×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारतीय ग्यास खरिद नगर्ने व्यवसायीको चेतावनी

  •  
  • आइतबार, भदौ ११, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • देउवाको दिल्ली भ्रमणपछि नेपाली ढुवानीकर्ता निराश
    सुवास भट्ट

    ११ भदौ, काठमाडौं । व्यवसायीले आगामी कात्तिक (नोभेम्बर) पछि खाना पकाउने ग्यासको अभाव हुने चेतावनी दिएका छन् । आगामी नोभेम्बरपछि नेपाली नम्बर प्लेटका ग्यास ढुवानी गर्ने बुलेट सञ्चालन गर्ने पूर्वसहमति कार्यान्वयन नहुने परिस्थिति बनेपछि व्यवसायीले यस्तो चेतावनी दिएका हुन् ।

    ‘सरकारकै स्वीकृतिमा बुलेट निर्माणमा गरेको लगानी डुबेपछि हामीले भारतीय ढुवानीकर्ताबाट ग्यास आयात गर्ने भन्ने कुरा रहँदैन,’ नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले अनलाइनखबरसँग भने । आगामी नोभेम्बरपछि भारतीय ग्यास खरिद नगर्ने घिमिरेले बताए ।प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमणमा पनि नेपाली नम्बर प्लेटको बुलेट सञ्चालन गर्ने सम्बन्धमा सहमति जुट्न नसकेपछि बुलेटमा लगानी गरेका नेपाली व्यवसायी निरास भएका छन् ।

    संघका अनुसार ग्यास बुलेट निर्माणका लागि व्यवसायीले करीव ५ अर्ब रुपैयाँ लगानी गरिसकेका छन् । नेपाल आयल निगमले गत ०७३ असार २७ गते ७ सय ७५ थान नेपाली नम्बर प्लेटका बुलेट निर्माणका लागि व्यवसायीलाई स्वीकृति दिएको थियो । बुलेट आयातका लागि सरकारले ६६ प्रतिशत भन्सार छुटसमेत दिने निर्णय गरिसकेको छ ।

    संघका अनुसार हालसम्म करीब ४ सय थान ग्यास बुलेट निर्माण भइसकेका छन् । ती बुलेटमा करीब ३ अर्ब रुपैयाँको लगानी भइसकेको छ । विष्फोटनमुक्त प्रमाणपत्र (एक्स्प्लोसिभ सर्टिफिकेट) का नाममा भारतले नेपाली नम्बरप्लेटका निर्माण भइसकेका बुलेट सञ्चालनमा अवरोध गरिरहेको छ । भारतको ‘एक्स्प्लोसिभ’ डिपार्टमेन्टले उक्त प्रमाणपत्र जारी गरेपछिमात्र भारतीय आयल निगमले ग्यास लोड दिन्छ ।

    प्रधानमन्त्री देउवाको हालैको उच्चस्तरीय भारत भ्रमणमा पनि बुलेट सञ्चालन गर्न सहमति कायम गर्ने सम्बन्धी मुद्दालाई प्रमुखताका साथ समेटिएको थियो । तर, उक्त विषयमा भारतले चासो नदेखाएपछि व्यवसायी यसबाट रुष्ट भएका छन् ।

    भारतले ग्यास ढुवानीमा रहेको आफ्नो एकाधिकार कायमै राख्न खोजेको व्यवसायीको बुझाई छ ।

    यसअघि परराष्ट्रमन्त्री कृष्णबहादुर महराको भारत भ्रमणमा पनि विदेशमन्त्री सुष्मा स्वराजले नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्न नदिने मनसाय व्यक्त गरेकी थिइन् ।

    हाल भारतीय नम्बरप्लेटका झण्डै ६ सय बुलेटले नेपालमा ग्यास ढुवानी गर्छन् । ती बुलेटमार्फत हाल मासिक करीव ३० हजार मेटि्रक टन ग्यास आयात हुन्छ ।

    संघले सरकारकै स्वीकृतिमा बुलेटमा लगानी गरेको भन्दै बुलेट सञ्चालन गर्न नपाए क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ । ‘यदि व्यवसायीले गरेको लगानी अनुसार बुलेट सञ्चालनमा आउन नसक्ने हो भने सरकारले उचित क्षतिपूर्ति दिलाउनुपर्छ,’ संघका अध्यक्ष घिमिरेले भने ।

    नेपाली बुलेट सञ्चालनमा नआए भारतीय बुलेटबाटै ढुवानीः निगम

    यता नेपाल आयल निगमले भने आगामी नोभेम्बरपछि नेपाली बुलेटले ग्यास ढुवानी गर्ने अवस्था नआए भारतीय बुलेटबाटै ग्यास ढुवानी हुने बताएको छ । ‘भारतीय ढुवानीकर्ताले नोभेम्बरपछि ग्यास ढुवानी साविककै बमोजिम गरिदिने जानकारी गराएका छन्,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘ढुवानीकै कारण ग्यास अभाव हुने अवस्था आउँदैन ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.