×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बाढीको वितण्डा : पाँच सय उद्योग ठप्प

  •  
  • बुधबार, साउन ३२, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लीलाबल्लभ घिमिरे, विराटनगर

    अधिकांश पेट्रोलपम्प बन्द-दुहवी सबस्टेशनभित्र पानी पसेपछि विद्युत् सेवा अवरुद्ध-सोमबार र मंगलबार घाम लागेर पानी सुकेपछि लेदो निकाल्न र मेसिन सफा गर्न थालिएको छ-उद्योग सुचारु हुन भने अझै केही दिन लाग्न सक्छ 

    श्रावण ३२, २०७४- अविरल वर्षाका कारण सुनसरी मोरङ औद्योगिक करिडोरका करिब ५ सय उद्योग डुबानमा परेका छन् । अधिकांश उद्योग चार दिनदेखि बन्द छन् । उद्योगहरूका उत्पादनसमेत प्रभावित भएको हो । पूर्व क्षेत्रमा शनिबारदेखि विद्युत् पनि अवरुद्ध छ । नेपाल विद्युत् प्राधिकरणको दुहबी ग्रिडमा पानी जमेका कारण मंगलबार साँझसम्म यस क्षेत्रमा विद्युत् सुचारु हुन सकेको छैन ।

    डुबानमा परेका उद्योगहरूका गोदाम, मेसिन राखिएका घर, कार्यालयमा पानी पसेको छ । ‘अधिकांश उद्योगहरूमा पानी पसेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले भने, ‘उद्योगका मेसिन, कच्चा पदार्थ र उत्पादन गरेका तयारी वस्तुमा क्षति भएको छ । अब विद्युत् सप्लाई भयो भने बिहीबारबाट उद्योगहरू क्रमश: सञ्चालनमा आउन थाल्छन् ।’ शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा भएको थियो ।

    सोमबार र मंगलबार यस क्षेत्रमा घाम लागेकाले सबै उद्योगमा पसेको पानी सुकेपछि लेदो निकाल्न र मेसिन सफा गर्न थालिएको छ । अधिकांश मेसिनका मोटरमा पानी पसेकाले बढी समस्या भएको बोहराले बताए । ‘बजारमा डिजेल, पेट्रोल पनि पाइएको छैन,’ उनले भने, ‘मजदुरसमेत केही दिन आउने अवस्था नरहेकाले पूर्ण रूपमा उद्योग सञ्चालन हुन तीन दिनभन्दा बढी समय लाग्न सक्छ ।’ यस क्षेत्रमा कार्यरत अधिकांश मजदुर बाढीले प्रभावित छन् । तिनीहरूको घरमा बाढी पसेको छ । उद्योगको सफाइ गर्नसमेत मजदुर अभाव भएको उनले बताए ।

    उत्पादन भएका वस्तुलाई बजारसम्म पुर्‍याउन बाटो छैन । कच्चा पदार्थ भिजेर कामै नलाग्ने अवस्थामा पुगेको छ । विद्युत् आपूर्ति नहुँदा यस क्षेत्रका बैंकहरूसमेत खुल्न सकेका छैनन् । शनिबार बिहानैबाट अवरुद्ध इन्टरनेट सेवा सोमबार दिउँसोबाट बल्ल सञ्चालनमा आएको थियो । यहाँका अधिकांश पेट्रोल पम्पहरू बन्द छन् ।
    मोरङका बूढीगंगा गाउँपालिका, विराटनगर महानगरपालिका, कटहरी गाउँपालिकालगायतका क्षेत्रमा रहेका उद्योगहरू डुबानमा परेका हुन् ।

    यसैगरी सुनसरीका इटहरी उपमहानगरपालिका, दुहबी भलुवा नगरपालिकालगायत क्षेत्रका उद्योगहरू पनि बाढीले प्रभावित छन् । खोला छेउछाउमा रहेका उद्योगहरूमा बढी क्षति पुगेको छ ।

    ‘मेरो उद्योगको गोदाम घरमा कम्मरकम्मर पानी जमेको थियो,’ मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले भने, ‘मेसिन भएको ठाउँमा समेत पानी जमेकाले सञ्चालनमा आउन अझै केही दिन लाग्छ ।’ सुनसरी मोरङ औद्योगिक क्षेत्रमा रहेका उद्योगले खाद्यान्न र निर्माण सामग्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तुलगायत उत्पादन गर्ने गर्छन् ।

    दसैं, तिहार, छटलगायतका चाडवाड आउन लागेकाले अधिकांश उद्योगहरूले उत्पादन बढाएका थिए ।
    वर्षा सकिनै बाँकी रहेकाले उत्पादन गरी तयारी अवस्थामा रहेका सामानहरू गोदाममै राखिएका थिए । ‘सबै उद्योगले चाडवाड केन्द्रित भएर सामान उत्पादन गरेका थिए,’ मुन्दडाले भने, ‘त्यसमा समेत क्षति पुगेको छ ।’

    बैंकहरूले सुनसरी मोरङ औद्योगिक क्षेत्रमा ५० अर्ब रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये मोरङमा ३२ अर्ब र सुनसरीमा १८ अर्ब रहेको छ । उद्योगीहरूको लगानीलाई जोड्दा यो क्षेत्रमा करिब १ खर्बको लगानी औद्योगिक क्षेत्रमा पुग्न जान्छ । शुक्रबार साँझबाट सुरु भएको वर्षा शनिबार दिनभर भएको थियो । आइतबार बिहान ११ बजेबाट सुनसरीको दुहबी सबस्टेसनभित्र पानी पसेपछि प्राधिकरणले शनिबार बिहान ४ बजे लाइन काटेका कारण कोसीपूर्वका २ अञ्चलको विद्युत् सेवा अवरूद्ध भएको थियो ।

    नेपाल विद्युत् प्राधिकरणको दुहबी ग्रिडका प्रमुख अफताब आलमका अनुसार सबस्टेसनभित्र तीन फिटसम्म पानी जमेको थियो । कन्ट्रोल रुमभित्र समेत पानी पसेको थियो । सबस्टेसनका प्यानल बोर्ड सबै पानीले भिजाएको थियो । मंगलबार रातिसम्ममा विद्युत् सप्लाइ दिने प्रयास भइरहेको ग्रिडले जनाएको छ । पानी सुकेपछि मेसिनलाई सुकाउने काम भएको थियो ।

    एक दिन उद्योग बन्द हुँदा यस क्षेत्रका ५ सयभन्दा बढी उद्योगले प्रत्यक्ष २० करोड नोक्सानी व्यहोर्नुपर्छ । त्यसैगरी एक दिनको बन्दले यस क्षेत्रका संगठित तथा असंगठित गरी करिब ३ लाख मजदुरको ज्याला गुम्ने गर्छ । मजदुरले पाउने न्यूनतम ज्यालाको मात्र हिसाब गर्ने हो भने पनि दैनिक १५ करोडको नोक्सानी हुन्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन ३२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.