मोहसिन अलि मियाँ/गोरखा
साउन १९ गते । गोरखा नगरपालिका वडा नम्बर ८ तल्लो बराह स्थित नयाँबस्ति टोल विकास संस्थाको ५ औं साधारण सभा तथा बिशेष अधिवेशन सम्पन्न भएको छ । संस्थाकी निवर्तमान अध्यक्ष गोमा दुवाडीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण बहादुर खत्रीको प्रमुखआतिथ्यतामा र गोरखा नगरपालिकाका कार्यकारी अधिकृत जिवनबहादुर आले मगरको बिशेष आतिथ्यता रहेको थियो ।
सभामा संस्थाकी सचिव मुना अम्गाई र कोषाध्यक्ष हिमला गुरुङले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको संस्थाकी निवर्तमान अध्यक्ष दुवाडीले जानकारी दिएकी छिन् । बिशेष अधिवेशनले पदमबहादुर गुरुङको अध्यक्षतामा संस्थाको नौ सदस्यिय नयाँ कार्य समिती गठन गरेको छ ।
जस्को उपाध्यक्षमा उमा गुरुङ, सचिवान मुना अम्गाई र कोषाध्यक्षमा हिमला गुरुङ चयनभएका छन् । त्यस्तै कार्य समिति सदस्यहरुमा सुभद्रा खत्री, सृजना खत्री, एकु गुरुङ, मैत गुरुङ र सारदा खत्री चयन भएको संस्थाले जनाएको छ । त्यस्तै अधिवेशनले गोमा दुवाडी र नर बहादुर गुरुङलाई संस्थाको सल्लाहकार समेत चयन गरेको छ । संस्थाले केही बर्ष अघि देखि तल्लो बराह टोलमा मासिक एक पटक सरसफाई गर्दै आइरहेको छ ।
फोटो गोमा दवाडीको फेसबुक पेजबाट साभार गरीएको


