गोरखा समाचारदाता
भाद्र ५ गते । बाढी पिडितहरुलाई जिल्लाका कर्मचारीहरुले १ दिन बराबरको तलब सहयोग गर्ने भएका छन् ।
आईबार बसेको कार्यालय प्रमुखहरुको नियमित बैठकले सबै राष्ट्रसेवकहरुको तर्फ बाट १ दिन बराबरको तलब बाढी पिडितका लागि सहयोग गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जानकारी दिए । ‘तराईको दुखःद अवस्थालाई थोरै भए पनि सहयोग गर्ने उदेश्यले सम्र्पुण सरकारी कार्यालय र सस्थानमा कार्यरत राष्ट्रसेवकहरुको एक दिन बराबरको तबल सहयोग गर्ने निर्णय गरका छौ’ शर्माले भने ।
उक्त रकम संकलन गरी जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत केन्द्रिय दैवी प्रकोप उद्धार समितिमा पठाउने उनले बताए । बैठकमा स्थानीय तह कार्य सञ्चानका बारेमा छलफल हुनुका साथै स्थानीय तहले निर्माण गरेका बजेट निती तथा कार्यक्रममा बिषयगत कार्यालयले गर्नुपर्ने काममा बजेट छुट्याइएको नछुट्याएको बारेमा पनि समिक्षा भएको थियो ।
बैठकले बारपाक लगायतका अन्य क्षेत्रमा मौसमी ज्वरोका बिरामी बढेको भन्दै स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ ।




















