- खोजी कार्य जारी
कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र ९ गते । बिहीबार दरौदी नदी तर्ने क्रममा हराएका रामबहादुर कुमाललाई अझै पनि फेला पार्न सकिएको छैन । कुमालको खोजीमा नेपाल प्रहरी र शसत्र प्रहरी दुवैले शुक्रबार बिहानै देखी खोजी जारी राखेको छ ।
गोरखा नगरपालिका १२ निवासी कुमाल नदी तरेर पालुङ्गटार नगरपालिका मिरकोटमा रहेको खेतमा जाने क्रममा पानीले बगाउदाँ बेपत्ता भएका थिए । रानीटार क्षेत्रबाट बगाएका उनलाई तत्कालै स्थानियले खोजी गर्दा पनि नपाए पछि प्रहरीलाई खबर गरीएको थियो ।
नदीको बहाव तिब्र हुनुका साथै राती भेल आएको कारण पनि खोजि कार्यमा अवरोध भै रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान ११ः३० बजे नदीले बगाएका कुमालको खोजीमा स्थानिय सबै लागि परेका स्थानिय शिक्षक हर्कमान राईले जानकारी दिएँ ।
बेपत्ता कुमालको अवस्था अज्ञात हुदाँ परिवार पिडामा रहेको छ ।


