×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बूढीगण्डकीमा नेपालको हितलाई ध्यान दिन सुझाव

  •  
  • आइतबार, भदौ ०४, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, भदौ ४ गते । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) गेजुवासँग सरकारले सहमति गरे पनि नेपाललाई हित हुने कुरामा विशेष ध्यान दिनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

    नेपाल इन्जिनियरिङ पेसाकर्मी सङ्घ (नेपा)को आयोजनामा शनिबार यहाँ आयोजित ‘बूढीगण्डकी जलविद्युत् आयोजना ः प्राविधिक, अर्थराजनीतिक र कानुनी प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले त्यस्तो सुझाव दिनुभयो । राष्ट्रिय गौरवको आयोजनामा पर्ने बहुचर्चित जलाशययुक्त बूढीगण्डकी आयोजनाको काममा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँहरूले बताउनुभयो ।

    पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय गौरवका आयोजना सकेसम्म नेपाली स्रोतसाधनले निर्माण गर्दा उपयुक्त हुने भए पनि आर्थिक समस्याले विदेशी कम्पनीलाई दिनुपर्ने बाध्यता रहेको बताउनुभयो । बूढीगण्डकीजस्तो आयोजनालाई नेपालले आफैँ निर्माण गर्न नसक्दा चिनियाँ कम्पनीलाई दिनु परेको चर्चा गर्दैै आयोजना निर्माणको चरणमा नेपाली हितमा ध्यान दिनुपर्छ भन्नुभयो ।

    जलविद्युत्विज्ञ डा. डम्बर नेपालीले बूढीगण्डकीजस्तो आयोजनालाई नेपाली पैसा र स्रोतसाधनले निर्माण गर्ने सम्भावना रहँदारहँदै सरकारले चिनियाँ कम्पनीलाई दिएको गुनासो गर्नुभयो । सकेसम्म आफ्नै स्रोतसाधनको सदुपयोग गर्नेतिर हामीले ध्यान दिनुपर्छ, विदेशीले बनाइदिन्छन् भनेर मक्ख पर्दा नेपाललाई घाटा हुने उहाँले तर्क गर्नुभयो ।

    बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका पूर्वअध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले जल, खाद्य र ऊर्जा सुरक्षा नहुँदासम्म मुलुक स्वाधीन हुन नसक्ने बताउनुभयो । बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणले त्यस क्षेत्रको पर्यटकीय विकास पनि हुने उहाँले चर्चा गर्नुभयो । त्यस आयोजनाको निर्माणले मुलुकको अर्थतन्त्रसमेत सबल हुने दाबी उहाँले गर्नुभयो ।

    जलस्रोतविज्ञ डा. नारायण चौलागाईं र डा. विष्णुप्रसाद शर्मा नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण, सम्झौता र नेपाललाई हुने फाइदा र बेफाइदाका बारेमा प्रकाश पार्नुभएको थियो । सरकारले चिनियाँ कम्पनीसँग सम्झौता गर्दा हल्का तरिकाले सम्झौता गरेको र नेपालको हितमा खासै ध्यान दिन नसकेको उहाँहरूको टिप्पणी छ । कार्यक्रममा डा. राजेन्द्र अधिकारी, छवि पोखरेल, हरिराम श्रेष्ठ लगायतले बूढीगण्डकी जलविद्युत् आयोजनाका बारेमा चर्चा गर्नुभएको थियो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.