कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र ८ गते । रोजगारीको शिलसिलामा श्रीमतीको गर्भमा नै छाडेर भारत पसका लालमणी शर्माले ६ बर्ष पछि श्रीमती र छोरा भेटाए । त्यो पनि श्रीमती मानसिक सन्तुलन गुमाकी र छोरा मानब सेवा आश्रममा ।

दैलेखको साविक बालुवाटार गाउँ बिकास समिति ३ बस्ने शर्मा परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण रोजगारीका लागि भौतारिएर भारत पसे । मनग्य आम्दानी गर्ने र श्रीमती र आफ्ना सन्तानकालाई शुख दिने सपना त्यती खेर चकनाचुर भयो जब उनले आफुले चाहेको जस्तो आम्दानी गर्न सकेनन् ।
कमाउन गएको श्रीमान घर आउला र घरमा भएको मिठो मसिनो खाएर बाल बच्चा सहित रमाउने चाहना लालमणीको श्रीमतीलाई नभएको कहाँ हो र ? आउने दिन गन्दै जादाँ गर्भका भएको छोराले जन्म लियो तर श्रीमान फर्कने छाँट आएन ।

रोजगारीका लागि भारत गएका उनका श्रीमान ३ बर्ष सम्म पनि घर नफर्कीए पछि श्रीमती पबित्रा शर्माले करिब करिब मानसिक सन्तुलन गुमान पुगिन । श्रीमानको खोजीमा भौतारीएका उनी दैलेखको नौमुले (साविक बालुवाटार गाबिस) मा रहेको चर्चमा पुगिन ।
पेशाले स्टाफ नर्श रहेकी साहारा धमला भेटिन र शर्माले गुनासो गरीन । धमलाको मन पग्लीयो । धमला केही बर्ष देखी सडक रहित मानब अर्थात मानब सेवा आश्रममा अभियान्ताको रुपमा काम गर्दै आएकी थिइन । दैलेख नौमुले नै घर भएकी धमला पुख्यौली घर जादाँ पबित्राले उनलाई २ बर्षको बच्चा उचित पालन पोषणका लागि जिम्मा लगाईन ।

मुख्यका कार्यालय हेटौडमा कार्यरत धमलाले बच्चालाई हेटौडा लिएर आईन । मानब सेवा आश्रम हेटौडामा मानसिक सुन्तुलन गुमाएकाहरुको मात्र आश्रम भएका कारण उनले लिएर आएका प्रभात शर्मा (पर्बत मानब आश्रमले राखीदिएको नाम) अध्ययनका लागि गोरखा ल्याईए ।
६ बर्षको यो अबधीमा पर्बतका बावु अचानक जन्म घरमा आई पुगे । घरमा आएका लालमणीले श्रीमतीको अवस्था नाजुक देखे । मायाँको अभावमा पबित्राको मानसिक अवस्था बिस्तारै ठिक हुदै आयो र पुराना कुरा याद आउन थाल्यो । श्रीमतीले श्रीमानले दिएको नासो छोरा उचित लालनपालनका लागि मानब सेवा आश्रममा रहेको कुरा भने पछि दुवै पबित्रा र लालमणी हेटौडा पुगे ।

अध्ययन लागि गोरखा ल्याइएका बच्चाका बिषयमा साहाराले दिएको जानकारी अनुसार नै बुधबार दुवै मानब सेवा आश्रम गोरखाको सम्र्पकमा आए । यो बिचमा आमाले छोरालाई चिनेको भएता पनि छोराले आमालाई चिन्दैन थियो । बावु छोराले झनै एक अर्कालाई चिन्ने कुनै कुरै थिएन ।
पवित्रा र लालमणीले पर्बत आफ्नो छोरा भएको दावी गरे पछि गोरखामा रहेका अभियान्ता सृजना ओली अक्क न बक्क भए । आश्रमलाई सेवा गर्ने सेवाधारीलाई हारगुहार गर्दै छोरा दावी गर्न आएका आमा बावुको कहानी सुनाए पछि सेवाधारीहरु पनि अन्यौलमा परे । यसै बिच हेटौडामा रहेकी अभियान्ता साहाराले पर्बत पबित्राकै छोरा भएको पुष्टी त गरीन तर बावु उनको हो वा होइन त्यो भने भन्न सकेनन ।

दावीको भरमा बच्चालाई आमालाई दिदाँ भोली आउने कानूनी समस्याका बिषयमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्तेनसंग हारगुहार मागियो । प्रजिअ बस्नेतले सबै संयन्त्र प्रयोग गरेर बच्चाका आमाबावु सही रहेको पुष्टी गरे पछि बिहीबार बिहान मात्रै पर्बतलाई उनका बावुआमाको जिम्मा लगाईएको थियो ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पुर्नःमिलन फारममा हस्ताक्षर गरी बुझाएका पर्बत लामो समय पछि आमाबावुको न्यानो काख पाएरै होला निकै खुशी देखिन्थे । घर जानका हतासिएका पर्वत बिहानै देखी झोला बोकर आश्रममा नाची रहेका देखिन्थ्यो ।
पढाइमा अब्बल रहेका पर्बतले गोरखा मनकामना ईग्लिस बोर्डिङ स्कुल सतिपिपलमा एल केजीमा अध्ययनरत थिए । आनीबानी र मिठो स्वरका कारण आश्रममा उनी सबैको प्रिय थिए । बिदाईमा अभियान्ताहरुको अनुहार मलिनो भएको प्रष्टै देखीन्थ्यो । ‘लामो समय सम्मको एटेचमेन्टका कारण मायाँ लाग्ने रहेछ । पर्बत मानबले आमा बावु पाएको छ । उज्वल भविष्यको कामना गर्दछौ’ अभियान्ता सृजना ओलीले भनिन् ।

पर्बतको बिदाईमा प्रजिअ जितेन्द्र बस्नेत, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, सेवाधारी तथा अभियान्ताहरु र आश्रममा रहेका सबैको उपस्थिती रहेको थियो ।



