मोहसिन अलि मियाँ/गोरखा
साउन २९ गते । आरुघाट गाउँपालिका १ साविकको मान्बु गाविस श्यामचेतका ६६ घरका बासिन्दा पहिरोले बिस्थापित भएका छन् । शुक्रबार बिहानदेखि झरेको पहिरोले पुरिने जोखिम बढेपछि श्यामचेतका बसिन्दा छिमेकी गाँउमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
स्थानीय बासिन्दाका अनुसार गाँउ भन्दा ५० मिटर माथीबाट निरन्तर पहिरो झरिरहेको छ । पहिरोको बिच भागबाट पानीको मुल फुटेकाले झनै गाउँ जोखिममा परेको भन्दै उनिहरु छिमेकी गाउँको घरमा पुगेका छन् ।
पहिरो प्रभावितलाई सहयोग गर्न भन्दै शनिबार इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरिक्षकको नेतृत्वमा थप मद्धत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनिहरुले घर छोडेर हिडे पछि राहतको ब्यवस्था गर्न आइतबार जिल्ला दैवि प्रकोप उद्धार समितीको बैठक बस्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले जानकारी दिए । पहिरोका कारण हालसम्म मानविय क्षती भने भएको छैन ।
भुकम्प पश्चात जिल्लाका २२ भन्दा बढि जोखिममा रहेका बस्ति स्थानान्तरण गर्नुपर्ने भन्दै जिल्ला दैवि प्रकोप उद्धार समितीले गृह मन्त्रालयमा प्रतिवेदन पठाई सकेको थियो । तर भुकम्प गएको झण्डै २७ महिना पूरा हुदाँ समेत सरकारले हालसम्म एउटा पनि बस्ति सार्न सकेको छैन ।
मान्बुमा पहिरोका कारण ६६ घर बिस्थापित
मान्बुमा पहिरोका कारण ६६ घर बिस्थापित
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


