नरेन्द्र ढकाल/गोरखा
साउन १९ गते । भूकम्प पछिको पुनःनिर्माणको काम ढिलाई भएको भन्दै जनप्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेको नवनिर्वाचित पदाधिकारी तथा सरोकारवालाहरु सँग पुर्नःनिर्माण सम्बन्धी छलफल कार्यक्रम बोल्दै जनप्रतिनिधिले सरकारको नितिगत समस्याका कारण पुर्नःनिमार्णको काममा ढिलाई भएको बताएका हुन् । ‘सरकारले पहिले राम्रो नीति बनाउन काम केही भएको छैन, अहिले जिम्मेवारी जति हामीलाई बोकाउन खोजिदै छ’ गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले भने ।
कार्यक्रम बोल्ने अधिकाशं वक्ताहरुले भुकम्प गएको २ वर्ष सम्म पुर्नःनिर्माणको काम बारे जनतालाई बुझाउन नसक्नु दुरभाग्य भएको बताए । गोरखा नगर स्तरिय उक्त कार्यक्रममा उपस्थित पुर्नःनिमार्ण सँग सम्बन्धित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले हाल सम्म भए गरेका काम बारे सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रम जनप्रतिनिधि एवं अन्य सहभागीहरुले सरोकारवालाहरु सामु जिज्ञासा समेत राखेका थिए । नगरप्रमुख पन्तको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रजिअ बस्नेतले सरकारले समयमा नीतिगत अन्यौलता चिर्न नसक्दा पिडितले घर नबनाएको बताए ‘हामीले अन्यौलता चिर्न सकेनौं घर बनेनन् ।’
कार्यक्रममा पुर्नःनिर्माणका काममा सघाउन आएका सघंसस्थाको पारदर्शीता सामुदायिक संरचनामा प्रयोग गरिएको निर्माण सामाग्रीको गुणस्तर लगाएका बारेमा थुप्रै छलफल भएको थियो । भुकम्प पछिको पुर्नःनिर्माणको कामका सम्बन्धमा नागरिकको गुनसो संकलन गरिरहको ट्रान्सपरेन्सीले भूकम्प प्रभावित १४ जिल्लामा झण्डै १५ हजार गुनासो आएको दाबी गरेको छ ।


