मोहसिन अलि मियाँ/गोरखा
भाद्र १६ गते । आरुघाट गाँउपालिकाका भुकम्पपिडितको घर पुनःसर्वेक्षण गर्न गोरखा आएका इन्जिनियर १२ दिनपछि सम्पर्कमा आएका छन् । सो गाँउपालिकाका वडा नम्बर १, २, ३ ,४ र ९ मा खटिएका इन्जिनियर उज्वल रावत भाद्र २ गतेदेखि सम्पर्क बिहिन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गोरखाका निमित्त प्रमुख शिव पौडेलले बताएका छन् । ‘१ गतेसम्म उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो, २ गते बाट उहाँ केही जानकारी बिनै सम्पर्क बिहिन हुनुभयो’
आरुघाट गाँउपालिकाको वडा नम्बर ९ का छुट भएका भुकम्पपिडितको घर पुनःसर्वेक्षण एवम पुनःजाँच सम्पन्न गरेका इन्जिनियर रावत कसैलाई कुनै जानकारी नै नदिई सम्पर्क बिहिन भएका थिए । ‘२ गते देखि नै उहाँलाई हामीले दिनको दशौ पटक फोन सम्पर्क गर्न खोज्यौ, उहाँको मोबाइलमा घण्टी जान्थ्यो, तर फोन उठ्दैनथ्यो’ कार्यालयका निमित्त प्रमुख पौडेलले भने ।
सम्पर्क बिहिन भएको केही दिन पछि कार्यालयको ल्याण्डलाईनबाट एक पटक उनले फोन उठाएका थिए । उहाँका बारेमा सोधपुछ गर्दा मान्बुमा काम गरिरहेको भनेको भएता पनि उनि त्यहा भेटिएनन ‘केही दिनपछि एक पटक फोन उठेको थियो, कहाँ हो भनेर सोध्दा मान्बुमा काम गरिरहेको छु भन्ने उत्तर आएपछि कार्यालयका सरहरु मान्बुमै हुनुहुन्छ भेट्नुस भन्ने बित्तिकै उहाँले फोन काट्नुभयो, त्यस पछि कहिल्यै फोन उठाउनु भएन’ कार्यालयका पौडेलले बताए ।
उनी सम्पर्कमा नआएपछि भोली पल्टै गाँउपालिकाका प्रमुख लगायतलाई समेत सम्पर्क लिइ इन्जिनियर रावतको बारेमा बुझ्न कोसिस भएको थियो । तर गाँउपालिकाका प्रमुख लगायत कसैलाई पनि गाँउमा खटिएका इन्जिनियर रावत कहा छन् भन्ने जानकारी नभए पछि बिचमा केही समय निकै समस्या उत्पन्न भएको थियो । ‘यस बिचमा हामीले उहाको खोजीका लागि धेरै उपाय अपनायौ, तर उहाँ कहाँ छन् भन्ने पत्ता लाग्न निक्कै कठिन भयो’ कार्यालयका पौडेलले बताए ।
उहाँ किन सम्पर्क बाहिर गए भन्ने बुझ्न कार्यालयको टोली आरुघाट नै पुगेको थियो । आरुघाटमा इन्जिनियर रावतले काम गरेको कार्यक्षेत्रमा पुगेर समेत त्याहाका गाँउपालिका प्रमुख र स्थानीय लगायतसंग छलफल गर्दा समेत उनि सम्पर्क बिहिन हुनुको कारण पत्ता लाग्न नसकेको निमित्त प्रमुख पौडेलको भनाई छ । ‘कार्यक्षेत्रमा केही बिवाद भएर सम्पर्कमा नआएका हुन् भनेर हामी आरुघाट गएर छलफल नै ग¥यौ, तर खास त्यस्तो केही भेटिएन’
यति हुदा सम्म कार्यालयले भने दिनकै दशौ पटक इन्जिनियर रावतको मोबाइलमा बिभिन्न नम्बरबाट सम्पर्क गर्न खोजिदा समेत उनले फोन नउठाएपछि र रावत सम्पर्कमा नआउपछि कार्यालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रिय कार्यालयमा इन्जिनियर रावतलाई कारबाहीको लागि सिफारिस गरेको थियो । ‘न उहाँले हाम्रो फोनको रेस्पोन्स दिनु भयो न उहाँ सम्पर्कमा आउनु भयो, त्यसपछि हामीले उहाँलाई कारबाहीको लागि केन्द्रिय कार्यालयमा सिफारिस ग¥यौ’
केन्द्रिय कार्यालयमा जानकारी गाएपश्चात भोलीपल्टै उनि सम्पर्कमा आए । आमा बिरामी भई अस्पतालमा भर्ना भएका कारण सम्पर्कमा नआएको भन्दै कार्यालयका निमित्त प्रमुख पौडेललाई केही दिनमै काममा फर्किने बताएका थिए । केन्द्रले समेत एउक पटकलाई माफी दिई इन्जिनियर रावतलाई नै परानै कार्यक्षेत्रमा पठाएको छ । ‘मैले केन्द्रमा जानकारी गराएको भोली पल्टै उहाँले मलाई फोन गरेर गल्ती भयो भन्दै माफी माग्नु भयो’ कार्यालयका पौडेलले भने ।
यता इन्जिनियर रावतलाई फोन सम्पर्क गर्दा गोरखा आउने क्रममा रहेको र अहिलेसम्म आमाको उपचारको लागि अस्पतालमा भएकाले सम्पर्कमा आउन नसकेको प्रतित्रिया दिएका छन् । यसरी गाँउमा खटिएका इन्जिनियर दुइ हप्तादेखि सम्पर्क हुदा भुकम्प पिडित अनुदानमा नाम छुटेकाहरु भने अन्यौलमा परेका छन् ।
पुनःसर्वेक्षणमा खटिएका इन्जिनियर १२ दिनसम्म सम्पर्कमा नआएपछि….
पुनःसर्वेक्षणमा खटिएका इन्जिनियर १२ दिनसम्म सम्पर्कमा नआएपछि….
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


