×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आयल निगमको जग्गा खरिद प्रकरण : सवा अर्ब घोटाला

  •  
  • शुक्रबार, भदौ १६, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • कान्तिपुर खोज
    – कृष्ण ज्ञवाली, काठमाडौं

    भाद्र १६, २०७४- नेपाल आयल निगमको जग्गा खरिदमा कम्तीमा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको भेटिएको छ । निगमले झापा, सर्लाही, चितवन र रूपन्देहीमा गरेको जग्गा खरिदका क्रममा तयार भएको फाइल अध्ययन गर्दा जग्गा दलाल प्रयोग गरी प्रचलित मूल्यको तुलनामा महँगोमा खरिद गरेको पुष्टि भएको छ । यथार्थपरक अनुसन्धान हुने हो भने अनियमितताको आकार २ अर्बभन्दा बढी पुग्ने स्थलगत अध्ययनमा संलग्न सांसदहरू बताउछन् ।

    निगमले चार ठाउँको जग्गा खरिदमा २ अर्ब ३४ करोड रुपैयाँ खर्चेको थियो । खरिदको आधा रकम दुरुपयोग भएको आशंका छ । अध्ययनअनुसार कम्तीमा पनि झापामा ४१ करोड, सर्लाहीमा १८ करोड, चितवनमा साढे २८ करोडभन्दा बढी र रुपन्देहीमा साढे ३८ करोड अनियमितता भएको भेटिन्छ ।

    जग्गा खरिदको फाइल, व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितीको स्थलगत अध्ययन र आयल निगम स्रोतबाट कान्तिपुरलाई प्राप्त तथ्यको विश्लेषण गर्दा यो अनियमितता खुल्छ । खरिदका क्रममा जग्गा दलालले तिरेको अधिकतम रकमको आधारमा हिसाब निकालिएकाले वास्तविक अनियमितताको ग्राफ दुई अर्बभन्दा भन्दा ठूलो हुने देखिन्छ ।

    ‘दलालले तिरेको रकमको आधारमा हिसाब निकाल्ने हो भने कम्तीमा एक अर्ब ३० करोडजति अनियमितता भएको अनुमान छ’ समितिमा रहेका सांसद अनन्त प्रसाद पौडेलले भने, ‘किसानले त त्यति पनि पाएका छैनन, किसानकै हातमा पुगेको रकमलाई गहिरिएर खोज्दा दुई अर्ब रुपैंयाभन्दा बढीको गडबड भएको छ ।’ उपसमिति संयोजक सुभाषचन्द्र शाह ठकुरीका अनुसार प्रचलित कानुन लत्याएर भएको खरिदमा मनोमानी निर्णय भएको छ । ‘हामीले केही दिनमै यसबारेमा विस्तृत प्रतिवेदन समितिमा पेस गर्नेछौं’ उनले भने ।

    झापा
    निगमले झापामा निरोज थपलियासँग १३ लाख ५१ हजार रुपैंया प्रतिकट्ठाका दरले २४ बिघा १ कट्टा १० धुर जग्गा खरिद गरेको छ । निगमले थपलियालाई ६५ करोड ५ लाख ६ हजार ५ सय रुपैंया भुक्तानी दिएको छ । मेचीनगर नगरपालिकाको वडा नम्बर १३ र १४ पुरानो दुवागढी गाविसमा पर्छ । साबिक गाविस सचिवले स्थलगत सर्जिमिनका आधारमा समेत हिसाव निकालिएको भनी पत्राचार गरेका छन् ।

    तर स्थलगत अध्ययनमा गएका सांसद दीपक कार्कीले त्यहाँ कट्ठाको ६०/७० हजार रुपैंयाका दरले खरिदबिक्री चलेको बताए । ‘आयल निगमले खरिद गरेको ठाउनजिकै जंगल छ, त्यहाँ जंगली हात्तीको आतंक छ’ कार्कीले कान्तिपुरसित भने, ‘खरिद भएको प्राय:जसो जग्गा विगाहाको २० लाख रुपैयाँ भन्दाबढी पर्दैन, चार लाख रुपैंयाका दरले पाउँदा त स्थानीयबासिन्दाले बाजा बजाएर जग्गा बेच्छन् ।’ तर उक्त जग्गामा जाने पहुँचमार्गका लागि आवश्यक जग्गालाई भने ४ लाख २० हजार रुपैंयादेखि ५ लाखमा खरिद गरिएको छ । स्थलगत अध्ययनमा गएका अर्का सांसदका अनुसार, ४ लाख रुपैंयाभन्दा बढीमा खरिद गरिएको जग्गाको परिमाण निकै कम छ ।

    एकमुष्ट ५ लाख रुपैंयाका दरले जग्गा खरिदको कारोबार विश्लेषण गर्दा झापामा ८ लाख ५१ हजार रुपैंया बढी दर देखाइएको खुल्छ । यो आधारमा हेर्दा २४ बिघा १ कट्टा १० धुर (४८१ कट्ठा) खरिदमा २४ करोड ५ लाख रुपैंयामात्रै स्थानीयबासीको भुक्तानीका लागि खर्च भएको छ । उक्त कारोबारमा करिब ४१ करोड रुपैंया अनियमितता भएको भेटिन्छ ।

    सर्लाही  
    सर्लाहीको पुरानो हरिपुर गाविसको ९ वडामा पर्ने जग्गा विनोद भण्डारीले बेचेका हुन् । उनले ९ लाख ६१ हजार रुपैंयाका दरले १५ बिगाहा १२ कट्ठा १४ धुर जग्गा निगमलाई बिक्री गरेर ३० करोड ५ लाख ४ हजार ७ सय रुपैंया भुक्तानी लगेका छन् । सांसद कार्कीकै अनुसार यु आकारमा जंगलले घेरेको जग्गाको स्वामित्व सामान्य किसानहरूको छ । जग्गा २ लाख देखि ३/४ लाख रुपैंया प्रतिकट्टाका दरले जग्गा खरिद भएको उनले बताए । हामीले औसतमै ४ लाख रुपैंयाका दरले जग्गा खरिद भएको आंकलन गर्दा १२ करोड ४८ लाख रुपैयाँमात्रै स्थानीय जग्गाधनीलाई भुक्तानी भएको देखिन्छ । सर्लाहीको जग्गा खरिदमा १८ करोड २ लाख रुपैंया अनियमितता भएको तथ्यांक विश्लेषणबाट देखिन्छ ।

    चितवन 
    चितवनमा जग्गा खरिदका क्रममा आयल निगमले ७७ करोड ५२ लाख ६० हजार ७ सय ४७ रुपैंया खर्च भएको प्राप्त कागजातबाट देखिन्छ । जग्गा व्यापारी जयराम थापाले १५ लाख ८५ हजार रुपैंयाका दरले २४ विगाहा ९ कट्ठा २ धुर जग्गा बेचेको विवरणबाट खुल्छ । तर उनलाई जग्गा बेच्ने दोस्रो तहका दलालले अझै सस्तोमा स्थानीयबासीसँग उठाएको भेटिएको छ । चितवनको राप्ती नगरपालिकाको भण्डारामा राम्रै जग्गा खरिद भएको उनीहरु बताउछन् । तर स्थलगत अध्ययनमा गएका सांसद रामबीर मानन्धरका अनुसार, ४ देखि १० लाख रुपैंया प्रतिकट्ठाका दरले टेन्डर हाल्नेले जग्गा किनेका छन् ।

    ‘यसको अर्थ स्थानीयबासीले नै त्यति पाए भनेर अर्थ नलगाउनुस्’ सांसद मानन्धरले कान्तिपुरसित भने, ‘स्थानीयबासीले त कौडीको भाउमा बेचिरहेका छन् । स्थलगत अध्ययनका क्रममा चितवनको जग्गा डुवानमा परेको भेटिएको छ । प्रतिकट्ठा १० लाखकै दरले खरिद भएको अनुमान गर्दा पनि निगमलाई ५ लाख ८५ हजार रुपैयाँका दरले घाटा लागेको छ । व्यापारीले स्थानीयबासीलाई बढीमा ४८ करोड ९० लाख रुपैंया भुक्तानी भएको छ । चितवनमा मात्रै कम्तिमा २८ करोड ६२ लाख रुपैंया अनियमितता भएको छ ।

    रूपन्देही/भैरहवा 
    रूपन्देहीको पुरानो पटखौली, वसन्तपुर र धकधई गरी तीन गाविसमा जग्गा खरिद गरिएको छ । व्यापारी हरिप्रसाद पोखरेलले १० लाख ९३ हजार रुपैंयाका दरले २७ विगाहा १६ कट्ठा २ धुर जग्गा विक्री गरेर निगमबाट ६० करोड ७८ लाख ३ हजार ६३७ रुपैंया भुक्तानी लिएका छन् । सांसद मानन्धरका अनुसार खोला किनारको बगरजस्तो जग्गा कतिपय सार्वजनिकस्थल समेत भएको हुन सक्ने अनुमान छ भने केही जग्गा बगरजस्तो प्रयोगविहीन हो । स्थानीयबाुीसँग खरिद गरेर दलालले टेण्डर हाल्ने पोखरेललाई साढे २ देखि ४ लाख रुपैंयाका दरले भुक्तानी पाएको स्थलगत अध्ययनमा गएको स्रोतले बतायो । प्रतिकट्ठा ४ लाखकै दरले खरिद भएको मान्दा ६ लाख ९३ हजार रुपैंयाका दरले अनियमितता भएको छ । व्यापारीले जग्गाधनीलाई २२ करोड २४ लाख रुपैंयाका दरले भुक्तानी दिएकामा निगमबाट भने ६० करोड ७८ लाख लिएका छन् । कुल २७ बिगाहा १६ कट्ठा २ धुर जग्गा खरिदमा भएको अनियमितताको ग्राफ ३८ करोड ५४ लाख रुपैयाँ पुग्छ ।

    निगम उच्च स्रोतबाट कान्तिपुरलाई प्राप्त विवरणअनुसार, १२७ जना जग्गाधनीले आयल निगमलाई जग्गा बेचेका हुन् । केहीको जग्गा एकभन्दा बढी ठाउमा रहेकाले २ सय ४६ कित्ता जग्गा किनबेच भएको देखिन्छ । किसानहरूसँग एकमुष्ट ‘अधिकृत वारेसनामा’ गराएर जग्गा खरिद भएको हो । कुनै व्यक्तिले अर्को व्यक्तिलाई अधिकृत वारेसनामा दिएर पठाएपछि उसले आफैं दर तय गरी जग्गा बिक्रीको अधिकार राख्छ । निगमले जग्गा खरिद गर्न गठन गरेको टिमले कुनै पनि ठाउमा २/३ वटा भन्दाबढी बोलपत्र दर्ता गरेको छैन । त्यसमध्ये केही ठाउमा त्रुटीका कारण बोलपत्र रद्द भएका छन् । चितवनमा दुई जना व्यापारीले दर्ता गरेकै बोलपत्रका आधारमा खरिद गरिएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ १६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.