×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सरकारले चीनलाई सोध्यो– चक्रपथ विस्तारको काम किन सुस्त ?

  •  
  • आइतबार, भदौ ११, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र ११, २०७४- सरकारले चिनियाँ अनुदानमा निर्माण भइरहेको चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको ढिलाइबारे चिनियाँ अधिकारीसँग धारणा मागेको छ । तीनदिने औपचारिक भ्रमणमा शुक्रबार काठमाडौं आइपुगेका चिनियाँ कानुन तथा पूर्वाधारमन्त्री युआन सुहङ नेतृत्वको टोलीसँग मन्त्रालयमै भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले चिनियाँ सहयोगका परियोजनामा भइरहेको ढिलासुस्तीबारे जिज्ञासा राखेका हुन् ।

    शुक्रबार भएको द्विपक्षीय छलफलमा नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत चिनियाँ अधिकारी र नेपालका तर्फबाट अर्थ, परराष्ट्र, कानुन, सहरी विकास मन्त्रालय, राष्ट्रबैंक, लगानी बोर्डलगायत निकायका अधिकारी सम्मिलित थिए ।

    ‘सुरुमा रूख काट्ने/पोल सार्नेजस्ता कामले कलंकी–कोटेश्वर सडकखण्ड विस्तारमा केही अड्चन थियो । अहिले अवरोध छैन । तैपनि काम तीव्र रूपमा अघि बढ्न सकेको छैन,’ मन्त्री बलायरले चिनियाँ टोलीसित भनेका थिए । उनले करिब १० किलोमिटर सडक बनाउँदा ६ महिनामा पुलसमेत निर्माण गरिसक्ने चीनले अन्य सडक किन अस्तव्यस्त राखेको भनी सोधेका थिए ।
    ‘चिनियाँ ठेकेदारले गर्ने कामको अनुगमन गर्ने र चुस्त रूपमा अघि बढाउने निकायबारे जान्न मन लागेको छ । सरकार मातहत हुन्छन् कि स्वतन्त्र ? यो विषय जान्न खोजें,’ मन्त्री बलायरले कान्तिपुरसँग भने, ‘प्रविधिमा निकै अब्बल चीनको काममा किन यस्तो ढिलाइ भन्दै त्यो क्षेत्रको समस्या बुझ्नसमेत आग्रह गरें ।’

    मन्त्री बलायरले शनिबार चक्रपथ विस्तारको अवस्था आफैं अवलोकनसमेत गरे । चिनियाँ पक्षले पनि कामको अवलोकन आफ्नै ढंगले गरेको एक अधिकारीले बताए । शुक्रबार अपराह्न काठमाडौं आइपुगेलगत्तै चिनियाँ टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुईपक्षीय छलफल गरेको थियो ।

    चिनियाँ उपप्रधानमन्त्री वाङ याङको भ्रमणलगत्तै बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) मार्फतको लगानी कसरी र कुन आधारमा अघि बढाउने भन्ने विषयमा अध्ययन गर्न यो टोली नेपाल आएको हो । टोलीले नेपालमा लगानी बढाउन यहाँको कानुनी प्रावधानबारे विभिन्न पक्षसँग जिज्ञासा राख्दै चिनियाँ प्रचलनबारे समेत जानकारी दिएको थियो । सम्बन्धित मन्त्रालयमै सबै पक्ष राखेर छलफल गरिएको र अन्यसँग साइडलाइन भेटघाटसमेत नभएको अवस्थामा यस छलफललाई अर्थपूर्ण मानिएको छ ।  उक्त टोली शनिबार नगरकोट गएको छ । आइतबार त्यहाँबाट सिधै त्रिभुवन विमानस्थल आएर स्वदेश फर्कनेछ ।

    चिनियाँ सरकारको अनुदान सहयोगमा काठमाडौं उपत्यकामा निर्माणाधीन चक्रपथ विस्तार आयोजनाले पटक/पटक तीव्रता पाएको भनिए पनि अहिले करिब ६० जना मात्र काममा खटिएका छन् । यो अत्यन्त न्यून जनशक्ति हो । कलंकी चोकदेखि बल्खुसम्म त ट्रयाकसम्म तयार भएको छैन । समय थपसहित २०१७ जुलाईमै सक्ने भनिए पनि भूकम्पपछि थप समय मागिएको छ । अझै कति समयमा सकिने यकिन छैन ।

    कलंकी चोकमा जारी निर्माण निकै सुस्त छ जसले त्यस क्षेत्रमा ट्राफिक जामका कारण यात्रु मर्कामा छन् । यसबारे कुरा उठाइए पनि उक्त कम्पनीले ध्यान नदिएकोबारे चिनियाँ टोलीसमक्ष जिज्ञासा राखिएको एक अधिकारीले जनाए ।

    सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण आरम्भ भएको उक्त सडक सांघाई कन्स्ट्रक्सन कम्पनीले बनाइरहेको छ । काम सम्पन्न गर्न अझ निकै समय लाग्ने काठमाडौं चक्रपथ सडक सुधार आयोजनाले मन्त्रालयलाई जानकारी दिएको छ । आयोजनाले चिनियाँ पक्षको ढिलासुस्ती र उनीहरूका गुनासालाई पनि मन्त्रालयसमक्ष राखेको छ । सांघाई कम्पनीले सरकारले नै राम्रो समन्वय नगर्दा ढिलाइ भइरहेको बताउँदै आएको छ । अझ केही स्थानमा ढल, पुल, खानेपानी तथा बिजुलीको पोललगायत संरचना व्यवस्थापन नटुंग्याएको आरोप उक्त कम्पनीको छ ।

    कम्पनीले जतिसक्दो छिटो काम सम्पन्न गर्ने बताउँदै आएको छ । दुई खण्डमा विभाजन गरेर काम गरिरहेको उक्त कम्पनीले कोटेश्वरबाट एकान्तकुनासम्म धेरै काम सके पनि त्यहाँबाट कलंकीसम्म ५० प्रतिशत पनि भ्याएको छैन । खाल्डाखुल्डी नपुर्ने, निर्माण सामग्री जताततै राख्नेलगायत समस्याले ट्राफिक जाम र दुर्घटनासमेत बढेको छ । सडक विस्तारअन्तर्गत ८ लेनको चौडा सडकका साथै कलंकीचोकमा ४ लेनको अन्डरपास र विभिन्न स्थानमा ६ वटा आकाशे पुल निर्माण हुँदा यस सडकको मुहार नै फेरिनेछ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.