गोरखा समाचारदाता
साउन १९ गते । राष्ट्रपति रनिङ कपको पुरस्कार वितरण सम्पन्न भएको छ । जिल्लामा गत फाल्गुन ३ देखि १९ गते सम्म सम्पन्न रनिङ कपको विजेता विद्यालयलाई जिल्ला खेलकुद विकास समितीले सदरमुकाममा एक कार्यक्रम गरी पुरस्कार वितरण गरेको हो । समितीका कार्यवाहक अध्यक्ष शान्त सिं बस्नेतले राष्ट्रपति रनिङ कपमा प्रथम हुने विद्यालय जनशक्ति मावी नामजुङका प्रधानध्यापक चिरञ्जिवी काप्री र द्धितिय हुने विद्यालय भवानी मावीका प्रधानाध्यापक काजीराम कार्कीलाई पुरस्कार हस्तान्त्रण गरेका हुन् ।
प्रथम हुने जनशक्ति मावीले नगद ५० हजार र द्धितिय हने भवानी मावीले २५ हजार नगद हात पारेका छन् । रनिङ कपमा ७९ सामुदायिक विद्यालय र २ निजीविद्यालय गरि कुल ८१ विद्यालय सहभागी भएका थिए ।
राष्ट्रपति रनिङ कप सञ्चालनका लागि विनियोजन भएको बजेट निकासमा ढिलाई भएपछि लामो समय पश्चात विजयी विद्यालयलाई पुरस्कार वितरण गरिएको समितीले जनाएको छ । खेलमा सहभागि जिल्लाका ७९ सामुदायिक विद्यालयलाई १०÷१० हजार नगद प्रदान गरिएको समितीका कार्यवाहक अध्यक्ष बस्नेतले बताए ।
राष्ट्रपति रनिङ कपको पुरस्कार वितरण
राष्ट्रपति रनिङ कपको पुरस्कार वितरण
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


