कैलासबावु श्रेष्ठ/गोरखा
साउन ११ गते । गोरखा सदरमुकाममा साउन १३ गते देखी स्वदेशी तथा विदेशीहरुको सुविधाका लागि सुविधा सम्पन्न होटल सञ्चालनमा आउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको चाप रहने गोरखामा यो नै धेरै सुविधा भएको होटल पहिलो हुने छ ।

हनिमुन रुम
जिल्ला भित्रकै ४ जना पर्यटन ब्यवसायीहरुले ३ करोड रुपैयाँ खर्चेर स्वदेशी तथा विदेशीहरुका लागि सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउन लागेका हुन । होटल साझेदार मध्ये निधी तिमिल्सेनाका अनुसार सधै सबै समय खुल्ने गरी सञ्चालनमा ल्याउन खोजिएको होटल गोरखा प्यालेसमा सबै प्रकारका पर्यटक तथा होटलमा आएर बस्न चाहनेले सुविधा लिन सक्ने बताए ।

स्विट रुम
२१ सुविधा सम्पन्न उत्त भवनमा स्वीट, सुपर डिलक्स, डिलक्स तथा बजेट रुम भनेर ४ किसीमका कोठाहरु बनाइएका छन । जिल्लामा नै पहिलो पटक सुविधा सम्पन्न हुने गरी २ ठुला हलहरु बनाइएका छन । बिवाह होस वा ब्रतवन्ध, सेमिनार वा बैठक जुन कुनै पनि कामका लागि प्रयोग हुने गरी निर्माण गरीएको मनकामना हल रुफटप हल ५ सय जना अटाउन सक्ने एक होटल सञ्चालकले बताए ।

डिलक्स रुम
होटलले नयाँ नयाँ योजनाका साथ ग्राहकमा जाने गरी ईन्डोर वा आउटडोर क्याटरिङ्ग, अनलाइन रिर्जरभेसन, गाईड तथा ओपन किचनको अवधारणा अनुसार होटल सञ्चालनमा ल्याएको छ । सबै कोठामा बातानुकुलीत मेशिन जडान गरीएको छ भने रातको कुनै पनि समयमा आउने ग्राहकलाई होटलले पुरै सेवा सुविधा प्रदान गर्ने छ ।

रुफटप हल
होटलको २१ कोठमा ६० जनाले सेवा सुविधा लिन सक्ने छ भने प्राय सबै कोठाहरुमा मिनीबार राखीएको छ । ५ सय देखी ४ हजार ५ सय सम्मका कोठाहरुमा पैसा अनुसार सेवा र सुविधा फरक फरक गरीएको छ । तर पानी, बत्ती र ईन्टरनेट भने सबै कोठामा बस्नेले समान रुपमा उपभोग गर्न पाउनेछन ।

मनकामना हल
सुरेन्द्र न्यौपाने, निधी तिमिल्सेना, युवराज न्यौपाने र पुष्पराज न्यौपानले सञ्चालनमा ल्याउन लागेको यो होटलको मुख्य बिशेषता नै बाल मैत्री र अपाङ्ग मैत्री हुने छ ।

होटलले ग्राहकका लागि AP, BB, MAP र EP प्लानको पनि सुविधा दिने भएको छ । होटलले ग्राहकको चाहना अनुसारकोे परिकार बनाउका लागि पाँचतारे होटलको सेफ राखेको छ ।



