×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बूढीगण्डकी प्रभावितलाई तत्काल मुआब्जा वितरण गर्न आग्रह

  •  
  • मङ्गलबार, साउन २४, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, साउन २३ गते । बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले चालु आर्थिक वर्षभित्रै मुआब्जा वितरणको कार्य सम्पन्न गर्न ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग माग गरेका छन् ।

    आर्थिक वर्ष २०७४/०७५ भित्र डुबान क्षेत्रमा पर्ने सबै बासिन्दालाई मुआब्जा वितरण गर्न र स्थानीयको माग तथा भावनाबमोजिम काम गर्न पनि उनीहरुले सरकारसंग आग्रह गरेका छन् ।

    बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै आव २०७३÷७४ मा साविकका छ गाविसमा मात्र मुआब्जा वितरण सुरु गरिएकोमा यस वर्ष डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङका गरी साविकका २७ गाविसमा नै वितरण गर्न माग गरेको हो ।

    डुबान क्षेत्रका कसैले मुआब्जा पाएर आफ्नो बन्दोबस्त सुरु गरिसके भने धेरै बासिन्दा अझै अन्योलमा रुमल्लिरहेकामा प्रभावितले मन्त्री शाहीको ध्यानाकर्षण गराएका थिए ।

    कुल एक हजार २०० मेगावाट क्षमताको आयोजनाका लागि मुआब्जा वितरण गर्न रु ६० अर्ब आवश्यक पर्नेछ । सरकारले चालु आवमा सो कार्यका लागि रु १० अर्ब विनियोजन गरेको छ ।

    सरोकार समितिले मुआब्जा वितरण गर्दा यति रकमले नपुग्ने भन्दै बजेटको अभाव हुन नदिन पनि माग गरेको छ । समितिले आरुघाट, आर्खेत र खहरे बजारको पनि तत्काल मुआब्जा निर्धारण गरी वितरण सुरु गर्न पनि माग गरेको छ ।

    समितिले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिँदा आफूहरुको रोजगारी, सेयर लगायतका विषय के हुने भन्ने प्रश्न पनि गरेको छ ।

    ज्ञापनपत्र बुझ्दै मन्त्री शाहीले आयोजनाका विषयमा धेरै अध्ययन गर्न नपाएकाले अहिले नै मागका विषयमा प्रतिबद्धता जनाउन नसक्ने बताउँदै स्थानीयको सरोकार सम्बोधन गरेर मात्र आयोजना बनाउने बताउनुभयो ।

    स्थानीयलाई विश्वासमा लिएर नै आयोजना निर्माण गरिने भएकाले कुनै आशंका नगर्न आग्रह गर्दै उहाँले एकपटक प्रभावित क्षेत्रमा नै पुगेर आफूले जनतासँग छलफल गर्ने वचन दिनुभएको सरोकार समितिका अध्यक्ष हरेराम ढकालले जानकारी दिनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.