×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उत्तरी गोरखाको सामागाउँ नाका खुल्ला

  •  
  • शनिबार, भदौ १०, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • दैनिक उपभोग्य सामाग्री लिन सर्व साधारण तिब्बती बजारमा    

    कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र १० गते उत्तरी गोरखाको सामागाउँ र तिनको तिब्बती क्षेत्रमा पर्ने नुङईला नाका शुक्रबार देखी खुल्ला भए पछि सर्व साधारणहरु सामान खरीदका लागि तिब्बती बजार जान थालेका छन । बर्षमा मुस्किलले २ पटक सम्म खुल्ने उत्त नाका उत्तरी गोरखाका सर्व साधारणहरुको आग्रहमा तिब्बती शासकहरुले खोलिदिने गरको साम्दोका शिक्षक निमादोर्जे लामाले बताए ।

    नाका खुले संगै सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दीबास, चुम्चेत र छेकम्पार क्षेत्रका सर्व साधारणहरु आफु संग भएको घोडा, खच्चड, चौरी र झोपा तथा भेडा लिएर तिब्बती बजार गएका छन । यो क्रम बिशेष परिस्थितीमा नबदलिने हो भने १ महिना सम्म खुल्ला रहने शिक्षक लामाले बताए । ‘कहिले काही पशु र मानिसमा रोग देखीयो भने नाका तत्कालै बन्द गरीदिन्छन । नत्र नाका एक महिना सम्म खुल्छ’ शिक्षक लामाले भने ।


    तिब्बती बजार गएकाहरुले त्यहाँबाट मैदा, करुको पिठो, चिनी, चियापत्ती, तेल, नुन तथा चामल जस्ता दैनिक उपभोग्य बस्तुहरु खरीद गरी ल्याउने गर्दछन । नाका खुलेको मौका पारेर उत्त क्षेत्रमा ब्यापार गर्दै गरेका ब्यापारीहरुले पनि सामान गरीद गरी ल्याउने प्रचलन रही आएको छ । ब्यापारीहरुले भने ब्यापारीक प्रयोजनका लागि रक्सी, छाङ्ग, चिनी, चियापत्ती, जुत्ता चप्पल, कब्बल, बियर, तेल, मैदा, करुको पिठो, बिस्कुट जस्ता सामाग्रीहरु खरीद गरी ल्याउने गर्दछ ।

    सामागाउँबाट १ दिनमा नै सहजै पुग्न सकिने उत्त नाकामा अहिले चाईनाले कच्ची सडक खोलिदिएको छ । थोरै समय, छोटो बाटो भएता पनि सामागाउँबाट नुङईला नाका पुग्न जोखिम पुर्ण यात्रा गनुपर्ने बाध्यता छ । भिरको बाटो भएका कारण एक तर्फी यात्रा मात्र गर्न मिल्ने उत्त बाटोमा पूर्व जानकारी बिना आउ जाऊ गर्ने चलन नभएको शिक्षक लामाले बताए ।

    बिगतमा उत्त क्षेत्रका सर्व साधारणहरुले स्थानिय जंगलबाट काठ लिएर तिब्बतमा बिक्री गर्ने र सामान खरीद गरेर ल्याउने गरीएको भएता पनि अहिले जंगल क्षेत्र कम भएका कारण खाली जाने र सामान खरीद गरेर मात्र ल्याउने गरेको सामागाउँका ब्यापारी बिरबहादुर लामाले बताए । ‘केही बर्ष अगाडी सम्म पनि यताबाट काठ लगेर बिक्री गर्ने र उताबाट आवश्यक सामान ल्याउने गरीन्थ्यो । केही बर्ष देखी त्यो क्रम रोकिएको छ । सायद जनचेतनाले पनि होला’ भन्छन ब्यापारी बिरबहादुर ।

    गोरखा जिल्लाको छेकम्पार र सामागाउँ क्षेत्रमा रहेको २ तिब्बती नाका मध्ये छेकम्पारका नाका भने गएको बर्ष देखी बर्ष भरी नै खुल्ला गरीएको थियो । लामो तर सरल यात्रा गर्न सहज हुने छेकम्पारको बाटो भएर कम मानिस मात्र तिब्बती बजारमा जाने गर्दछ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.