×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आयल निगमले झापामा जमिन किन्दा तेब्बर मूल्य तिरेको संसदीय समितिको ठहर

  •  
  • बुधबार, भदौ ०७, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अर्जुन राजवंशी, दमक

    नेपाल आयल निगमले इन्धन भण्डारणका लागि झापाको चारआलीमा खरिद गरेको जमिनको स्थलगत अनुमगन गर्दै संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति मातहतको आपूर्ति उपसमितिको टोली ।तस्बिर : अर्जुन राजवंशी/कान्तिपुर
    ‘निगमले सबै प्रक्रिया मिलाएर घोटाला गरेको छ । ४ लाख पनि नपर्ने जमिनलाई साढे १३ लाखमा खरिद गरिएको छ’ सांसद रामवीर मानन्धरले भने,‘निगमको घोटाला स्थलगत अनुगमनबाट स्पष्ट भएको छ ।’

    भाद्र ७, २०७४- इन्धन भण्डारणका लागि नेपाल आयल निगमले झापामा खरिद गरेको जमिनमा साविक मूल्यभन्दा तेब्बर बढी मूल्य तिरेको संसदीय समितिले ठहर गरेको छ ।

    व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति मातहतको आपूर्ति उपसमितिले मेचीनगर १३ चारआलीस्थित जमिनको बुधबार स्थलगत अनुगमन गरेको छ । निगमले प्रदेश नं. १ को लागि इनधन भण्डारण गर्न भन्दै चारआलीमा २३ विगाह ३ कट्ठा १३ धुर जमिन खरिद गरेको छ । स्थलगत अनुगमनका क्रममा निगमले अस्भाविक मूल्यमा जग्गा खरिद गरेको पाएको अनुगमन टोलीका सदस्य सांसद दीपक कार्कीले बताए ।

    निगमले उक्त जमिन प्रतिकट्ठा १३ लाख ५१ हजारका दरले खरिद गरेको जिल्ला मालपोत कार्यालयको मोठमा उल्लेख छ । तर, जग्गाधनीले भने प्रतिकट्ठा ४ लाख ४० हजार रुपैयाँ मात्र पाएको सांसद कार्कीले बताए । उनका अनुसार जग्गाधनीहरुले प्रतिकट्ठा ४ लाख ४० हजारदेखि ५ लाख ५० हजारसम्म मात्रै पाएका छन् । अन्य रकम आयल निगमले घोटाला गरेको उनले बताए ।

    अनुगमन टोलीका अर्का सांसद रामवीर मानन्धरले निगमले प्रक्रिया मिलाएर जमिन खरिदमा करोडौं रुपैयाँ घोटला गरेको बताए । ‘निगमले सबै प्रक्रिया मिलाएर घोटाला गरेको छ । ४ लाख पनि नपर्ने जमिनलाई साढे १३ लाखमा खरिद गरिएको छ’ सांसद मानन्धरले भने,‘निगमको घोटाला स्थलगत अनुगमनबाट स्पष्ट भएको छ । झापामा मात्र कति घोटाला भयो भन्नेचाहिँ अन्तिम प्रतिवेदनमा उल्लेख गर्छौं ।’ उनले सडक छेउको जग्गाधनीले प्रतिकट्ठा ५ लाख ५० हजारका दरले तथा अन्य जग्गाधनीले अधिकतम् ४ लाख ४० हजारका दरले रकम पाएको बताए ।

    ५ लाख ५० हजारमा खरिद गरेको जमिनको सरकारी मूल्यांकन ५ लाख र अन्य जमिनको मूल्यांकन ३० हजार रहेको सांसद कार्कीले बताए । उनले राजु कार्कीको जमिन सडक छेउको भएकोले उनले ५ लाख ५० हजार प्रतिकट्ठाका दरले मूल्य पाएको बताए । भूपेन्द्र कार्की, दिलीप कार्की, दीपक कार्की, श्रीराम मरासैनी लगायत अन्य जग्गाधनीहरुले भने अधिकतम ४ लाख ४० हजारका दरले रकम पाएको सांसद कार्कीले बताए ।

    जग्गाधनी भूपेन्द्र कार्कीले आफूहरुलाई झुक्याएर जमिन खरिद गरेको बताए । ‘हामीलाई केही थाहा थिएन । ३ लाख पर्ने जग्गा ४ लाख ४० हजार दिने भनेपछि मैले ३ विगाह बेचे’ उनले भने,‘तर, हाम्रो जग्गा कसले किन्दैछ । अरु कति किन्दैछ केही थाहा थिएन ।’ उनले जग्गा बिक्री गरे पनि जग्गाधनीहरुलाई राजीनामा पत्र नदिएको बताए ।

    उनले भने,‘मलाई ३ विगाह जग्गाको हुन आउने रकम नेपाल इन्भेष्टमेन्ट बैंकको चेकमार्फत उपलब्ध गराए । राजीनामा पत्रलगायत अन्य कुनै कागजात मसँग छैन ।’ उनले आफूहरुको जग्गाबाट राज्यको करोडौं रकम लुटिएकोमा दु:ख लागेको बताए ।


    नेपाल आयल निगमले इन्धन भण्डारणका लागि झापाको चारआलीमा खरिद गरेको जमिनको स्थलगत अनुमगन गर्दै संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति मातहतको आपूर्ति उपसमितिको टोली

    तस्बिर : अर्जुन राजवंशी/कान्तिपुर

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ०७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.