बगौचा बिस्तार तथा सिंचाई, बन तथा भू–संरक्षण र उद्योग सञ्चालन सम्ममा लगानी गर्ने परियोजनाको उद्वेश्य रहेको छ । परियोजनाका मुल्यांकन अधिकृत पन्तका अनुसार यो परियोजनामा लागु हुने क्षेत्रमा समिति निर्माण हुने छ । समितिले किसान संग सुन्तला जातको खेती देखी उद्योग सम्मका लागि माग गर्ने र स्विकृत रकमको ७० प्रतिशत किसानले पाउने छ भने समितिमा ३० प्रतिशत रकम रहने प्रावधान रहेको छ ।
    १० बर्ष सम्म चल्ने यो परियोजनाले जोनमा गय लगत्तै श्रोत केन्द्र सहयोग, प्रविधी तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण, साना सिंचाई सहयोग, पोष्ट हार्भेष्ट सेन्टर र कृषि ब्यवसाय प्रबद्र्वन सहयोग गर्ने गरी गोरखा जिल्लालाई मात्रै १ करोड ९८ लाख रुपैयाँ बिनियोजित भएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ १७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.