×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सीएनआईको कार्यक्रममा भवानी राणा ! मिल्लान् त महासंघ र परिसंघ ?

  •  
  • शुक्रबार, साउन ०६, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ६ साउन, काठमाडौं । स्थापनाको १४ वर्ष पार गरेसँगै शुक्रबार नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षलाई आफ्नो सार्वजनिक कार्यक्रममा स्वागत गर्दै अतिथि बनायो । सम्भवतः परिसंघका लागि महासंघका अध्यक्षलाई आफ्नो कार्यक्रममा स्वागत गर्ने यस्तो संयोग पहिलोपटक जुरेको हो ।

    सीएनआईको स्थापना दिवशका अवसरमा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा अतिथिका रुपमा पुगेकी हुन् । राणालाई सीएनआईका पदाधिकारीले हार्दिकतापूर्वक स्वागत गरे ।

    महासंघबाट असन्तुष्ट बनेर बाहिरिँदै सीएनआई स्थापना गराएका विनोद चौधरीले महासंघको गत चैतमा भएको साधारणसभामा २० वर्षपछि सहभागिता जनाएका थिए । उनलाई पूर्वअध्यक्ष र फोब्र्सको अर्वपतिको सूचीमा परेका एकमात्रै नेपालीका रुपमा महासंघले सम्मान गरेको थियो ।झण्डै १४ वर्षको तिक्तता मेटाउने क्रममा रहेका यी दुई निजी क्षेत्रका अगुवा संगठनले पछिल्लो समयमा एक-अर्काको कार्यक्रममा उपस्थिति जनाउन सुरु गरेका छन् ।

    महासंघ र सीएनआईबीचको जुँगाको लडाइँ साम्य पार्ने क्रममा शुक्रबार सीएनआईको कार्यक्रममा महासंघ अध्यक्ष राणाले पनि सहभागिता जनाएकी छिन् । कार्यक्रममा राणाले अाफ्नो मन्तब्य पनि राखिन् ।

    कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो समयमा निजी क्षेत्रले एउटै स्वरमा आवाज उठाउन थालेको भन्दै खुसी ब्यक्त गरे । उनले दुई संस्थाबीच मतभेद चिरिँदै गएको संकेत गर्दै निजी क्षेत्रको एकताले राम्रो सन्देश दिने उल्लेख  गरे ।

    यसलाई उद्योगी ब्यवसायी पनि ‘ऐतिहासिक’ मान्छन् । विभाजित निजी क्षेत्रबीच मतान्तर घट्दै जानु र एकताको सन्देश पनि प्रवाह हुनुले भविष्यमा सकारात्मक प्रभावहरु देखिने विश्लेषण उनीहरुको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र पुष्पकमल दहाल ‘प्रचण्ड’को सहभागिता रहेको कार्यक्रममा निजी क्षेत्रको एकता झल्किने गरी महासंघ अध्यक्ष राणा पनि सहभागी भएकी छिन् ।

    पशुपति मुरारकाले नेतृत्व नगर्दासम्म महासंघ र सीएनआई आफूलाई एक-अर्काका प्रतिस्पर्धी र प्रतिद्वन्द्वी संगठनका रुपमा चित्रित गरिरहेका थिए ।

    मुरारकाले पहलकदमीमा संवाद र सहकार्यको यात्रा सुरु भएको अवस्थामा नयाँ अध्यक्षका रुपमा आएकी राणाले पनि त्यसलाई निरन्तरता दिने संकेत देखाएकी छिन् । कार्यक्रममा आमनत्रण गरेर प्रमुख बक्ताका रुपमा राणालाईस्थान दिएर दुई संस्थाबीच एकताको सन्देश दिन खोजेको छ ।

    कसरी भयो सीएनआई गठन ?

    ०५२ सालसम्म नेपाल उद्योग वाणिज्य महासंघ एकतावद्ध थियो । त्यो वर्ष आफ्नो दोस्रो कार्यकाल दावी गर्दै विनोद चौधरी महासंघको अध्यक्षका रुपमा उठे ।

    त्यसैकारण महासंघभित्र चरम गुटबन्दी र राजनीतीकरण मौलायो । अध्यक्षमा पद्म ज्योतिले पनि दावी गरे र उनले चौधरीलाई हराउँदै चुनाव पनि जितेर अध्यक्ष भए ।

    त्यसपछि महासंघभित्रका विभिन्न कमजोरीलाई औल्याउँदै चौधरी अलग रहन खोजे । ०५४ सालमा आनन्दराज मुल्मीलाई अध्यक्ष जिताउन चौधरी महासंघका केही सार्वजनिक कार्यक्रममा देखिएका थिए ।

    त्यसपछि उनी महासंघबाट लगभग अलग नै भए । ०५९ सालमा चौधरीकै पहलमा समानान्तर संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) जन्मियो ।

    संस्थागत रुपमा त्यसपछि लगातार यि दुई संस्थाबीच ध्रु्वीकरण रहिरह्यो । यसलाई धेरैले नेवारी र मारवाडी समुदायको धु्रवीकरणका रुपमा टिप्पणी गरे ।

    औद्योगिक तथा ब्यापारिक सर्कलमा सबैभन्दा बढी हावी यी दुई समुदायबीचको टक्रावलाई ‘महासंघ’ र ‘सीएनआई’का रुपमा चित्रण गर्ने स्थिति आयो ।

    बीचमा सरकारले उत्पतिको प्रमाणपत्र जारी गर्ने अधिकार महासंघ सहित सीएनआईलाई पनि दिएपछि दुई संस्थाबीचको विवाद उत्कर्षमा पुगेको थियो ।

    तर, पछि महासंघ र परिसंघसँगै सरकारले नेपाल चेम्बर आफ कमर्स र निकासी प्रवर्द्धन केन्द्रलाई पनि त्यो अधिकार दिएपछि विवाद साम्य भयो । तर, दुई संस्थाबीचको मतभेद चिरिन भने यसअघिका महासंघका अध्यक्ष पशुपति मुरारकाले विशेष भूमिका नै खेले ।

    उनले विनोद चौधरीलाई महासंघका कार्यक्रममा २० वर्षपछि फर्काए र निजी क्षेत्रलाई एकतावद्ध गर्न भावी नेतृत्वले पहल लिनुपर्ने सन्देश प्रवाह गरे ।

    त्यसकै प्रभाव स्वरुप दुई संस्थाबीचको चरम मतभेदको अवस्था फेरिएर एकताको यात्रा सुरु हुने संकेत देखिएको छ । तर, यी दुई संस्था भविष्यमा निजी क्षेत्रका सवालहरुमा एक ठाउँ उभिन सक्लान् त भन्ने प्रश्न पनि सँगसँगै छ ।

    दुई संस्थाबीच मेल या तालमेल भने हुनै पर्ने निजी क्षेत्रसम्बघ उद्योगी ब्यवसायीको सुझाव छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.